Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विवादित प्रवास नीतिबाट पछि हटे डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अवैध आप्रवासी सम्बन्धी आफ्नो एक नीतिबाट पछि हटेका छन् । अवैध आप्रवासीलाई उनीहरुका बच्चाबाट अलग नगर्ने निर्णयमा ट्रम्पले हस्ताक्षर गरेका छन् । उनका अनुसार अब प्रवासी परिवार एकसाथ बस्न पाउने छन् । यो निर्णय कहिलेदेखि लागू हुन्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन । तर, ट्रम्प प्रशासनको निर्णयमा लेखिएको छ- अब अवैध आप्रवासी परिवारहरुलाई एकसाथ हिरासतमा राखिने छ । यदि आमा-बुवा हिरासतमा रहँदा बच्चालाई गलत प्रभाव पर्ने आशंका भएमा मात्रै उनीहरुलाई अलग्गै राखिने छ । यस्तो अवस्थामा बच्चाहरुलाई उनीहरुका आमाबुवाबाट कति समयसम्म अलग राख्ने भन्ने कुरा तर ट्रम्प प्रशासनको निर्णयमा उल्लेख नरहेको बीबीसीले जनाएको छ । आमाबुवाबाट अलग्गिएका बच्चाहरुको तस्वीर हेरेर आफ्को मन पग्लिएको ट्रम्पले बताएका छन् । त्यसैले यो पछिल्लो निर्णय लिइएको हो । उमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘म आफै परिवारबाट अलग भएको देख्न चाहँदैन । मेरी पत्नी मेलानिया र छोरी इवान्का पनि परिवार सँगै रहनुपर्छ भन्ने कुरामा समर्थन गर्दछन् ।’ मिडिया रिपोर्टस्का अनुसार मेलानिया र इवान्काले आप्रवासी कानुनमा नरम हुन राष्ट्रपति ट्रम्पलाई दबाव दिने गरेका थिए । पूर्वराष्ट्रपति बराक ओबामाले पनि ट्रम्प प्रशासनको पछिल्लो निर्णयको स्वागत गरेका छन् । यसअघि ट्रम्प प्रवासीहरुप्रति कडा देखिन्थे । उनले भन्ने गरेका थिए, यूरोपेली देशहरुले लाखौं प्रवासीहरुलाई शरण दिएर गलत गरिरहेका छन् । प्रवासीहरुलाई फर्काउने आफ्नो अभियानमा विपक्षी डेमोक्रेटिक पार्टीका सदस्यहरुले अवरोध गरेको भनेर ट्रम्पले आरोप लगाउने पनि गर्दथे । ट्रम्पले अमेरिका सीमामा अवैधरुपमा प्रवेश गर्नेहरुलाई आपराधिक मुद्दा लगाएर जेलमा हाल्ने कानुन ल्याएका थिए । सो कानुनमा यस्ता प्रवासीहरुलाई उनीहरुका बच्चाहरुलाई पनि अलग राख्ने व्यवस्था थियो । त्यसको विपक्षी डेमोक्रेटिक पार्टीहरुले आलोचना गर्दै आएका थिए । अमेरिकी सरकारले पक्राउ गरेकाहरुलाई फलामे जन्जिरभित्र बाबालिकाहरुलाई राखिएको तस्वीर सार्वजनिक भएपछि प्रवासी कानुनको निकै आलोचना भएको थियो । आलोचकहरुले त्यसलाई नाजी यातना शिविरसँग तुलना गरेका थिए । मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारा कासोले त बच्चालाई उनीहरुको परिवारबाट अलग राख्नु क्रुर र अमानवीय भनेका थिए । अमेरिकी सरकारको तथ्यांकअनुसार ५ मेदेखि ९ जुनको बीचमा २ हजार ३४२ प्रवासी बच्चा आमा-बुवाबाट अलग भएका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies