Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दूषित दूधको बिगबिगी: कसरी उपभोग गर्ने ?

काठमाडाैं । राजधानी काठमाडाैंमा बेचिने दूधमा रासायनिक पदार्थ र सूक्ष्मजीव मिसिएको पत्ता लागेसँगै त्यस्तो दूध उपभोग गर्दा जनस्वास्थ्यमा पर्ने प्रभावबारे चासो व्यक्त भएको छ । उच्च तापक्रममा तताउँदा दूषित दूधमा भएका सूक्ष्मजीव मरे पनि रासायनिक पदार्थ भने कम नहुने चिकित्सक र डेरी विज्ञहरूले बताएका छन् ।

सरकारले गत महिना गरेका परीक्षणहरूमा काठमाण्डू उपत्यकाका अधिकांश उद्योगद्वारा सङ्कलित एवम् वितरित दूधमा अखाद्य वस्तुको मिसावट भएको पाइएको थियो । बजारबाट सङ्कलित ४२ वटा ब्रान्डका नमुनामध्ये ४० वटामा खाद्य र अखाद्य सोडासमेत मिसाइएको पाइएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । कसरी दूषित हुन्छ दूध ?
  • सफाइमा ध्यान नदिई दूध दुहुँदा, चिस्याउँदा र सङ्कलन एवम् प्रशोधनका क्रममा दूषित पानी र उपकरणको संसर्गबाट दूधमा कोलिफर्म र अन्य सूक्ष्मजीव मिसिने गर्छन्
  • दूध नफाटोस् भनेर किसान र सङ्कलकले क्षारीय गुण भएका कस्टिक सोडा, डिटर्जेन्ट, फर्मालिन आदि विभिन्न रासायनिक पदार्थ नियतवश मिसाउने गरेको जानकारहरू बताउँछन्
  • पर्याप्त परीक्षण नगरी दूध सङ्कलन गरिने र प्रशोधन पनि विधिपूर्वक नहुँदा बजारमा गुणस्तरहीन दूध पुग्छ
  • त्यसरी नै अन्य दुग्धजन्य पदार्थ पनि दूषित हुन्छन्
\'सुधार आवश्यक\' विज्ञहरूका अनुसार प्रशोधन र बिक्रीका क्रममा मात्रै सावधानी अपनाएर दूधको गुणस्तरमा कायम हुनसक्दैन । अझ रासायनिक पदार्थ नियन्त्रण गर्न भने दुग्ध उत्पादक किसानकै तहदेखि सुधार गर्न आवश्यक भएको उनीहरू बताउँछन् । कतिपय उद्योगद्वारा वितरित दूध तोकिएको गुणस्तरभन्दा निम्न पाइएको अधिकारीहरूले बताएका छन् । बयालीसवटा ब्रान्डका नमुनामध्ये १७ वटामा चिल्लो वस्तु र नौवटामा चिल्लो बाहेकको ठोस वस्तु (सोलिड नन फ्याट) कम पाइएको थियो । बजारमा गुणस्तरहीन र मिसावटयुक्त दूधको मात्रा बढ्नुमा किसान, दुग्ध प्रशोधन कारखानादेखि सरकारको समेत कमजोरी रहेको डेरी विशेषज्ञ टेकबहादुर थापा बताउँछन् । उनी भन्छन्, \"दूध उत्पादन गर्ने किसान, सङ्कलन केन्द्र, चिस्यान केन्द्र र दूध प्रशोधन कारखानाले मिसावट गर्नुहुन्न भन्ने सोच्नेबित्तिकै पनि यसमा बिस्तारै सुधार हुँदै जानसक्छ ।\" दूधमा कोलिफर्म ब्याक्टेरियाको मात्रा समेत उच्च रहेको बताइन्छ। तर सङ्कलित नमुनाहरूको विस्तृत रूपमा सूक्ष्मजैविक परीक्षणको भइनसकेकाले थप विवरण आउन समय लाग्छ । दूधमा मिसाइएका रासायनिक पदार्थ र सूक्ष्मजीवले विशेषत: पाचन प्रणाली र मिर्गौलालाई गम्भीर असर पार्नसक्ने चिकित्सकहरू बताउँछन् । उद्योगमा प्रशोधन गर्दा नै सूक्ष्मजीव मर्ने गरी दूधलाई निश्चित तापक्रममा तताएर फेरि चिस्याउनु पर्छ । आंशिक निर्मलीकरणको यस प्रक्रियालाई पास्चराइजेशन भनिन्छ । तर बजारमा उपलब्ध \'प्रशोधित दूध\' नै दूषित भएको चर्चा छ। त्यसैले उपभोक्ताले प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका उपप्राध्यापक डा. प्रनिलमान सिंह भन्छन्, \"दूधलाई कम्तीमा १२५ डिग्रीमा १० मिनेट उमालेर उपभोग गर्नु राम्रो हो ।\" तर रासायनिक पदार्थ मिसिएको दूध भने उमाल्दा दोषमुक्त नहुने उनले बताए । सरकारी अधिकारीहरू भने दूधमा गुणस्तर कायम गर्न कारबाही र जनचेतना सँगसँगै अघि बढाइने बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्ती भन्छन्, \"मापदण्ड कायम राख्न नसक्ने उद्योगहरूविरुद्ध मुद्दा दायर हुन्छ ।\" उनका अनुसार विभागले सङ्कलन केन्द्रदेखि प्रशोधन उद्योगसम्म सबैतिर असल उत्पादनको अभ्यास लागु गर्न अभिप्रेरित गरेको छ । काठमाण्डू उपत्यका मात्र होइन देशका अन्य क्षेत्रमा बिक्री हुने दूधमा समेत यस्तै समस्या देखिएकाले यस्ता परीक्षण आक्कलझुक्कल मात्रै नगरी नियमित रूपमा हुनुपर्ने र त्यसको अनुगमन हुनुपर्नेमा विज्ञहरूको जोड छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies