Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

के थाकेकै हुन् मेस्सी ? बिर्सनै नसक्ने त्यो खेल

मस्को/सेन्ट पिटर्सबर्ग । अर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ ।

दुईवटा खेल समाप्त हुँदा पाँच पटक विश्वका सर्वोत्कृष्ट खेलाडीको उपाधि पाइसकेका मेस्सीले कुनै पनि गोल गर्न वा अरूलाई गोल गर्न सघाउन सकेनन् । बरु उनी आइस्ल्यान्डसँगको पहिलो खेलमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न समेत असफल रहे । \"\" अब अवस्था यस्तो रहेको छ कि सन् २००२ देखि यता उक्त दक्षिण अमेरिकी टोली समूह चरणबाट माथि नजान पनि सक्छ । तीस वर्षको उमेरमा मेस्सीसँग कम्तीमा पनि अर्को एउटा विश्वकपमा खेल्नका लागि समय छ । तर रुसमा रहेका थुप्रै खेल पण्डितहरूको विचारमा हाल जारी प्रतियोगिता नै अर्जेन्टिनाका लागि ठूलो उपाधि जिताउन मेस्सीका लागि अन्तिम अवसर हो । हालसम्म राष्ट्रिय टोलीका लागि मेस्सीले दिलाएको पछिल्लो ठूलो प्रतिष्ठा भनेको सन् २००८ मा बेइजिङ ओलिम्पिक्स जितेको स्वर्ण पदक मात्र हो । मेस्सीका लागि उनको क्लब बार्सिलोनामा यो सिजन उपलब्धिपूर्ण रहेको छैन । घरेलु लिग र कपमा दोहोरो विजय हासिल गरेको भए पनि उक्त क्लब युएफआ च्याम्पिअन्स लिगको क्वाटर फाइनलबाट बाहिरियो । निरन्तर तीन पटक त्यसरी बाहिरिँदा प्रतिद्वन्द्वी रियल मड्रिड भने महादेशीय प्रतिस्पर्धामा चम्किरहेको  छ । मेस्सीले यो सिजनमा राम्रो प्रदर्शन गर्न नसक्नुका पछाडि विभिन्न कारक तत्त्वहरू छन् । ती यस प्रकार छन्:

१) उनी शारीरिक रूपमा थकित छन्

सन् २०१७/१८ को युरोपेली सिजनमा मेस्सी ५४ वटा खेलमा सहभागी भए । यो सन् २०१४/ १५ यताको सबैभन्दा धेरै हो । अझ विगत पाँच वर्षको समयमा उनले खेलेको सबैभन्दा धेरै खेल सङ्ख्या हो त्यो । तथ्याङ्कसम्बन्धी वेब्साइट ट्रान्स्फर्मार्क्टका अनुसार मेस्सीले ४,४६८ मिनेट खेलेका छन् र औसतमा ८२.७ मिनेट मैदानमा बिताएका छन् । त्यति हुँदा पनि बार्सिलोनाका लागि उनले उक्त सिजनमा ४५ गोल आफैँले र १८ पटक अरूलाई गोल गर्न सघाएका छन् ।

२) उनलाई बल्झिरहने चोट लागेको छ

सन् २०१८ को एप्रिलमा अर्जेन्टिनाको समाचारपत्र क्लारिनले राष्ट्रिय फुटबल टोलीका स्रोतहरूलाई उद्धृत गर्दै मेस्सी दाहिने तिघ्रामा लागेको चोटका कारण समस्यामा रहेका र त्यसबाट छिटो गतिमा दौडिने र चाल परिवर्तन गर्ने उनको क्षमतामा असर पर्ने गरेको जनाएको थियो । इटली र स्पेनसँगका महत्त्वपूर्ण मैत्रीपूर्ण खेलहरूमा मेस्सी सहभागी नभएपछि त्यस्तो समस्या सार्वजनिक भएको थियो । स्पेनसँगको मैत्रीपूर्ण खेलमा आर्जेन्टिना ६-१ ले पराजित भएको मेस्सीले बेन्चमा बसेरै हेर्नुपरेको थियो ।

३) अर्जेन्टिना हिजोआज पहिलेको जस्तो अब्बल छैन

सन् २०१८ को रुस विश्वकपका लागि दक्षिण अमेरिकी छनोट चरणमा अर्जेन्टिनाको प्रदर्शन खराब नै रह्यो । परिणाममा विभिन्न आरोहअवरोह खेपेर अर्जेन्टिनाले लिग चरणका लागि आफ्नो स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा सात गोल गरेर मेस्सी आर्जेन्टिनाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका थिए । तर खेल प्रशंसक र सञ्चारमाध्यमलाई उक्त टोलीको आलोचना गर्नबाट रोक्न त्यो प्रदर्शन पर्याप्त थिएन । गत विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो र जर्मनीबाट अतिरिक्त समयमा एक गोल खाएर हारेको थियो । अन्तिम पटक अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो । ) रोनाल्डोको सफलता मेस्सीका प्रतिद्वन्द्वी वा प्रतिस्पर्धीका रूपमा चित्रित तथा विगत एक दशकदेखि उनको गुणदोष दाँज्न चर्चा गरिने अर्का खेलाडी रोनाल्डो हुन् । यो विश्वकपमा पोर्चुगलका ती खेलाडीको उत्कृष्ट प्रदर्शनले पनि मेस्सीलाई सजिलो पारेको छैन । विश्वकप २०१८ को आरम्भ देखि नै क्रिस्चियानो रोनाल्डो प्रभावकारी ढङ्गले खेलिरहेका छन् । प्रारम्भिक खेलमा नै उनले स्पेनविरुद्ध ह्याट्ट्रिक गरेका थिए। उक्त खेलमा रोनाल्डोले हानेका फ्री किकको चर्चा लामै समयसम्म भइरहने छ । त्यसपछि मोरक्कोसँगको खेलमा पनि उनले गोली हानेजस्तो गरी टाउकोले बल हानेर गोल गरी प्रशंसा बटुलेका छन् । रोनाल्डो कसैले रोक्न नसक्ने गरी अघि बढिरहेको देख्दा मेस्सीलाई भने उनले आइस्ल्यान्डविरुद्ध गोल गर्न चुकेका पेनाल्टी प्रहारका लागि सम्झिइने छ । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies