Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

मध्यपुरथिमि नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले यो आर्थिक वर्षलाई ‘बजेट कार्यान्वयन विशेष वर्ष’ को रुपमा मनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । हाम्रो कला, हाम्रो संस्कृति मध्यपुरथिमि हाम्रो सम्पत्ति भन्ने नाराका साथ कला, सम्पदाको संरक्षणमा नगरपालिकाले विशेष योजना ल्याएको छ । नगरपालिकाले कला, संस्कृतिलाई एकीकृत गरी निर्धारित क्षेत्रमा जीवित र सांस्कृतिक संग्रहालय निर्माण गर्ने तथा होमस्टेसमेत प्रवद्र्धन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । यसैगरी नगर क्षेत्रको वृहत एकीकृत गुरुयोजना, खानेपानी, नगर सडक र ढल निकास सञ्जाल, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माण, साँस्कृतिक एवं सम्पदायुक्त बस्तीको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको पनि उनले बताए । नगरपालिकाको प्रशासनिक तथा वडा कार्यालय भवन निर्माण र नगर क्षेत्रका पाँचवटा स्थानमा बहुसाँस्कृतिक एवं ऐतिहासिक प्रवेशद्वार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । निर्माण हुने सम्पूर्ण भवन संरचना अपांग र बालमैत्री हुने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । बस्ती विकासका लागि जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने तथा भइरहेको एकीकरणको स्वामित्व नगरपालिकाले लिँदै व्यवस्थित गर्न आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइने नीति नगरपालिकाले लिएको छ । नगरपालिकाले नक्सा पास प्रक्रियालाई सहज, सरल, वैज्ञानिक र पारदर्शी बनाउन आगामी साउन १ गतेदेखि विद्युतीय भवन आचारसंहिता लागू गर्ने, नगरपालिकाको स्वीकृतिबिना कुनै पनि संचरना बनाए भत्काइने नीतिलाई कडाइका साथ लागू गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए । नीति तथा कार्यक्रममा खानेपानीलाई सुधार गर्ने, नगर क्षेत्रमा खानेपानीका लागि ८ इन्चको पाइप बिछ्याउने, फोहोरलाई व्यवस्थित गरिने, मनोहरा र हनुमन्ते नदीलाई ‘सफा नदी सभ्य सहर’ कार्यक्रमबाट सफा गर्दै हरियाली बनाउने, सबै वडामा ढलको व्यवस्थापन गर्ने उल्लेख छ । नगरपालिकाले आर्थिक विकासका लागि राजश्व सुधार कार्ययोजना अघि सारेको बताउँदै प्रशासकीय अधिकृत ज्ञवालीले मध्यपुर उज्यालो कार्यक्रमलाई प्रभावकारी बनाउने र महत्वपूर्ण स्थानमा सिसी क्यामरा जडान गरिने छ भने । नगरपालिकाका प्रत्येक वडामा एक वडा एक स्वास्थ्य संस्था स्थापना गर्ने, शिक्षामा गुणस्तरियता र पहुँचमा समानता गरी विभेद्कारी शिक्षाको अन्त्य गर्ने, छात्रवृत्तिलाई प्रभावकारी बनाउने, स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने नाराका साथ खेलकूदको विकास गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies