Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आज अर्जेन्टिना र क्रोएसिया भिड्दै : मेसीको जादु चल्ला की नचल्ला ?

मस्को । २१औं संस्करणको विश्वकपको शुरुवात अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि शुखत रहेन । पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डसँग बराबरीमा रोकिदा मेसीका लागि पहिलो खेल शुखत रहेन । दुई पटक विजेता र तीन पटक उपविजेता बनेको अर्जेन्टिनाका लागि यो संस्करणको विश्वकप शुरुवाती लक्षण खासै राम्रो देखिएको छैन । पहिलो खेलमा अर्जेन्टिना आइसल्याडसँग १(१ को बराबरीमा रोकियो । मेस्सीले पेनाल्टी मिस गरेको त्यो खेलबाट बाहिर आएर अर्जेन्टिना दोस्रो खेलमा आज क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा नाइजेरियालाई २(० ले हराएको क्रोएसियाको मनोबल उच्च छ । उसले अब एक खेल जितेमा अन्तिम १६ मा स्थान बनाउने पक्का हुनेछ । अर्जेन्टिनासँगको खेलमा क्रोएसिया निकाला कालिनक बिना नै मैदान उत्रिने छ । खेल्न नमानेपछि स्ट्राइकर कालिनिकलाई घर पठाइएको हो । मेस्सीले आइसल्याण्डसँगको खेलमा ११ पटक पोस्ट प्रहार गरे र गोल गर्न सकेनन् । उनले बिहीबार राति पौने १२ बजे हुने खेलमा त्यो खेलमा नगर्न नसकेको कुरा पनि गर्न सक्ने छन् । हेड-टू-हेड अर्जेन्टिना र क्रोएसियाबिच यसअघि चारपटक भेट भएको छ । ती भेटमा अर्जेन्टिना दुई पटक विजयी भएको छ भने एक पटक क्रोएसिया र एक पटक बराबरी भएको छ । दुई टोलीबिच विश्वकपमा भने यसअघि एक पटक मात्रै भेट भएको छ । सन् १९९८ को विश्वकपमा समूह चरणमा भएको भेटमा अर्जेन्टिना १(० ले विजयी भएको थियो । त्यो बेला अर्जेन्टिना समूह विजेता तथा क्रोएसिया उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका थिए । अर्जेन्टिना अर्जेन्टिनाले विश्वकपमा आफ्ना सुरुका दुई खेल पछिल्लो पटक जित्न नकसेको भनेको सन् १९७४ मा हो । त्यसयताका विश्वकपमा अर्जेन्टिनाले सुरुका दुई मध्ये कम्तिमा एक खेलमा जित निकालेको छ । अर्जेन्टिनाले विश्वकपमा समूह चरणका पछिल्ला १६ खेलमा एकमा मात्रै हार बेहोरेको छ । उसले सन् २००२ को विश्वकपमा इंग्ल्याण्डसँग १(० को हार बेहोरेको थियो । १२ खेलमा अर्जेन्टिना विजयी भएको छ भने तीन खेलमा बराबरी भएको छ । अर्जेन्टिनाले प्रतियोगिताका पछिल्ला १० खेलमा दुई खेलमा मात्रै एक भन्दा बढी गोल गरेको छ । १० खेलमा उसले गरेको गोल संख्या ९ मात्रै हो । अर्जेन्टिनाका सर्जियो अग्युरोले राष्ट्रिय टिमबाट पछिल्ला चार खेलमा गोल गरेका छन् । मेस्सीले विश्वकपमा पछिल्ला २१ पोस्ट प्रहारमा गोल गर्न सकेका छैनन् । तर राष्ट्रिय टिमबाट पछिल्लो २ वर्षमा अर्जेन्टिनाका लाथि १७ खेलमा १४ गोल गरेका छन् । उनले पछिल्ला चार खेलमा ६ गोल गरेका छन् । क्रोएसिया क्रोएसियाले सन् १९९८ यता विश्वकपमा लगातार दुई खेल जितेको छैन । बिहीबार राति हुने खेल जितेमा उसले २० वर्षअघिको लगातार जितको त्यो शृङ्खला फेरि दोहोर्याउने छ । क्रोएसियाले विश्वकपमा आफ्नो दोस्रो खेल अहिलेसम्म हारेको छैन । उसले तीन खेल जितेको छ भने एक खेलमा बराबरी भएको छ । तर विश्वकपमा अहिलेसम्म उसले दक्षिण अमेरिकी टिममाथि जित निकाल्न सकेको छैन । यसअघि दक्षिण अमेरिकी देशसँग भएका चार खेलमा सबैमा क्रोएसिया हारेको छ, तीन पटक ब्राजिल तथा एक पटक अर्जेन्टिनासँग । -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies