/  Mon, July 23, 2018

प्रचण्डलाई भान्जा भन्ने कम्युनिष्ट आन्दोलनका सिपाहि ओझा, गुमनाम भए कि बनाइए ? भित्ता फोडेर जसले बचाए बैद्यदेखि बादलसम्मलार्इ

कम्युनिष्ट आन्दोलनका एक होनहार ‘सिपाही’ हुन दीर्घराज ओझा । नातामा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता लेखराज भट्टका आफ्नै मामा हुन् उनी । तर अहिले तर गुमनाम जस्तै छन् । सदैब कम्युनिष्ट आन्दोलनमा एकाकार भएर आफ्नो सर्बस्व दाउमा राखेर १० बर्षे जनयुद्धलाई नजिकबाट भोगेका, दसौं पटक मारिनबाट बाँचेका र आफ्नो जायजेथाले सकेसम्म जनयुद्धलाई सहयोग गरेका यी होनहार कम्युनिष्टका सच्चा सिपाही अचेल गुमनाम जस्तै बनाईएका वा भएका छन् ।

सेनाबाट उहांको घर घेराउ गरियो जुन प्रशिक्षक कार्यक्रमका लागि मोहन बैद्य (किरण), रामबहादुर थापा (बादल), सिपी गजुरेल, पोष्टबहादुर बोगटीलगायतका नेताहरु थिए । उहांले आफु र आफ्नो परिवारको ज्यान जोखिममा राखेर घरको भित्ता फोडेर ती नेताहरुलाई सिमा पार गराउनु भएको थियो जुनकुरा अध्यक्ष प्रचण्डलाई पनि थाहा छ । निषेधित सामाग्रीहरु उहांको घरमा राखेको कुरा सेनाले थाहा पाउँदा थप्रै दुब्यबहार भोग्नूपरेको थियो ।

उनैलाई भेट्न गत भदौको एकाबिहानै नेकपाका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ उहाँको कैलाली अत्तरियास्थित निवासमा पुग्दा उनले आफ्नो आँसु थाम्न सकेनन् । जून परिस्थितिमा प्रचण्ड पनि अति भावुक हुनुभयो किनभने दुबैजना एक अर्कालाई धेरै माया र सम्मान गर्दछन् । अध्यक्ष प्रचण्डलाई आशिबार्द दिदै उहांले नेपालको कार्यकारी राष्ट्रपति हुनु र आफ्नो पार्टीलाई असल र जनताको पार्टीको रुपमा स्थापित गराउनु भान्जा मेरो अबको अन्तिम ईच्छा यहि हो भन्नूभयो र अध्यक्ष प्रचण्ड भाव विह्ल हुदै मामा हजुरले आर्शिवाद दिएजस्तै हुनेछ भन्नुभयो ।

तत्कालिन माओवादी पार्टी बृत्तमा सबैका प्रिय मामा भनेर उहां (दीर्घराज ओझा) चिनिुनुहुन्छ । प्रायः सबै जसो शीर्ष नेताहरु उहांसंग नजिक हुनुहुन्थ्यो तरपनि १० बर्षे जनयुद्धपछि उहां किन गुमनाम बनाईए, यसको उत्तर सायद उहांसंग पनि छैन होला । जनयुद्ध अघि होस वा जनयुद्ध कालमा होस, सूदुर पश्चिममा हूने माओवादीका धेरै जसो कार्यक्रमहरु उहांकै निवासमा हुने गर्दथे । यसै प्रशिक्षककै शिलशिलामा एक दिन सेनाबाट उहांको घर घेराउ गरियो जुन प्रशिक्षक कार्यक्रमका लागि मोहन बैद्य (किरण), रामबहादुर थापा (बादल), सिपी गजुरेल, पोष्टबहादुर बोगटीलगायतका नेताहरु थिए । उहांले आफु र आफ्नो परिवारको ज्यान जोखिममा राखेर घरको भित्ता फोडेर ती नेताहरुलाई सिमा पार गराउनु भएको थियो जुनकुरा अध्यक्ष प्रचण्डलाई पनि थाहा छ । निषेधित सामाग्रीहरु उहांको घरमा राखेको कुरा सेनाले थाहा पाउँदा थप्रै दुब्यबहार भोग्नूपरेको थियो । ज्यानको जोखिम मोलेर औषधि गर्ने बहाना बनाई भारतमा नेताहरुलाई लुकलुकि भेटघाट तथा आर्थिक सहयोगका लागि जाने गरेको उहांको मानसपटलमा ताजै छन् ।

पञ्चायत कालदेखि नै कम्युनिष्ट सिद्धान्तलाई अंगालेका उनी डा. बाबुराम भट्टराई अध्यक्ष रहेको तत्कालिन संयूक्त जनमोर्चाका किसान संगठनमा पनि आबद्ध भई उम्मेदबार पनि बनाईएका थिए । यसै चुनाबी सिलसिलामा बूथ क्याप्चर गरेको आरोपमा उनलाई पक्राउ पूर्जी (वारेन्ट) जारी गरिएको थियो ।

यी कम्युनिष्ट आन्दोलनका गूमनाम यात्रीले कहिल्यै पदको लालसा राखेनन्, त्यसैले सायद गूमनाम यात्री…। हामी जस्ता कम्युनिष्टका सिपाहीको कदर किन हुन सकेन भन्ने अध्यक्ष प्रचण्डसंग थूपै गुनासाहरु हुँदा हुँदै पनि उहांलाई राष्ट्र नायक र राजनेता भएको हेर्न चाहन्छन यी गुमनाम यात्रीले ।

यहीबीचमा उहांको परिवारमा एउटा दर्दनाक घटनाले गर्दा वहां बिक्ष्प्ति हुनुभयो । यो लेखि रहँदा पीडाबोध भएको छ । भन्नु र लेख्नु थूपै्र कुराहरु छन् वहांको बारेमा । सायद अगाडी नै आउनूपर्ने यी कूराहरु अहिले पनि स्थनीय स्तरमा उहांको योगदान र आदर्शको उच्च सम्मान गरिन्छ ।

प्रचण्डसँग उहांको भेटघाट ९ बर्षपछिको अन्तरालमा हुँदा यो प्रसंग उठेको हो ।

असार ८ गते, २०७५ - ११:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवाको गम्भीर अारोपः के खाएकै हुन् त प्रचण्ड-अोलीले पैसा ?

देउवाको गम्भीर अारोपः के खाएकै हुन् त प्रचण्ड-अोलीले पैसा ?

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...   
सरकार भर्सेस डा.केसीः नाङ्गै भएको पत्तो नपाइएला नि !

सरकार भर्सेस डा.केसीः नाङ्गै भएको पत्तो नपाइएला नि !

गत एक/डेढ महिनाको अन्तरालमा नेपाली संचारमाध्यमको मुख्य समाचार विश्व कपका, मेस्सी र नेपालका डा.गोविन्द...   
अोली छाडेर प्रचण्डतिर उपेन्द्र मिलेपछि बालुवाटारमा खैलाबैला

अोली छाडेर प्रचण्डतिर उपेन्द्र मिलेपछि बालुवाटारमा खैलाबैला

काठमाडाैं ।  हालका स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पछिल्लो...   
सातै प्रदेशका सामाजिक मन्त्रीले केन्द्रिय मन्त्रीलार्इ भेट्दै, छलफल गर्दै

सातै प्रदेशका सामाजिक मन्त्रीले केन्द्रिय मन्त्रीलार्इ भेट्दै, छलफल गर्दै

काठमाडौं । ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले आज उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग...   

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु...   
डाक्टरको सर्टीफिकेट पाउन शरिर बेच्नुपर्ने शब्दबारे कानुनमन्त्री तामाङले विज्ञप्ति निकालेर मागे माफि

डाक्टरको सर्टीफिकेट पाउन शरिर बेच्नुपर्ने शब्दबारे कानुनमन्त्री तामाङले विज्ञप्ति निकालेर मागे माफि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता तथा कानुनी न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...   
नेकपाको युवा र विद्यार्थी संगठनले निकाल्यो यस्तो विज्ञप्तिः विद्यार्थी बेच्न पल्किएका यी दुर्इ इन्स्टिच्युटलाई कारबाहि गरियोस्

नेकपाको युवा र विद्यार्थी संगठनले निकाल्यो यस्तो विज्ञप्तिः विद्यार्थी बेच्न पल्किएका यी दुर्इ इन्स्टिच्युटलाई कारबाहि गरियोस्

काठमाडाैं । पूर्वमाअोवादी र पूर्वएमाले हाल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का युवा र विद्यार्थी संगठनले...   
प्रचण्डकी नातिनीको गीतः एक साता नपुग्दै १६ लाख बढीले हेरे, कति लाइक कति डिसलाइक ?

प्रचण्डकी नातिनीको गीतः एक साता नपुग्दै १६ लाख बढीले हेरे, कति लाइक कति डिसलाइक ?

काठमाडौं । नवगायिका स्मिता दाहाल फेरी चर्चामा छिन् । यसपटक उनको चर्चा भएको छ युट्युबमा भाइरल भइरहेको...   
चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’

चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’

पूर्वी नेपालबाट जागिर खोज्न काठमाडाैं आएका बेला उनलाई साथीहरूले ‘पेपर म्यारिज’ अर्थात् देखावटी...   
पाँच हजार वर्षअघि हिममानवले के खान्थे ?

पाँच हजार वर्षअघि हिममानवले के खान्थे ?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top