Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

\"\"बाँके । स्थानीय डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तवले सो घोषणा गर्दै बालबालिकाका लागि खोप अमृत रस भएकाले यसलाई कहिलै पनि छुटाउन नहुनेमा जोड दिए । उहाँले खोप कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको प्रमुख दायित्व भएकाले उनीहरुको सोवाको स्थानीय सरकारले कदर गर्नुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्य परेकाले घर घरमा स्वास्थ्य अभियान गरी यसमा सुधार ल्याइने बताए । उक्त गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले पूर्ण खोप घोषणाको अवस्था तथा समग्र गाउँपालिकामा स्वास्थ्य अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरेको थियो । कार्यक्रममा गाउँपालिकाअन्तर्गत साठी वर्ष पुगेका महिला स्वयंसेवीहरू सुन्दरा लोनिया, जन्नतुल सल्मानी र जाहिरा बेगमलाई जनही रु २० हजार प्रदान गर्नुकासाथै बिदाइ गरिएको थियो । गाउँपालिकामा खोप सेवा लिने जन्मेदेखि एक वर्षका बालबालिकाको संख्या एक हजार १०९ पुगेको छ । जिल्लाका आठवटा स्थानीय तहमध्ये डुडुवासँगै खजुरा र वैजनाथ गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भइसकेका छन् । लागुऔषधसहित दुईजना पक्राउ श्री मेयर गण शम्शेरगञ्जमा कार्यरत नेपाली सेनाका मेजर धीरेन्द्रजङ्ग शाही लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले स्थानीय ढकेरीबाट उनीसँगै ब्राउन सुगर कारोवार गर्ने रिम पौडेल पनि पक्राउ गरेको छ । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएका बेला प्रहरीको विशेष टोलीले साँझ छापा मारेको थियो । पक्राउ परेका अर्का व्यक्ति पौडेल लागुऔषधको ठूलो कारोवारी भएकमो बताइएको छ । ओपिडी सेवा शुरु बाँके जिल्लाको खजुरास्थित शुशील कोइराला क्यान्सर अस्पतालले सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ । सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थाका साथै सबैखाले उपकरण जडान भइसकेको अस्पतालका अध्यक्ष किश्मतकुमार कक्षपतिले बताए । उनका अनुसार १०० श्ययाको मान्यता पाएको सो अस्पतालले शुरुमा ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गर्नेछ । सो अस्पतालका लागि चालू आर्थिक वर्षमा रु १८ करोड बजेट विनियोजना गरिएको छ । प्रदेश नं ५, कर्णाली र ७ का नागरिक सो अस्पतालमा बाट लाभान्वित बताइएको छ । विसं २०६५मा शुरु गरिएको अस्पतालमा हालसम्म रु ३५ करोडभन्दा बढी लगानी भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies