आषाढ़ ९ गते, २०७५ शनिवार 23rd June, 2018 Sat१६:२६:१३ मा प्रकाशित
कालीकोट। कुनै जमानामा गाईभँैसीको आहार हुने गरेको अल्लो अहिले ग्रामीण जनताको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ ।
यस जिल्लामा महिलाले अल्लोबाट कपडा बनाउन थालेपछि अल्लो आयआर्जन माध्यम बनेको हो ।
शुभकालिका गाउँपालिका– १ छाति (साविकको भर्ता गाविस)मा चार वर्षअघि जनजाति महिलाले सञ्चालन गरेको अल्लो प्रशोधन उद्योगबाट शुरु भएको यो अभियानमा अहिले जिल्लाका विभिन्न क्षेत्रका महिला पनि समाहित हुन थालेका छन् ।
हाल सान्नित्रिवेणीको मुम्रा, नरहरिनाथको कुमालगाउँ, तिलागुफाको चिल्खायालगायतका क्षेत्रमा अल्लोको कपडा बनाउन महिला सक्रिय भएका छन् । तीन महिनासम्म तालीम सिकेर ती महिलाले अल्लो प्रशोधन गरी कपडा बनाउन थालेका हुन् । जिल्लाको सबैभन्दा बढी अल्लो पाउने नरहरिनाथ गाउँपालिकाको रुप्साका महिला यो सीप सिक्न दत्तचित्त भएर लागेका छन् । नरहरिनाथ गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग शाखा कार्यालय कालीकोटको समन्वयमा तीन महिने अल्लो प्रशोधन तालीम पाएका महिला स्वयंले अहिले अल्लोको संरक्षण गर्छन् ।
सीप सिकेर आफ्नो खुट्टामा उभिनसक्ने भएको बताउने कुमालगाउँ निवासी मयसरा बुढाले अहिले अल्लो लोप हुने क्रममा रहेकाले यस बारेमा ध्यान दिनुपर्ने खाँचो औँल्याउछन् । तालीममा सहभागी भएका थुप्रै महिलाले अहिले उद्योग सञ्चालनमा ल्याएका छन् ।
पाल्पाबाट अल्लो प्रशोधनको तालीम दिन केही मानिस गाउँमा आउँदा के नै फाइदा होला र भनेर बेवास्ता गरेका शुभकालिका गाउँपालिका–१ निवासी पानसरा रोकामगरले आफूले उत्पादन गरेको अल्लोको कपडा जिल्ला बाहिर बिक्री हुने गरेकामा सन्तोष मान्छन् । उनी अल्लोको कपडा उत्पादन गरेर काठमाडौँ लगायतका ठाउँमा बिक्रीका लागि पठाउने गर्छन् । एकमिटर अल्लोबाट उत्पादित कपडाको रु दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुने गरेको रोकामगरको भनाइ छ । उनी अहिले प्रशिक्षकको रुपमा भूमिका निर्वाह गर्छन् ।
अल्लो भनेर हेलाँ गर्नु भन्दा अल्लोको प्रयोगका बारेमा बुझ्नुपर्ने पानसरा रोकामगरको भनाइ छ ।
नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले आफूले सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गर्छन् । गाउँपालिकाले चेतना अभिवृद्धिमा भन्दा पनि महिलाका लागि सीप सिकार दक्षता हासिल गर्न दिन योजना तथा बजेटको व्यवस्था गरेको उनी बताउछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: