Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

डाक्टर कति बिरामी ?

काठमाडाैं । डाक्टर बिरामीको उपचारमा अहोरात्र खटिन्छन् । दैनिक सयौँ बिरामी जाँचेर स्वस्थ रहने उपाय पनि सुझाउँछन् । तर, दुनियाँलाई स्वस्थ राख्न योगदान पु-याउने डाक्टरकै स्वास्थ्य पनि पूरै ठीक भने हुँदैन । कामको चाप तथा व्यस्तता र जीवनशैली व्यवस्थापन गर्न समस्या हुँदा वरिष्ठ डाक्टरहरू पनि कुनै न कुनै रोगले पीडित हुने गरेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-यद्यपि, आमबिरामीभन्दा डाक्टरहरू आफ्नो स्वास्थ्यप्रति स्वाभाविक रूपमा बढी सचेत हुन्छन् । नियमित स्वास्थ्य परीक्षण गराएर तथा जीवनशैली व्यवस्थित गरेर रोगलाई नियन्त्रणमा राख्छन् । ढाड दुख्ने पुरानै समस्या छ : डा. भोला रिजाल वरिष्ठ स्त्रीरोग विशेषज्ञ धेरै वर्षदेखि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएको छु । नियमित जाँचकै क्रममा मुटुमा समस्या देखिएपछि तत्काल उपचार गर्ने निर्णय लिएँ । नेपालमा सक्षम चिकित्सक र उपकरण भएका कारण मेरो उपचार मुटुरोग विशेषज्ञ डा. भरत रावल, डा. लव जोशी र डा. यादव भट्टले गरे । अहिले मुटुमा कुनै समस्या छैन । ढाड दुख्ने समस्या भने पुरानै हो । ढाडको समस्या पनि डा. वसन्त देवकोटा र डा. गौरवराज ढकालले हेरेका छन् । अहिले ओम अस्पतालमा डा. चन्द्रमणि पौडेलसँग नियमित स्वास्थ्य परीक्षण गराउँदै आएको छु । कहिलेकाहीँ जोर्नी दुख्छ : डा. मानबहादुर केसी वरिष्ठ मुटुरोग विशेषज्ञ अहिलेसम्म कुनै गम्भीर स्वास्थ्य समस्या छैन । घरपरिवारमा पनि कसैलाई कुनै रोग छैन । मुटुरोग विशेषज्ञ भएकाले पनि प्रत्येक वर्ष मुटुसम्बन्धी सम्पूर्ण जाँच गराउँछु । कुर्सीमा नियमित बसेका कारण र अप्रेसनमा उभिनुपरेकाले जोर्नी दुख्ने समस्या छ । मैले शिक्षण अस्पताल महाराजगन्जका अर्थोपेडिक डा. दिनेश काफ्लेसँग स्वास्थ्य जाँच गराउँदै आएको छु । ब्लडप्रेसर बढ्दै छ : डा. लोचन कार्की  वरिष्ठ फिजिसियन नियमित औषधि सेवन गर्नुपर्ने गरी अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । ढाड दुख्ने समस्या भने छ । नियमित बिरामीको स्वास्थ्य उपचारमा खटिनुपर्दा दुखाइ बढ्छ । ढाड र गर्धन दुखे पनि औषधि सेवन भने गर्नुपरेको छैन । आफैँ फिजिसियन भएकाले स्वास्थ्य परीक्षण गराएर रिपोर्ट हेर्छु । पछिल्लो समय ब्लडप्रेसर पनि बढ्ने अवस्थामा पुगेको छ । प्रत्येक वर्ष स्वास्थ्य जाँच गराउँछु । ढाड दुख्ने समस्या छ : प्रा. डा. जगदीश् अग्रवाल, डिन, आइओएम शिक्षण अस्पताल ढाड दुख्ने समस्या छ । तर, हाल कम भएको छ । अरू समस्या भने छैन । आफैँ चिकित्सक भएको हिसाबले सामान्य जाँच आफैँ पनि गर्छु । फरक विधाको स्वास्थ्य जाँच गर्नुपरे साथीहरूलाई देखाउँछु । हाडजोर्नीको समस्याबारे शिक्षण अस्पतालका डा. गोविन्द केसीलाई देखाउँछु । ग्यास्ट्रिकको समस्या छ : डा. गोविन्द केसी र्थोपेडिक, शिक्षण अस्पताल स्वास्थ्यमा गम्भीर समस्या थियो भने अनशन बस्न कसरी सक्थेँ र ? स्वास्थ्य परीक्षण समय–समयमा गराइरहन्छु । कुर्सीमा धेरै बस्नुपर्ने भएकाले ढाड दुख्ने समस्या भने छ । ग्यास्ट्रिकको समस्या पनि छ । स्वास्थ्य समस्या देखिँदा सामान्य नागरिकले झैँ सिफ्टमा भएको डाक्टरसँगै जचाउँछु । अनशनको समयमा भने डा. दिव्यासिंहलगायतको टोलीले स्वास्थ्य जाँच गर्दै आएका छन् । सुगर र प्रेसर छ : डा. राजेश सिंह अर्थोपेडिक, नेपाल मेडिकल कलेज तीन वर्षदेखि सुगर र प्रेसर छ । नियमित औषधि सेवन गरिरहेको छु । हरेक ६–६ महिनामा स्वास्थ्य परीक्षण गराउँछु । अरू रोग भने छैन । नेपाल मेडिकल कलेजका डा. प्रमोद क्षेत्री र डा. युएन पाठकसँग नियमित परीक्षण गराउँछु । नेपालबाहिर गएर स्वास्थ्य जाँच गराएको छैन । ब्लडप्रेसरले सताएको छ : डा. सरोजप्रसाद ओझा मानसिक रोग विशेषज्ञ’ शिक्षण अस्पताल उच्च रक्तचापको समस्या छ । लामो समय भइसक्यो । नियमित औषधि सेवन गर्दै आएको छु । मनमोहन कार्डियोभास्कुलर थोरापिक एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा. रत्नमणि गजुरेल, डा. ओममूर्ति अनिल, डा. यादव भट्ट र डा. दिवाकर शर्मासँग नियमित परीक्षण गराउँछु । उच्च रक्तचापबाहेक अरू समस्या छैन । ५ वर्षदेखि ब्लडप्रेसर छ : डा. जागेश्वर गौतम स्त्री तथा प्रसूतिरोग विशेषज्ञ मलाई ब्लडप्रेसरको समस्या छ । ५ वर्षदेखि निरिन्तर प्रेसर सन्तुलन गर्ने औषधि सेवन गरिरहेको छु । कहिलेकाहीँ निकै नै समस्या पार्छ । प्रेसरबाहेक अरू कुनै रोग अहिलेसम्म देखिएको छैन । ओम अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलसँग नियमित स्वास्थ्य परीक्षण गराउँदै आएको छु । ब्लडप्रेसरको समस्या छ : डा. भरतकुमार यादव  फिजिसियन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ब्लडप्रेसरको समस्या छ । नियमित औषधि खान्छु । अरू समस्या भने छैन । स्वास्थ्य परीक्षण कहिले गराउने भनेर यकिन हुँदैन । आफू फिट रहेकाले दुई–तीन वर्षमा एकपटक जचाउँछु । प्रेसर देखिएको पाँच वर्ष भयो । पाटन अस्पतालमा कार्यरत फिजिसियन डा. आशिष श्रेष्ठसँग जचाउँछु । दिनभर फ्रेस हुन अस्पताल हाताभित्रै मर्निङवाक गर्छु । ५ वर्षदेखि ब्लडप्रेसर छ : डा. जागेश्वर गौतम स्त्री तथा प्रसूतिरोग विशेषज्ञ मलाई ब्लडप्रेसरको समस्या छ । ५ वर्षदेखि निरिन्तर प्रेसर सन्तुलन गर्ने औषधि सेवन गरिरहेको छु । कहिलेकाहीँ निकै नै समस्या पार्छ । प्रेसरबाहेक अरू कुनै रोग अहिलेसम्म देखिएको छैन । ओम अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलसँग नियमित स्वास्थ्य परीक्षण गराउँदै आएको छु । सुगर, प्रेसर र मुटुको समस्या छ : डा. प्रेमराज ज्ञवाली इुरोलोजिस्ट, टिचिङ हस्पिटल दुई वर्षअघि मर्निङवाकमा निस्किएको थिएँ । स्वास्थ्यमा कुनै समस्या थिएन । दिउँसो स्वास्थ्य जाँच गर्ने उद्देश्यले आफ्नै अस्पताल (शिक्षण अस्पताल महाराजगन्ज) गएँ । स्वास्थ्य परीक्षण गर्दा मुटुमा समस्या देखियो । अस्पतालकै चिकित्सकले अप्रेसन गरेर स्टेन्ट हालेका छन् । मलाई सुगर, प्रेसरको समेत समस्या छ । दुई वर्षदेखि निरन्तर औषधि सेवन गरिरहेको छु । डा. रत्नमणि गजुरेल, डा. ज्योति भट्टराई र डा. यादव भट्टले मेरो स्वास्थ्य परीक्षण गर्दै आएका छन् । उनीहरूको स्वास्थ्य परीक्षण भने म गर्छु । अहिलेसम्म कुनै रोग देखिएको छैन : डा. अनिल भट्टराई  मुटुरोग विशेषज्ञ, मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अहिलेसम्म कुनै समस्या देखिएको छैन । सुगर, प्रेसर सबै ठीक छ । हरेक ६–६ महिनामा स्वास्थ्य परीक्षण गराउँछु । आफैँ चिकित्सक भएका कारण रिपोर्ट अरूलाई देखाउनुपर्दैन । अरूलाई देखाउनुपर्ने गरी कुनै गम्भीर रोग देखिएको छैन । ढाडमा दुख्ने र युरिक एसिडले सताउँछ : डा. केदारनरसिंह केसी  छातिरोग विशेषज्ञ (रिटायर्ड) ढाड दुख्ने समस्या हाम्रो पारिवारिक रोग नै हो । अरू रोग भने अहिलेसम्म लागेको छैन । खसीको मासु बढी खाए युरिक एसिड बढ्छ । यो अवस्थामा आफैँ केयर गर्छु । प्रत्येक ६ महिनामा स्वास्थ्य जाँच गराउँछु । डा. मानबहादुर केसी, डा. राजीवराज भण्डारी र डा. यादवदेव भट्टसँग जचाउँदै आएको छु । नियमित प्रेसरको औषधि खान्छु : डा. ढुण्डीराज पौडेल  नाक, कान, घाँटीरोग विशेषज्ञ ०५६ देखि ब्लडप्रेसरको समस्याले सताइरहेको छ । परिवारमा अरूलाई पनि छ । प्रेसर भएको जानकारी पाएदेखि नियमित औषधि सेवन गरिरहेको छु । विभागीय डाक्टरहरूबाटै हरेक वर्ष स्वास्थ्य परीक्षण गराउँछु । स्वस्थ रहन के गर्छन् डाक्टर ? आफ्नै गार्डेन र कौसीमा हिँड्ने गर्छु : डा. अरुण सायमी, वरिष्ठ मुटुरोग विशेषज्ञ बिहान र बेलुका नै हिँड्नुपर्छ भन्ने छैन । समयानुकूल जतिखेर हिँडे पनि हुन्छ, हिँड्न भने प-यो । मुटुका बिरामी, उच्च रक्तचापका बिरामीले जाडो महिनामा बिहान हिँड्दा हृदयाघातको जोखिम हुन्छ । पहिलेजस्तो बिहान ट्रफिक कम हुन्छ, हावा राम्रो हुन्छ भन्ने पनि छैन अहिले । बिहानको हावा निकै प्रदूषित छ । गाडीले हानिदिने जोखिम पनि उत्तिकै छ । पार्क तथा ठूलो चौर छ र प्रदूषण छैन भने मर्निङवाक गर्नु राम्रो हो । नभए घरमै व्यायाम गर्दा हुन्छ । म पनि आफ्नै गार्डेन र कौसीमा हिँड्छु । अस्पतालमा पनि सकेसम्म धेरै समय हिँडिरहन्छु । घरमै क्रस ट्रेनरमा पनि हिँड्छु, यो ट्रेडमिलजस्तै हो । अफिसमा ६ हजार पाइला हिँडेको मोबाइलले देखाउँछ : चन्दा कार्की, वरिष्ठ प्रसूतिरोग विशेषज्ञ बिहान घामले पोल्दैन, तर हावा प्रदूषित हुन्छ । त्यसले अर्को स्वास्थ्य समस्या निम्त्याउन सक्छ । हामीकहाँ पार्क र फुटपाथ गतिला छैनन् । गाडीवालाले फुटपथमै हानिदेलान् भन्ने जोखिम पनि छ । राम्रो वातावरण र अनुकूल भए त मर्निङवाक गरेको राम्रो हो । तर, घर या क्लबमै शारीरिक कसरत गरे पनि हुन्छ । जे होस् भ्याएसम्म हिँड्न कहिल्यै नछाड्नुस् । म पनि भ्याएसम्म दैनिक ४० मिनेट हिँड्छु । दिउँसो अफिसमा ६ हजार पाइला हिँडेको मोबाइल एप्समा देखिन्छ । दिउँसो एक घन्टा हिँड्ने गर्छु : डा. ज्योति भट्टराई, वरिष्ठ मधुमेहविज्ञ नियमित आधा घन्टा व्यायाम आवश्यक छ । नियमित व्यायामले शरीर चलायमान हुन्छ । मांशपेशी कसिला हुन्छन्, बोसो पग्लिन्छ । नियमित हिँड्दा शरीर फुर्तिलो हुन्छ, तनाव कम हुन्छ, ग्लुकोज खपत भई सुगर नियन्त्रण हुन्छ । समग्र स्वास्थ्य सुधारका लागि हिँड्नु आवश्यक छ । यसले सकारात्मक सोच विकास हुन्छ, आत्मविश्वास बढ्छ । तर, बिहान नै हिँड्नुपर्छ भन्ने छैन । म आफैँ पनि दिउँसो एक घन्टा हिँड्छु । सुगरका रोगी र बुढाबुढी त बिहानको चिसोमा हिँड्नु झन् घातक हुन्छ । चिसोमा हिँड्नाले हृदयाघात भएर अस्पताल आएका केसहरू छन् । यसको मतलब, मर्निङवाक गर्दा हृदयाघात नै हुन्छ भनेको चाहिँ होइन । घरपछाडि जंगल छ त्यहीँ मज्जाले हिँड्छु : डा. अर्जुन कार्की, इन्टरनल मेडिसिनविज्ञ मर्निङवाक विवादास्पद विषय हो । मर्निङवाक कहाँ गर्ने भन्ने कुरा पनि विचार गर्नुपर्छ । ठूलो पार्क छ, धुँवा–धुलो छैन भने ठिकै हुन्छ । सडकमै हिँड्नुपर्ने हो, गाडीको धुवाँ–धुलोले असर गर्छ भने मर्निङवाक गरेर फइदा हुँदैन । म त घरपछाडि जंगल छ, बिहान नियमित त्यहीँ हिँड्छु । तर, जाडो महिनामा काठमाडौं उपत्यकामा प्रदूषित हावा तल आएर बस्छ । भौगोलिक बनावटका कारण काठमाडौंमा यो मौसममा बिहान हिँड्नु स्वस्थकर हुँदैन । दिउँसो घाम लागेर तातेपछि विषाक्त धुलोहरू माथि जाने भएकाले घाम छिप्पिएपछि हिँड्नु राम्रो हुन्छ । तर, बिहानबाहेक हिँड्ने समय नै मिल्दैन भने प्रदूषित नै भए पनि हिँड्न मेरो सुझाब छ । प्रदूषित हावाको असरभन्दा हिँड्दा शरीरलाई हुने फाइदा बढी हुन्छ । अहिले त वर्षा लागेकाले हावामा प्रदूषणको मात्रा पनि घटेको हुनुपर्छ । दौडने भए आधा घन्टा र हिँड्ने भए एक घन्टा छुट्याउनु ठीक हुन्छ । बिहान–बेलुका हिँड्छु, ४५ मिनेट व्यायाम गर्छु : डा. दीर्घसिंह बम, वरिष्ठ छातिरोग विशेषज्ञ म आफैँ पनि नियमित बिहान र बेलुका दुईपटक हिँड्छु । हिँड्नाले शारीरिकसहित मानसिक फाइदा हुन्छ । यसबाहेक ४५ मिनेट व्यायाम पनि गर्छु । बिहान हिँड्दा शरीर फुर्तिलो हुन्छ । मुड फ्रेस हुन्छ । बिहान फुर्सद पनि हुने हुँदा मर्निङवाकलाई महङव दिइएको हो । पार्कहरू छन् भने बिहान हिँड्नु राम्रो हो । बलियाबांगा दौडिन सक्छन्, अलि पाका व्यक्ति लामोलामो पाइला हिँड्न सक्छन्, बुढाबुढी बस्तारै भए पनि हिँड्न सक्छन् । हिँड्दा शरीरलाई कहिल्यै हानि हुँदैन । अफिस आउँदा–जाँदा साइकल नै चलाउँछु : डा. पवनकुमार शर्मा, प्राध्यापक बन्द कोठामा व्यायाम गर्नु र खुला स्थानमा हिँड्नुमा तात्विक असर गर्छजस्तो मलाई लाग्दैन । बाहिर हिँड्दा ताजा हावा लिन पाइन्छ भन्ने सोचाइ छ, तर हामीकहाँ बिहानको हावा नै दूषित छ भन्ने छ । मचाहिँ दैनिक २०–३० किलोमिटर साइकल चलाउँछु । हरेक दिन बिहान ५ बजे उठेर डेढ घन्टा साइकल चलाउँछु । अफिस जाँदा गाडी नचलाएको दुई वर्षजति भयो । परिवारसँग हिँड्दा र टाढै जानुपर्दा मात्र गाडी चढ्ने हो । विपासा वासुको योगा युट्युबमा हेरेर नक्कल गर्छु : डा. सरोजप्रसाद ओझा, वरिष्ठ मानसिक रोगविज्ञ कोही मान्छे जिम जान्छन्, कोही स्विमिङ गर्लान्, कोही योग गर्छन्, कोही मर्निङवाकमा निस्किन्छन् । म पनि पहिला मर्निङवाक गर्थेँ । हरेक दिन आधा घन्टादेखि एक घन्टा नियमित हिँड्थेँ । तर, काठमाडौंमा बिहानको हावा प्रदूषित भएको रिपोर्ट आएपछि मर्निङवाक छाडिदिएँ । आजकाल हरेक बिहान युट्युबमा बिपासा वसुको योग हेरेर नक्कल गर्ने गरेको छु । मलाई फाइदा पनि गरेको छ । योग गरेपछि तीन गिलास पानी पिउँछु । तर, राम्रो हावा छ र पार्कहरू छन् भने मर्निङवाक गर्नुजति राम्रो अरू केही हुँदैन । स्वस्थ रहन डाक्टरका आठ टिप्स आजकाल जीवनशैली निकै व्यस्त छ । मान्छेलाई कमै फुर्सद मिल्छ । रोजगारी, पैसा र करिअरको पछि भाग्दाभाग्दै धेरै मानिसलाई आफ्नै शरीरको ख्याल राख्ने फुर्सद छैन । एक हिसाबले जीवन यान्त्रिक बनेको छ । तर, रोजगारी र पैसाभन्दा ठूलो कुरा स्वास्थ्य नै हो । स्वास्थ्य नै ठीक छैन भने अरू कुरा ठीक भएर कुनै अर्थ नहुने डाक्टरहरू बताउँछन् । डा. सरोज ओझाका अनुसार स्वस्थ जीवन भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ हुन हो । स्वस्थ रहनका लागि यी कुरामा सम्झौता नगर्न चिकित्सकहरूले सुझाब दिएका छन् : सन्तुलित आहार सकेसम्म सन्तुलित आहार खानुपर्छ । चिल्लो, गुलियो र नुनिलो कम खानुपर्छ । पौष्टिक तत्वयुक्त, रेसादार खानेकुरा, फलफूल, हरियो तरकारी, सलाद, माछा, मासु, अन्डा नियमित रूपमा खार्नुपर्छ । नियमित व्यायाम नियमित व्यायाम स्वस्थ जीवनका लागि अत्यावश्यक छ । व्यायामले पूरै शरीर चलायमान हुन्छ । सबै अंगमा ऊर्जा पुग्छ । हरेक दिन बिहान आधा घन्टा मर्निङवाक वा व्यायाम वा योग आफ्नो सुविधाअनुसार गर्नुपर्छ । पर्याप्त निद्रा सही खानपान र नियमित व्यायामजत्तिकै महत्वपूर्ण अर्को पाटो हो पर्याप्त निद्रा । स्वस्थ्य रहन पर्याप्त सुत्नुपर्छ । राति सुतेजस्तो राम्रो अरू वेला सुतेको हुँदैन । न्यूनतम ७ देखि ८ घन्टासम्म सुत्नुपर्छ । ८ घन्टाको सुताइले १६ घन्टासम्म शरीर फुर्तिलो र स्वस्थ रहन्छ । धूमपान र मद्यपान त्याग धूमपान र मद्यपानले स्वास्थ्यलाई फाइदा गर्दैन । बरु लामो समय धूमपान र मद्यपान गर्नाले मुटुरोग र फेक्सोको क्यान्सरसमेत गराउ“छ । तनाव भयो भनेर चुरोट र रक्सीको लतमा फस्नु राम्रो होइन । यसले कतिपय अवस्थामा पारिवारिक र सामाजिक समस्या पनि निम्त्याउने गर्छ । पर्याप्त पानी स्वस्थ रहन पर्याप्त पानी पिउनुपर्छ । २४ घन्टामा कम्तीमा ३ लिटर पानी पिउनैपर्छ । गर्मीको समयमा पसिना जाने र डिहाइड्रट हुने भएकाले अझ धेरै पानी पिउनुपर्छ । पानी कम भए शरीरका क्लिनिकल चिजहरू असन्तुलित हुन्छन् । टाउको दुख्ने र रिँगटा लाग्ने समस्या हुन्छ । सकारात्मक सोच स्वस्थ्य रहन मानसिक स्वास्थ्य पनि ठीक हुनुपर्छ । हिजोआज धेरै व्यक्ति विभिन्न तनाव बोकेर हिँड्छन् । स–साना कुराले पनि तनावमा आउँछन् । कुनै पनि कुरालाई नकारात्मक रूपमा लिनु तनाव निम्तिने कारण हो । डिप्रेसनमा जाने र आत्महत्या गर्नेसम्मको सोच आउन सक्छ । तनाव भयो भनेर श्रीमतीसँग झगडा गर्ने, बच्च पिट्ने गर्नुहुँदैन । हरेक कुरालाई सकारात्मक रूपमा लिँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । सामाजिक सक्रियता सामाजिक स्वास्थ्य पनि स्वस्थ जीवनको महत्वपूर्ण पाटो हो । सामाजिक स्वास्थ्यका लागि सामाजिक कर्महरूमा सरिक हुनुपर्छ । पत्रपत्रिका र पुस्तक पढ्ने, समाचार हेर्ने, परिवारसँग बसेर घुम्ने तथा रमाइलो गर्ने, आफन्त र साथीभाइसँग भेटघाट गर्दा सामाजिक रूपमा स्वस्थ भइन्छ । आध्यात्मिक स्वास्थ्य २४ घन्टामा एकपटक १०–१५ मिनट भगवान्को आराधना गर्नु, ध्यान गर्नु, प्रार्थना गर्नु, भजन सुन्नुपर्छ । यस्ता आध्यात्मिक कर्मले पनि स्वस्थ बनाउँछ । तनाव कम हुन्छ । गत वर्षभन्दा दुई गुणा प्रदूषण गत हप्ता शुक्रबार बेलुकादेखि तराई र पहाडी क्षेत्रमा धुलो मिसिएको पहेँलो वर्षा भयो । थार मरुभूमिबाट राजस्थान हुँदै नेपालका विभिन्न क्षेत्रमा धुलोसहित वर्षा भयो । अहिले धुलो मिसिएको वर्षा रोकिए पनि असर पूर्ण रूपमा रोकिएको छैन । ‘वर्षा मौसममा सामान्यतया कम प्रदूषण हुन्छ,’ वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले भने, ‘तर, गत शनिबारदेखि मंगलबारसम्म राजधानीको हावामा अघिल्लो वर्षको तुलनामा दोब्बर प्रदूषण भयो ।’ चितवनको सौराहा, रूपन्देहीको लुम्बिनी र ललितपुरको पुल्चोकको हावामा अघिल्लो मनसुनको तुलनामा यो वर्षको १ जेठदेखि प्रदूषण बढ्दै गएको देखियो । ५ जेठसम्म गत वर्षको तुलनामा दुई गुणाभन्दा पनि बढी प्रदूषण देखिएको पौडेलले बताए । उपत्यकाको बनोटअनुसार बिहानको चिसोमा विषाक्त धुलो तल आउने र घाम लागेपछि प्रदूषित धुलोका कण उडेर माथि जाने उनले बताए । यद्यपि, बिहानको हावामा हानिकारक धुलोको मात्रा बढी हुने भए पनि हिँड्न तथा व्यायाम गर्न भने छोड्न नहुने पौडेलको भनाइ छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies