Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मेसी भेट्न हजारौँ माइलको साइकल यात्रा

अगस्ट महिनाको प्रचण्ड गर्मी । दक्षिणी भारत केरलाका क्लिफिन फ्रान्सिस घरमै झोक्राएर बसेका थिए । त्यसैवेला एक साथीले उनलाई सोधे, ‘यसपटकको विश्वकप हेर्न जान्नौ ?’ आफू बसेको ठाउँबाट हवाई टिकट काटेर कसरी रसिया पुग्ने भन्नेबारे फ्रान्सिसलाई केही पत्तो थिएन । तैपनि, साथीले सोध्दा ‘जान्छु’ भनिदिए । फ्रान्सिस गणितका ‘फ्रिलेन्सर’ शिक्षक हुन् । उनी दैनिक ४० डलर कमाउँछन् । अाजको नयाँ पत्रिकामा खबर छ-‘मनग्गे पैसा भएको भए एक महिनासम्म रसिया पुगेर विश्वकपको प्रत्यक्ष आनन्द लिन्थेँ,’ उनी मनमनै सोच्न थाले । एकपटक आफैँलाई प्रश्न गरे– सस्तो खर्चमा कसरी यात्रा गर्ने होला ? झटपट दिमागमा नयाँ विचार फु-यो– साइकल । साइकल चढेर विश्वकप हेर्न रसिया जान्छु भन्दा धेरै साथीले उनको खिसी गरे । उनी पाकिस्तान हुँदै मस्को जान खोजेका थिए । तर, भारत र पाकिस्तानबीचको तिक्त सम्बन्ध उनको योजनामा तगारो बन्यो । ००० केरलाबाट सीधै साइकलमा मस्को पुग्न असम्भव थियो । केही बाटो विमानमा यात्रा गर्ने निधो गरे । पाकिस्तानको बाटो जान नपाउँदा उनले ठूलो मूल्य चुकाउनुप-यो । उनले केरलाबाट आफ्नो साइकल दुबई लैजान पाएनन् । फेब्रुअरीको २३ तारिखमा दुबईसम्म जहाजको यात्रा गरे । विमानस्थलमा झरेपछि सीधै दुबईका साइकल पसल चहारे । एउटा पसलमा ठीकैको साइकल भेटे । लामो दूरीको यात्राका लागि त्यो सर्वश्रेष्ठ थिएन । पैसासँग सम्झौता गर्नुपर्ने भएकाले त्यसैमा चित्त बुझाए । खल्तीबाट सात सय डलर निकालेर पसलेलाई बुझाए र आफ्नो बाटो लागे । मनमा फुटबलको सपना बोक्दै साइकलमा हुँइकिए । साइकलमा नै ११ मार्चमा इरानको बन्दरगाह सहर बन्दर अब्बास प्रवेश गरे ।
महान्  फुटबलर मेसी आफ्ना नायक तथा अर्जेन्टिनाका फुटबलर लियोनल मेसीलाई प्रत्यक्ष देख्नु उनको सपना थियो । अन्ततः सो सपना पूरा गर्दै छन् । मेसी उनका नजरमा विश्वकै महान् फुटबलर हुन् । साइक्लिङका सोखिन उनी फुटबल भनेपछि मरिहत्ते गर्छन् । त्यही भएर उनले आफ्ना दुई मोहलाई एकैचोटि पूरा गर्दै छन् ।
००० इरानबाट रसियाको राजधानी मस्को ४२ सय किलोमिटर टाढा पर्छ । उनको नजरमा इरान विश्वकै सुन्दर देश हो । इरानी नागरिक निकै दयालु देखिन्थे । ४५ दिन लामो इरान बसाइका क्रममा उनी जम्मा दुई दिन मात्र होटेलमा वास बसे । फ्रान्सिस दैनिक १० डलरभन्दा बढी खर्च गर्न सक्दैनथे । तर, उनी इरानमा मन लागेका ठाउँमा निस्फिक्री डुले । इरानीले उनलाई घरघरमा निम्तो दिए र टन्न खुवाए । इरानीको आतिथ्यले नतमस्तक भएका उनको परम्परागत धारणा परिवर्तन भयो । ‘इरानलाई हेर्ने मेरो दृष्टिकोण नै परिवर्तन भयो । भूराजनीतिक अवस्थाका आधारमा मात्र तपार्इं कुनै पनि देशबारे आफ्नो धारणा बनाउन सक्नुहुन्न,’ उनी भन्छन् । इरानका लोभलाग्दा प्राकृतिक वातावरणले उनले पूरै थकान बिर्सेका थिए । भारतको तुलनामा इरानमा साइकल चलाउन उनलाई सजिलो भयो । रसियामा जारी विश्वकपमा इरानी समूहको समर्थन गर्न प्रायः इरानीले उनको कबोल मागेका थिए । कतिपय इरानी बलिउडका प्रशंसक भएकाले उनलाई त्यहाँ घुलमिल गर्न कठिनाइ भएन । उनलाई लाग्यो– फुटबल र फिल्मले विश्वलाई जोडेको रहेछ । पालमुनि रात काटे उनको बाँकी गन्तव्य थियो अजरबैजान । सीमा प्रहरीले उनको यात्रासम्बन्धी कागजातलाई लिएर धेरै नै सास्ती दिएको थियो । कागजातमा टाँसेको फोटो र उनको अनुहारमा आकाश–जमिनको फरक थियो । निरन्तर साइकल चलाउँदा उनको तौल निकै घटेको थियो ।
दुबईका साइकल पसल चहारे । एउटा पसलमा ठीकैको साइकल भेटे । लामो दूरीको यात्राका लागि त्यो सर्वश्रेष्ठ थिएन । पैसासँग सम्झौता गर्नुपर्ने भएकाले त्यसैमा चित्त बुझाए ।
‘म पासपोर्टको तस्बिरमा जस्तो हृष्टपुष्ट देखिन्नथे । मेरो विवरण पुष्टि गर्न प्रहरीलाई झन्डै आठ घन्टा लाग्यो,’ उनी भन्छन् । जे होस्, प्रहरीले उनीसँग भद्र व्यवहार देखाएका थिए । उनीसँग होटेलमा बस्ने पैसा थिएन । चिनेका पनि कोही थिएनन् । अजरबैजानका सार्वजनिक पार्कहरूमा पालमुनि रात काटे । उनका नजरमा अजरबैजानका मानिस विदेशीसँग तत्कालै झ्याम्मिँदैनन् । राजधानी बाकुमा उनको केही भारतीयसँग भेट भयो, तर आर्थिक सहयोग पाएनन् । झमेलै झमेला जर्जियामा पुगेपछि उनले निकै ठूलो झमेला सामना गर्नुप-यो । उनीसँग सबै कागजात थिए । तैपनि, उनलाई भिसा दिइएन । एक मनले उनलाई बेकारमा आएछु भन्ने लाग्यो । अजरबैजानका लागि उनको सिंगल इन्ट्री भिसा थियो । उनी जर्जिया र अजरबैजानको नो म्यान ल्यान्डमा पूरा एक दिन फसे । अन्ततः उनलाई अजरबैजानले आकस्मिक भिसा उपलब्ध गरायो । रसिया पुग्न उनले अर्को मार्ग खोज्नुप-यो । अजरबैजानले रसियाको सीमावर्ती डाजेस्टान क्षेत्रलाई छुने भएकाले उनी सोही बाटो मस्को पुग्ने निधो गरे । ‘असुरक्षित बाटोका बाबजुद डाजेस्टान जाने बाटो रोजेँ । किनकि फर्किने विकल्प थिएन,’ उनले भने । स्थानीय चकित अन्ततः उनी जुन ५ मा डाजेस्टान पुगे । त्यहाँ उनलाई भाषाको ठूलो समस्या थियो । डाजेस्टानमा मानिस मुस्किलले अंग्रेजी बुझ्थे । उनले फुटबल र फिल्मका विश्वव्यापी सांकेतिक भाषा प्रयोग गरे । अस्पष्ट भाषा प्रयोग गर्दै मस्कोबाट ४६० किलोमिटर दूरीमा रहेको दक्षिणी सहर तामभोम पुगे । साइकलमा एउटा ख्याउटे भारतीय विश्वकप हेर्न आउँदै छ भन्ने सुन्दा स्थानीय चकित परेका थिए । उनी २६ जुनसम्म राजधानी मस्को पुगिसक्नेछन् । सोही दिन फ्रान्स र डेनमार्कको खेलमा उनी सहभागी हुँदै छन् । सोही खेलका लागि उनले टिकट बुक गरिसकेका छन् । तथापि, उनी अर्जेन्टिनाका स्थायी समर्थक हुन् र मेसी उनका आदर्श खेलाडी हुन् । ‘म अर्जेन्टिनालाई समर्थन गर्छु, मेसी मेरा मन पर्ने खेलाडी हुन् । म उनलाई पूजा गर्छु । उनलाई भेट्नु मेरो सपना हो,’ उनी भन्छन् । फुटबलमा उत्प्रेरित होऊन् आफ्नो साइकल यात्राले फुटबल र फिटनेसलाई उत्प्रेरित गर्ने क्लिफिन फ्रान्सिस बताउँछन् । एक दिन भारत पनि विश्वकपमा सहभागी भएको उनी देख्न चाहन्छन् । उनी भन्छन्, ‘भारत पनि विश्वकपमा सहभागी भएको देख्न चाहन्छु । त्यसका लागि बढीभन्दा बढी बालबालिकालाई फुटबल खेल्ने अवसर दिनुपर्छ । आगामी २० वर्षमा भारत विश्वकपमा सहभागी हुने विश्वास छ ।’ आफ्नो यात्राले भारतमा एक मात्र बालबालिकालाई फुटबलमा उत्प्रेरित गरे आफू खुसी हुने उनी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies