Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

'जस्ट ह्याङ्ग सेल्फी'

त्यो बिहान भर्खरै जवान भएको थियो ! दिउसोको १२: ०० बजेको थियो ! मैले \'गुडमर्निङ जवान बिहान\' भन्नू भन्दा पहिले नै मेरो मोबाइलमा कसैले \'गुड आफ्टर्नुन लम्बु जि\' भनेको थियो ! मलाई आजसम्म लम्बु जि कसैले भनेको थिएन! जोगि जि, फकिर जि, कवि जि, लेखक जि भने भन्ने गरेका थिए ! ए अँ, लम्बु जि होइन ओइ लम्बु भन्ने एउटा चर्को र तीखो स्वर गरेकी डल्ली र भुन्टी केटि र तरुनी लाई भने म चिन्ने गर्दथे र जान्ने गर्दथे ! उसँग हिजो साझ मात्रै मैले ब्ल्याक टि क्याफेमा कालो चिया पिएको थिए ! उक्त डल्लीरभुन्टी केटिरतरुनी मेरो प्रेमिका हो ! उसलाई उक्त चिया पसलमा जान र त्यहाँ बसेर सानो कपमा कपभरी कालो चिया पिउन खुब मनपर्थ्यो ! हरसाँझ म आफ्नो काम सक्काएर उसलाई भेट्ने गर्थे ! उ सोही होचो चियापसलमा सानो चिया कपमा चिया पिइरहेकी हुन्थी ! अरुलाई लाम्चोरअग्लो चिया कपमा चिया दिने उक्त होचो चिया पसलको डल्लिरकुप्री दिदिसँग पनि उसको घनिष्ठ प्रेम थियोरबलिस्ठ सबन्ध थियो ! कारण - दुवै होचीरभुन्टी र डल्ली थिए ! मैले त्यो फोनकलको कुरा गर्न भुलेछु ! अब म त्यो कुरा गर्छु ! एकाबिहानै( मेरो लागि) र एकादिउसै (अरुको लागि), आएको फोन कल र अझ त्यसमाथि आज सम्म कसैले सम्बोधन नगरेको सम्बोधन सहित फोन गर्ने ब्यक्तिको स्वरलाई म चिन्दिन ! स्वर ज्यादै भद्दा थियो ! हो न हो, कुनै जुगाँमुठे माचो म्यान हुनुपर्छ उ ! हाम्रो शहरमा यस्ता जुगाँमुठे माचो म्यान पुलिस ह्वल्दार, लामो समय जनताको सेवामा नभैइ आफ्नो खानदानको सेवामा आफ्नो आधा उमेर बिताइसकेका सरकारी कर्मचारी या चोकचोकमा सिग्रेट उडाउदै केटि जिस्काउने पातला जिउ भएका मरनच्यासे तन्नेरिहरु हुने गर्छन् ! म:- गुडमर्निङ जुँगा म्यान! जुगाँम्यान:- तपाईंले केरि थाहा पाउनु भयो मैले जुँगा पालेको छु !र, अहिले गुड आफ्टर्नुन भैुसक्यो ! म:- ठ्याक्कै थाहा थिएन यसैले ठ्याम्मै थाहा पाउन मैले तपाईंलाई यश नामले बोलाएको हु ! र, भर्खरै निन्द्राबाट ब्युझिएको मान्छेले गुडमर्निङ नभनेर के भन्छ त ? जुँगाम्यान:-  माफ गर्नुहोस्,लम्बु जि ! तपाईं अहिले तु का तु पुलिस थाना आउनुपर्यो ! म:-  किन आउनुपर्यो ? ढिलो उठेकोमा तपाईंले मलाई पुलिस थाना बोलाउनु भएको हो भने म हिजो राती ढिलो सुतेको हु ! जुगाँम्यान:-  त्यस्तो केइ होइन ! धेरैथोक गर्न बाकी छ ! तपाईं तु का तु यहाँ आउनुपर्यो !नत्र हामी तपाईंलाई उठाउन केटाहरु पठाउछौं ! म:- ह्वाट द फक यार ! मैले के गरे ? मलाई किन उठाउन पर्यो रु मलाई सुत्न नदेर उठाइ त सक्नु भयो ! जुगाँम्यान:- तपाईं यहाँ तु का तु आउनुस अनि सब कुरा थाहा पाउनुहुन्छ ! धेरै काम गर्न बाकी छ ! तपाईं तु का तु यहाँ आइहाल्नुस ! म:- हेर्नुस ! धेरै कुरा गर्न मेरो नि बाकी छ !भर्खर ब्युझेको छु !एक लामो हाइ पनि गर्या छैन मैले !र्याल बगेर गाला तिर आएका होलान- त्यो नि उप्काउन पाको हैन ! चिप्रा पनि कोट्टाउन पाछैन् ! अझ हग्न मुत्न त झनै भ्याुछैन ! जुँगा म्यान:- ल तपाईं त्यो सब गर्नुस १ अनि यो ठेगानामा आउनुस् ! ल ठेगना टिप्नुस त ! मैले ठेगाना टिपे! \'निषेध पुलिस चौकी ! सन्नटा बस्ती, एकान्त नगर , वडा नम्बर 0\' *** आफ्नो सम्पुर्ण काम तमाम गरि म त्यता लम्किए ! नाम नसुनेको त्यो विचित्र नामधारी पुलिस चौकी कता होला, होला १ रुमबाट त निस्किए, चोकमा आएन चक्मा खाए ! अब कता जाने ? कसलाई सोध्ने ? मैले मोबाइल झिके ! र, उक्त जुँगा म्यानलाई फोन डायल गर्न खोजे ! अचम्म, उता बाट उसैको फोन आयो ! मस्त गु ले च्याप्या बेला झाडी भेट्टाए जस्तै भयो ! म:- ए लौन ! ठेगाना त टिपाउनु भो ! आउने कता बाट हो ?नक्सा बताउनुस् ! म त अलमलमा परे हाउ! जुगाँम्यान:- मैले लिन आउछौ भनेकै हो ! अब तपाईं आफै आउछु भन्नु भो ! म:- अँ भने ! भन्नुस कसरी आउ ? कुन बस चढौ रु कि हिडेरै आउँ ? जुँगा म्यान:- यसो गर्नुस् !त्यहाँबाट हिडेरै आउनुस् ! त्यहाँबाट यहाँ आइपुग्ने कुनै बस, माइक्रो, रिक्सा, ट्याक्सी केइ पनि पाइन्न् ! तपाईंको दायाँ खल्तीमा २ रुप्पेको सिक्का छ! त्यसलाई हावामा उफ्रानुस् ! हेड परेमा टाउको जता फर्किएको छ त्यतै लाग्नुस ! टेल परेमा पुछार सरि चाक जता फर्किएको छ त्यतै लाग्नुस !कहि आएर अलमलिनु भयो भने मलाई फोन गर्नुहोला ! तर तपाईं तु का तु आउनु पर्यो ! धेरै काम गर्न बाकी छ ! यत्ती भनेर उसले फोन काटीदियो ! म ट्वाँ परे ! तीन कुराले ! एक - उसलाई केरि था भो मसँग २ रुप्पेको सिक्का छ ! जब कि यो सिक्का हिजो मेरो प्रेमिकासँग ब्ल्याक टि क्याफेमा काल्च्या पिउँदा उसको ह्यान्ड ब्यागबाट भुँइमा झरेको थियो ! र, मैले टिपेको थिए ! उसले राख लम्बु तिमि नै कहिलेकाही दिशारदिसास पुछनरपछ्छाउन काम लाग्छ भनेकी थिइ ! उसले दिसा पुछन काम लाग्छ भनेकी थिइ कि दिशा पछ्छाउन यति खेर मैले ठ्याक्कै भुले! दुई- अब त्यो सिक्का उछालेर म सहि दिशामा पुग्ने हो कि होइन ? के भर सिक्काको ?सिक्का थोडी न एथलेट्स मिक्का हो ? मिक्का सिंहको पो दिशा सुनिश्चित छ !म भुक्काको खल्तिमा भएको यो नाथे सिक्काको के भर ? तीन:- अनि यो तु का तु किन भनिरहन्छ ? मलाई पुलिस चौकी किन बोलाइराछ ? अनि धेरै काम गर्न बाकी छ भनेको चाइ के हो ? के काम हो त्यस्तो ? जो म तु का तु उकहाँ नपुगी उसले फत्ते गर्न सक्दैन ? उछाले सिक्का ! मध्य चोकमा उभिएर ! टेल पर्यो !चाक फर्काए तिर लम्काए आफ्नो पाइलाहरुलाई ! घडी हेरे १२: ३६ भैसकेको थियो ! बार्ह तियाँ छत्तिस ! हाहा, मा कस्सम बडो सेक्सी बज्दि रा भन्या ! घाम पुर्पुरो ताकेर चर्केको छ ! पसिना खलखली बगिरहेछ ! एक्कासि अर्को चोक आयो! अब उक्त जुँगा म्यानले भने बमोजिम सिक्का उछाले! फेरि पनि टेल परिदियो ! परेन फसाँद ! अब आएको बाटो नै फर्किन पर्ने भो !आएकै बाटो फर्किएर पुग्नु पर्ने ठाउँ पुगिएला र ? बडो रिस उठ्यो! फोन रिडायल गरे ! म:- यार के हो ?अब म फेरि फर्कनु पर्ने हो ? फर्कनु थियो भने किन हिड्थे यति लामो बाटो, यो चर्को घाममा? जुँगा म्यान:-  मैले तपाईंलाई के भनेको थिए ? त्यहाँबाट यहाँ आइपुग्ने कुनै बस, माइक्रो, रिक्सा, ट्याक्सी केइ पनि पाइन्न् ! तर त्यहाँबाट त यहाँ आउने थुप्रै सवारी साधनहरु पाइन्छ नि ! म:- यार मलाई थाहा छ यो संसार गोलो छ ! तर संसार गोलो छ रे, हामी यहि संसारमा बासिन्दा हौं रे भन्दैमा गोलमलटोल बात् गर्नुपर्छ ? सिधा सिधा भन्नुस अब म के गरु ? कि म आउन पर्दैन ? नपर्ने भए म आउन्न ! जुँगा म्यान:-  त्यहाँ बाट कुनै एक सवारी साधन समात्नुस ! तर तपाईं तु का... म:-  ओके ओके यार ! म तु का तु आउछु ! तपाईंलाई धेरै काम गर्न बाकी छ ! वरिपरि हेरे!रिक्सा, ट्याक्सी, माइक्रो, पब्लिक बस जे पनि उपलब्ध थियो ! त्यो चोक सर्‍र हेरे ! ज्यादै नै भिडभाडमय ! हल्लामय ! यस्तो लाग्थ्यो भिड र मात्रै भिड!........भिड यस्तो जग्गा हो जहाँ मान्छेको दिमागको क्षेत्रफल सदा साघुरिएको हुन्छ ! आना रुपि दिमागी क्षेत्रफल धारी यी मानव झुन्डमा म पनि मिसिएको थिए ! उस्तै मानसिक तवरमा..,अब कता जाने रु कसो गर्ने ? हठात् एउटा ट्याक्सी समाते !ट्याक्सीको ड्राइभर पनि जुगाँमुठे थियो ! कपाल घुघृएकोर डेल लक नगरेर पनि गरिएको जस्तो !ट्याक्सीमा बब मार्लीको मासटर पिस \'ओ माइ स्विट गन्जा बेबि\' बजिरहेको थियो ! कसोकसो मलाई त्यो ट्याक्सी ड्राइभर बब दाइ नै हुन कि झै पनि लाग्यो !जिउबाट अमिलो गन्ध आइरहेकै थियो ! यो मुलाले ननुहाएको पनि वर्षौं भैुसकेछ क्यारे! दिउसै गाजाँको डोज चढाएर ट्याक्सी हाँकिरहेछन् ! अब भएन त फसाद ! एक खुङ्खार गजडी चालकसँग म यात्रा गरिरहेछु...! उसलाई मैले आफुले पुग्न नचाहेर पनि पुग्न जरुरत भएको ठाउँको नाम लिगे ! उसले मैले चिनेको छु ! हर दिन म हर एक जनालाई उक्त ठाउमा लगेर ओराल्ने गर्छु भन्यो !र, यो पनि भन्यो, उक्त ठाउँमा जानेहरु सबै हतारमा हुने गर्छन् ! मलाई किनकिन मसँग त्यतिखेर सम्म घटेको घटनाहरु जानाजान घटाइएको घटना जस्तो लाग्यो १ तैपनी जानू नै थियो,........चुपचाप गैुदिए! **** ट्याक्सी ड्राइभर बब दाइ मलाई ! पुलिस चौकी !सन्नटा बस्ती, एकान्त नगर , वडा नम्बर 0\' लेखिएको कालो पम्प्लेट मुनि छोडेर कतै अलप भए ! गुर्‍र...गुरुर्‍र....,गर्दै पल्लो मोडबाट पल्तिरै मोडिए ! ओर्लिएर एक टकले उभिए !कुनै मिस्टेरियस धातु र बलिस्ठ काठहरुको प्रयोग गरि बनाइएको उक्त चौकी देख्दैमा भविष्यमा कसैले बनाउछु भनेर सपनामा पनि नसोचेको आश्रम जस्तो थियो ! एकदमै अलग, एकदमै अकल्पनीय !कुनै विश्वविख्यात काली गढको उत्कृष्ट शिल्पशैलि र लामो समयको तपस्या पछि आर्जित इन्जिनियरिङ कलाकौशलताको मिश्रण!..एक्कासी चक्मा पाए ! मलाई निषेध पुलिस चौकीमा प्रवेश गर्नु थियो १ यो कुरा पनि उत्तिकै चक्मा दिने खालको थियो ! सरासर उक्त चौकी भित्र छिरे !ढोकाको ढोका ढुकुवाले मलाई देख्नासाथ चिने जस्तैरजाने जस्तै आत्मियता देखाउदै \'श्री लम्बु जि यहाँलाई निषेध पुलिस चौकी स्वाद गर्दछू, भन्यो ! म हवल्दार \'अनुमति बिना प्रवेश निषेध पाण्डे !\' यस्तो अद्भुत स्वागत र विचित्रको नाम भएको हवल्दारको आँखा नाक र कान साथसाथै पहिरन पनि उत्तिकै आश्चर्य लाग्दो थियो ! पिकासोको क्युबिजीम ढाँचा शैलीमा लेखिएको चित्र जस्तो असाध्यै गजमजिएको र असपस्ट लाग्यो मलाई- त्यहाँको गुनगुन र सारा वातावरण नै ! उसले सिधै मलाई उक्त चौकी भित्र छिरायो !भित्र कुनै मोटो माचो म्यान घुरिरहेको थियो ! उ घुरेको आवाज एकदमै ठूलो र डरलाग्दो थियो ! बाक्लो कालो जुँघा उसको घुराईको घुर्‍..घुर्‍र...घुर..घुर...सगै हल्लिरहेको थियो! \'सर, हवल्दार अनुमति बिना प्रवेश निषेध रिपोर्टिङ सर ! हाम्रो क्लाइन्ट श्रीमान लम्बु जि पाल्नु भएको छ !सर...\' भनेर उसले बुट बजारेर सलाम गर्यो ! उक्त जुगाँधारी माचो मोटो म्यानले उसलाई जान भन्यो ! हवल्दार गयो! लगत्तै उसले मलाई सामुन्नेको चमकदार चिल्लो आरमकुर्सिमा बस्न भन्यो ! बस्नु अगाडि मैले सरसर्ती उक्त हल तिर आफ्नो नजर दौडाए !प्रशस्त चिमबत्तिहरु झुन्डिएको भएर पनि नबालिएकाले उक्त हलमा अध्यारो निकै खादिँएको थियो !यसैले त्यहाँको वातावरण बडो उदासिन लाग्थ्यो ! सामुन्नेको भित्तामा जंगिश खान, म्याक्सिमिलियन रोब्स्फियर, नेपोलियन बोनाँपार्टे, मुसोलिनी र हिटलरको फ्रेमबद्द फोटोहरु झुन्डाइएको थियो ! म आतंकित बने, यी यस्ता इतिहासको क्रूर शाशक र तानाशाहीहरुको फोटो , त्यो पनि पुलिस चौकीमा !यो सिधासिधा मेरे मगजकि बाहेर कि बात् थियो ! सरसर्ती भन्नुपर्दा त्यहा हामी ८ जना थियौं १ जिवित र मृत गरेर !र, म यो पनि भन्न सक्दिन कि जिवितको सङ्ख्या घट्नेवाला छ कि छैन ! कारण -यहाँको रहस्यमय वातावरण मलाई कुनै पुलिसचौकि कम मुर्दाघर ज्यादा लागिरहेको थियो ! पारी भित्तामा कुनै फ्रेस्को लेखिएको थियो ! जहाँ कुनै चित्रलेखकले आफ्नो कुशल हात द्वारा सौर्न्दर्यको एउटा अनुमप नमूना छाडेको थियो ! यस्तो लाग्थ्यो यो चौकीमा छरिएको धिमा प्रकाश त्यहि फ्रेस्कोबाट निस्किएको होस्! माइकल एन्जेलोले सिस्टाइन गिर्जाघरको सिलिङमा लेखेका फ्रेस्को, भिन्चीले मिलानको गिर्जामा (महन्तहरुको भोजन कक्षमा) लेखेका \'लास्ट सुपरु जस्तै सार्है अदभूत भाव र रुप दिएर बनाइएको यो फ्रेस्को बनाउने महान चित्र लेखक को होला ? उक्त जुँघाम्यानले बस्न भनिरहे पनि म उक्त फ्रेस्कोमा नै हराए ! टाढाबाट हेरेर अघाउदै अघाइन !नजिकै गए ! एक्कासी त्यो फ्रेस्को त्यहाँबाट अलप भयो ! यो फ्रेस्कोलाई नजिकबाट देख्न सकिन्न ! यसको सौन्दर्य जति टाढाबाट हेर्नुहुन्छ, उत्तिकै सुन्दर देखिन्छ ! नजिक जानू भयो भने यसको चमकको कारण तपाईं केही देख्न सक्नुहुन्न !...आउनुहोस्, बसौ ! म तपाईंलाई यहाँ बोलाउनुको कारण बताउछु ! ओह...! हो त म यहाँ बोलाइएको पो थिए त ! एक्कासी यो चौकी देख्नासाथ र यहाँ भित्र पस्नासाथ कसरी सम्मोहित भए ? हामी गएर बसेयौं ! उसले कालो चिया र इन्डियन हिटलर ब्ल्याक सर्भ्ड गर्न अगिको अनुमती बिना प्रवेश निषेध हवल्दारलाई हुकुम गर्यो ! केइ क्षणमा बाफ निस्किरहेको दुई कप काल्च्या र दुई खिल्ली हिटलर ब्ल्याक आइपुग्यो ! **** जुगाँम्यान:- तपाईं आरम हुनुहुन्छ नि लम्बु जि ? म:- हेर्नुस मेरो नाम लम्बु जि होइन! मेरो आफ्नो नाम छ ! अनि आरम त तपाईंले खोसिहाल्नुभयो नि ! आरम गर्नै कहाँ दिनुभयो र ? जुगाँम्यान:-  मलाई माफ गर्नुहोस् ! कुरा नै त्यस्तै भयो त्यसैले तपाईंको आरामरचैन हामिले खोस्नुपर्यो! म:- भन्नुस के त्यस्तो कुरा भयो ! मलाई तु का तु बोलाउनुभयो ! तपाईंले कौन्सा धेरै काम गर्न बाकी बचेको छ? जुगाँम्यान:- सब भन्छु ! तपाईं चियाको मज्जा लुट्नुस! म:-  चियाको मज्जा म हरसाझ लुट्नेगर्छु ! मलाई चियाको मज्जा लुटाउन मात्रै तपाईंले मलाई बोलाउनुभएको हो भने म जान्छु !मलाई पनि धेरै काम गर्न बाकी छ १ जुगाँम्यान:-  हो, सबैलाई सबैथोक गर्न बाकी हुन्छ !त्यो भन्दा ज्यादा त मर्न बाकी छ ! उसले यसो भनिरहदाँ तपाईंहरुले जस्तै मैले पनि क्षेत्रप्रताप अधिकारीलाई सम्झिएको कुरा साँचो हो! म:- अब त भन्नुस् ! चिया पनि सक्कियो ! सिग्रेट पनि सक्काए ! जुगाँम्यान:-  तपाईंलाई हामिले आरेस्ट हुन बोलाएका हौं ! --- #क्रमश ....
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies