आषाढ़ १० गते, २०७५ आइतवार 24th June, 2018 Sun०७:२७:४६ मा प्रकाशित
मस्को । स्विडेनविरुद्धको खेलमा टोनी क्रुसले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनी जोगिएको छ । जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको जर्मनीले पहिले गोल खाएर पनि अन्तिममा आप्नो पक्षमा नतिजा पार्न सफल भएको हो ।
खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको अवस्थामा अतिरिक्त समयको पाँचौ मिनेटमा पाएको फ्रिकिकलाई टोनी क्रुसले सीधै स्विडेनको जाली चुमाएका थिए ।
यसअघि खेलको ३२ औँ मिनेटमा स्विडेनले अग्रता बनाएको थियो । स्विडेनलाई अग्रता दिलाउने क्रममा स्विडेनका लागि वला टोइभोनेनले काउन्टर एट्याकमा ३२ औँ मिनेटमा गोल गर्दै सनसनीपूर्ण अग्रता दिलाएका थिए ।
त्यसपछि दोस्रो हाफको तेस्रो मिनेटमा मार्को रेयुसलले गोल गरेपछि स्विडेनविरुद्ध जर्मनीले बराबरी गर्न सफल भएको थियो । स्विडेटको डी बक्समा अलमलिएको बललाई रेयुसले पोस्टको दिशा देखाएका थिए ।
यसअघि साविक विजेता जर्मनी विश्वकपको समूह चरणको दोस्रो खेलको सुरुवात पछि परेको थियो । स्विडेनविरुद्धको पहिलो हाफमा गोल खाएपछि सन् २०१४ को विश्व विजेता पछि परेको थियो ।
तर खेल १–१ को बराबरीमा रहेको अवस्थामा जर्मनीका मिडफिल्डिर जेरोमे बोटेङले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए । त्यसपछि जर्मनी दबाबमा परेको थियो तर अन्तिममा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
७० औँ मिनेटमा पहिलो पहेँलो कार्ड भेट्टाएका बोटेङले स्विडेनका खेलाडीलाई लडाएपछि खेलको ८२ औँ मिनेटमा रेफ्रीले अर्को पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
पहिलो हाफमा गोल खाएपछि दोस्रो हाफमा उसले स्विडेनविरुद्ध बराबरी होइन जित नै दर्ता गर्नुपर्ने अवस्था अनुसार जर्मनीले नतिजा पनि निकालेको हो । स्विडेनले खेल सुरु भएको केकही बेरमै जर्मनीविरुद्ध गोलको गतिलो अवर गुमाएको थियो । जर्मनीले ७२ प्रतिशत बल पोजेसन बनाउन सकेको थियो ।
जर्मनीविरुद्ध पहिलो हाफको अन्तिम समयमा स्विडेनका मार्कुस ब्रेगले गरेको हेड बललाई म्यानुअल नुएरले पोस्टको दाहिनेतर्फ कठिन बचाउ गरेका थिए ।
स्विडेनविरुद्धको खेलमा जित दर्ता गराउन सफल भएपछि जर्मनीले २ खेलबाट ३ अंक बटुलेको छ, स्विडेनको पनि समान अंक छ । मेक्सिकोले २ खेलबाट ६ अंक बनाइसकेको छ । जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो ।
मेक्सिकोले दक्षिणकोरियालाई आजै साँझ पराजित गर्दै ६ अंकसहित समूहको शीर्षस्थानमा उक्लिसकेको छ । यस्तोमा अबको अन्तिम खेलमा जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ भने स्विडेनले मेक्सिकोसँग । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: