Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ओइलाउँदो ओलानी

कैलाली । भोकमरीले सताएपछि २०२३ सालमा डोटीको पोखरी गाउँबाट थुप्रै परिवार कैलालीको ओलानी झरे । तिनैमध्येका हुन् गोदावरी नगरपालिका–११ का ६० वर्षीय मजिरसिंह बडैला । ‘लामो खडेरीले सुदूरका पहाडमा भोकमरी भएपछि बसाइँ सरेका हौं,’ उनले सम्झिए, ‘उतिबेला कैलाली/ कञ्चनपुरमा बस्नका लागि सबैभन्दा उपयुक्त ठाउँ ओलानी लाग्यो ।’ डोटी, डडेल्धुरा, बझाङलगायत विभिन्न क्षेत्रबाट झरेका परिवारले झाडी र वन फाँडेर ओलानीमा आवादी गरे । अहिले ओलानी क्षेत्रमा गोदावरी गाउँपालिकाका १०, ११ र १२ नम्बर वडा पर्छन् । अाजको कान्तिपुरमा खबर छ-‘भोकमरीबाट विस्थापित परिवारले आवाद गरी बसेपछि तत्कालीन सरकारका एक मन्त्री यहाँ पुगेका थिए,’ बडौला सम्झन्छन्, ‘उनले यहाँ किन बसेको भनेर प्रश्न गरेका थिए । मुखिया कालुसिँह बडैलाले उनलाई वनजंगल र पानीको सुविधा भएकाले बसाइँ आएको जवाफ दिएका थिए ।’ उतिबेला सुविधाजनक ठानिएको ठाउँमा अहिले पानीकै सबैभन्दा ठूलो दु:ख रहेको बडैलाले बताए । कुनै समय ओलानी गाउँको पश्चिमपट्टि मछली खोला र पूर्वमा धर्मगंगा कलकल बगेको बस्तीसम्मै सुनिन्थ्यो । गाउँबासी त्यही पानी पिउँथे । गाईबस्तु चराउन बस्तीको सिरानमा चुरेको चरन क्षेत्र थियो । उनले भने, ‘कालान्तरमा एउटा सुन्दर बस्ती यस्तो उजाड र दुर्गम बन्ला भनेर कसले सोच्ने ?’ बडैलाका अनुसार मछली खोलाको पानीले खेत सिञ्चित गर्न तत्कालीन सरकारले योजनासमेत पारेको थियो । ओलानी मात्रै हैन, कैलाली र कञ्चनपुरको करिब ३ हजार हेक्टर जमिन सिञ्चित हुने गरी अघि सारिएको मोहना सिंचाइ आयोजनाको निर्माण एक दशक ढिलो गरी ०४४ सालमा सम्पन्न भयो । तर, ०५१ को बाढीले इन्टेक बाँधसमेत भत्केपछि ओलानीका खेत फेरि सुक्खा रहे । ‘सिँचाइबिनाको खेतीले छ महिना खान नपुग्ने भयो,’ अर्का स्थानीय दलबहादुर वडले भने, ‘किनेर खानुपर्ने भएकाले मजदुरी र रोजगारीका लागि यहाँका बासिन्दा भारत पस्न थाले ।’ कामका लागि भारत जाने युवा ‘बम्बैया रोग’ लिएर फर्कंदा गाउँ एचआईभी संक्रमितले भरिएको उनी बताउँछन् । गोदावरी प्लसका अध्यक्षसमेत रहेका वडका अनुसार ओलानीमा खुलेका २ सयभन्दा बढी एचआईभी संक्रमित छन् । तीमध्ये २४ अनाथ बालबालिका छन् । घरमा खान नपुगेरै अहिले पनि यहाँका ८० प्रतिशत युवा काम खोज्दै भारत पसेको उनले जनाए । ‘ओलानी रोग, भोक र शोकले ग्रस्त छ भन्दा हुन्छ,’ अर्का स्थानीय वीरबहादुर सुनारले भने, ‘एचआईभी संक्रमितको समस्या एकातिर छ, अर्कातिर हरेक घरमा खाद्यान्न अभाव छ ।’ गरिबीको रेखाबाट माथि उठ्न नसकेको ओलानीमा सामाजिक चेतनास्तर समेत न्यून छ । यहाँ अहिले पनि दलित र गैरदलितबीच विभेद देखिन्छ । भीमबहादुर कामी भन्छन्, ‘पछिल्लो समय दलित अधिकार आन्दोलनका कारण सार्वजनिक विभेद गर्न त छोडेका छन् तर विभेदकारी मन अझै सफा हुन सकेका छैनन् ।’ उनका अनुसार गैरदलित सार्वजनिक कुवाको पानी पिउँदैनन् । निजी कुवा बनाएका छन् । ओलानी गाउँ प्रदेश ७ को अस्थायी राजधानी धनगढीदेखि ३० किमिजति मात्र टाढा छ । दूरीका हिसाबले सुगम देखिए पनि सुविधामा दूरदराजको विकट बस्तीभन्दा कम थिएन । स्थानीयले वर्षौंको आसपछि बल्ल सडक, बिजुली र सञ्चारसुविधा पाउँदै छन् । शिक्षा र स्वास्थ्यमा अहिले पनि थुप्रैको पहुँच छैन । एक तथ्यांकअनुसार स्कुल नजानेको संख्या झन्डै २० प्रतिशत छ । कतिपयले बीचमै पढाइ छोड्ने गरेका छन् । जिल्लालाई खुला दिसामुक्त घोषणा गरिए पनि ओलानीमा गैरसरकारी संस्थाले बनाइदिएको चर्पी पानीकै अभावले प्रयोग हुन सकेको छैन । अभावैअभावले ग्रस्त ओलानीमा बर्खामा सर्पको बिगबिगी उस्तै हुन्छ । स्थानीय दुर्गा पन्तका अनुसार हरेक वर्ष सयभन्दा बढी सर्पदंशका घटना हुने गरेका छन् । ‘अहिले सडक सञ्जाल जोडिएपछि बिरामीलाई तत्कालै धनगढी अस्पताल पुर्‍याउन सकिएकाले मृत्युदर भने घटेको छ,’ उनले भने, ‘पहिला बर्सेनि २५/३० जनाको सर्पकै कारण मृत्यु हुन्थ्यो ।’ जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा औलोलगायत प्रकोप सबैभन्दा बढी फैलने स्थान पनि ओलानी नै हो । पन्त भन्छन्, ‘मोहना सिँचाइ आयोजनाको नहरमा पानी नबग्दा ओलानी पछाडि पर्‍यो ।’ उनका अनुसार सिँचाइ नहुँदा उत्पादन घटेर खाद्य अभाव सिर्जना भएको छ । हातमुख जोर्नकै लागि स्थानीय भारत पस्न बाध्य भए । गाउँको विकासमा जुट्ने समुदाय घटे । महिला र बालबालिका मात्रै घर कुरुवा भए । यसले गरिबी बढ्यो । ‘जिल्ला सदरमुकाम र स्थानीय निकायको आँखामा समेत ओलानी वर्षाैंदेखि उपेक्षित छ,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies