Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

चालू आवको २३ प्रतिशत बजेट खर्च

प्रदेश नं ७ को प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४/७५को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्ये जेठ महिनासम्ममा २३ दशमलव ४२ प्रतिशत खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको चालू आवको विनियोजित खर्च रकमको समीक्षासम्बन्धी विवरणमा विनियोजन भएको मध्ये चालूतर्फ रु आठ करोड ४४ लाख २२ हजार र पूँजीगततर्फ रु तीन करोड ८२ लाख ६९ हजारसमेत गरी जम्मा रु १२ करोड २६ लाख ९१ हजार खर्च भएको उल्लेख गरिएको छ । चालू आवको बाँकी अवधिका लागि रु एक अर्ब एक करोड ९४ लाख छ हजार विनियोजन गरिएको थियो । मन्त्रालयको विवरणमा प्रदेशसभा सचिवालयका लागि विनियोजन भएको मध्ये ४४ दशमलव एक प्रतिशत रकम खर्च भएको देखाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रु तीन करोड ८९ लाख तीन हजार विनियोजन भएकामा रु तीन करोड ५९ लाख ५४ लाख ९८२, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रु पाँच करोड ३६ लाख १५ हजार विनियोजन भएकामा रु ५७ लाख ८१ हजार खर्च भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित रु तीन करोड ५५ लाख २८ हजारमध्ये रु ९५ लाख ५९ हजार ५९८ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि कूल विनियोजित रु पाँच करोड ४४ लाख ९४ हजारमध्ये रु एक करोड २१ लाख ८४ हजार खर्च भएको बताइएको छ । यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु चार करोड १६ लाख ७८ हजारमध्ये रु एक करोड १३ लाख ६९ हजार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु पाँच करोड ६० लाख ८५ हजार रकममध्ये रु एक करोड १० लाख ९६ हजार र सामाजिक विकास मन्त्रालयको रु आठ करोड ७५ लाख ५५ हजारमध्ये रु एक करोड १० लाख ७३ हजार र मुख्य न्यायाधिवक्ताको कार्यालयको रु ७१ लाख ८४ हजार रकममध्ये रु दुई लाख ६३ हजार मात्र खर्च भएको विवरण उल्लेख छ । अर्थ विविध शीर्षकमा छुट्याइएको रु ५६ करोड ४० लाख २३ हजारमध्ये खर्च हुन सकेको छैन । प्रदेशसभा बैठकमा बोल्ने प्रतिपक्षी प्रदेशसभा सदस्यले चालू आवका लागि विनियोजित बजेट कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउन पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies