Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

मुसाको दुई गोलमा नाइजेरिया विजयी, अन्तिम भिडन्त अर्जेन्टिनासँग

काठमाडौं । अहमेद मुसाले दुई गोल गरेपछि समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्यान्डलाई नाइजेरियाले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा समूह डी को दोस्रो खेलमा नाइजेरियाका लागि दुवै गोल मुसाले दोस्रो हाफमा गरेका हुन् । खेलको ४९ औँ मिनेटमा भिक्टोर मोसेसको पासमा पहिलो गोल गर्दै विश्वकपको दोस्रो चरणमा प्रवेशको सम्भावना बढाएका मुसाले अर्को गोल ७५ औँ मिनेटमा गरे । खेलको ७५ औँ मिनेटमा मुसाले केरेन्थ ओमेर्युको पासमा यो गोल गरेका थिए । यो गोल गर्नुअघि मुसाको प्रहार पोस्टमा लागेर फर्किएको थियो । त्यसपछि खेलको ८३ औँ मिनेटमा आइसल्यान्डले पाएको पेनाल्टीलाई पोस्ट भन्दा माथि प्रहार गरेर गिल्फी सिगुर्डसनले खेर फालेका थिए । नाइजेरियाले यो जितपछि दुई खेलबाट तीन अंक जोडेको छ भने आइसल्यान्ड पहिलो खेलमा जोडेको एक अंकमै सीमित भएको छ । अब नाइजेरियाले दोस्रो चरणमा प्रवेशका लागि मंगलबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नुपर्ने छ। त्यो प्रतिस्पर्धामा जो विजयी हुन्छ उसैले समूह डी बाट उपविजेता हुँदै अन्तिम १६ का लागि स्थान पक्का गर्छ । तर, समूह चरणको अर्को अन्तिम भिडन्तमा क्रोएसियाले आइसल्यान्डलाई पराजित या बराबरीमा रोक्नुपर्ने अवस्था पनि छँदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies