Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बलियो ब्राजिललाई खेलाडीको पीर, नेयमार अाज खेल्छन् कि खेल्दैनन् ?

मस्को ।  ब्राजिलले शुक्रबार (अाज) साँझ ५ः४५ बजे समूह ‘इ’ को दोस्रो खेलमा कोस्टारिकाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा नै सर्वाधिक बलियो उपाधि दाबेदार मानिएको ब्राजिल पहिलो खेलमा स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएपछि कोस्टारिकाविरुद्ध ब्राजिल स्वभाविक दबाबमा हुनेछ । दुवैका लागि अपेक्षा कोस्टारिका र ब्राजिल दुवैका लागि नकआउट चरणमा स्थान कायम राख्न पनि दुवै निश्चित जितको खोजीमा मैदानमा उत्रनेछन् । सर्बियासँग कोस्टारिका १–० ले पराजित भएको तथा ब्राजिलले पनि स्विटजरल्यान्डसँग अंक बाँडेकाले टिमलाई उद्घाटन खेलमा भन्दा दोस्रो खेलमा बढी दबाब हुनेछ । ब्राजिललाई खेलाडीको पिर ब्राजिल कोस्टारिकाविरुद्ध मैदानमा उत्रँदा उसलाई अघिल्लो खेलको नतिजाले त पिरोल्ने नै छ । साथमा खेलाडीको चिन्ता पनि थपिएको छ । उसका स्टार स्ट्राइकर नेयमार खेल्ने या नखेल्ने अन्योलता कायम रहँदा पाउलिन्हो र थियोगो सिल्भाले कोस्टारिकाविरुद्धको खेल गुमाउँदै छन् । स्विट्जरल्यान्डविरुद्धको खेलका दौरान पुरानो खुट्टाको चोट बल्झिएको भन्दै उनले कोस्टारिकाविरुद्ध खेल्ने सम्भावना निकै कम रहेको जनाइएको छ । कोस्टारिकाविरुद्धको खेलको तयारीका क्रममा भएको अभ्यासमा पनि नेयमार सहभागी नभएपछि उनले कोस्टारिकाविरुद्धको खेल गुमाउन सक्ने आकलनलाई बल मिलेको छ । तर, ब्राजिललाई अर्जेन्टिनी स्टार कोउटिन्होको खेलमा विश्वास रहेको छ । साथमा उनलाई फर्नान्डिन्हो रेनाटो अगुइएस्टो, गाब्रिएल जेससलगायतले साथ दिनेछन् । ब्राजिल बलियो विश्वकपको पहिलो खेलसम्मलाई आधार मान्ने हो भने ब्राजिल पछिल्ला १२ खेलमा अपराजित रहेको छ भने उसको पोस्टमा विपक्षीले तीन गोल मात्र गरेका छन् । त्यसैले, ब्राजिल स्वभाविक रूपमा बलियो मानिएको छ । कोस्टारिकाविरुद्ध पनि ब्राजिलको इतिहास बलियो रहेको छ । ब्राजिलले कोस्टारिकाविरुद्ध खेलेका १० मध्ये ९ खेलमा जित निकालेकाले स्वभाविक रूपमा ब्राजिल कोस्टारिकामाथि हाबी हुने विश्वास लिएको छ । १९६० यता ब्राजिल कोस्टारिकासँग पराजित भएको छैन, त्यसैले पनि ब्राजिल सोही इतिहासलाई कायम गर्ने ध्याउन्नमा हुनेछ । त्यसो त पछिल्लोपटक २०१५ यता यी दुई देश एक अर्काविरुद्ध नभिडेकाले दुवैका लागि विश्वकपको यो खेल अघिल्ला इतिहासको निरन्तरता नहुने खतरा पनि उतिकै रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies