Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

द्वन्द्वमा परि सन् २०१७ काे अन्त्यसम्ममा कति भए विस्थापित ? राष्ट्रसंघकाे यस्ताे रिपाेर्ट

जेनेभा, ५ असार । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

यस प्रकार सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको पनि सो प्रतिवेदनमा जनाइएको छ । यसरी विस्थापित भएका व्यक्तिको गएको एक दशकयताको हिसाब गर्ने हो भने उक्त अवधिमा करिब ५० प्रतिशतले नै बृद्धि भएको पाइएको छ । एक दशकमात्र अघि यो सङ्ख्या चार करोड २७ लाख रहेको संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको सो प्रतिवेदनमा जानकारी दिइएको छ । विस्थापितहरुको यो सङ्ख्या १० वटा देशको मात्र भएको जेनेभामा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय उच्च शरणार्थी आयोगका आयुक्त फिलिपो ग्रान्डीले बताउनुभएको छ । सिरियामा सात वर्षसम्म जारी द्वन्द्वको क्रममा ६३ लाख व्यक्ति देश छोडी विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । यो सङ्ख्या विश्वभर रहेका शरणार्थीहरुको तुलनामा तीन भागको एक भाग हुन आउँछ ।

त्यसैगरी सिरियामा अरु करिब ६२ लाख व्यक्ति सिरियाभित्र नै आन्तरिकरुपमा विस्थापित भएका छन् । शरणार्थी सङ्ख्याको विषयमा सन् २०१७ मा गरिएको अध्ययनअनुसार दोस्रो स्थानमा अफगानिस्तान पर्छ ।

अफगागिस्तानमा त्यसअघिका वर्षको तुलानामा सन् २०१७ मा शरणर्थीका रुपमा विस्थापित भएर देश छोड्न बाध्य भएका व्यक्तिको सङ्ख्या पाँच प्रतिशतले बढेको पाइएको छ । अर्थात अफगानिस्तानमा सन् २०१७ मा २६ लाख व्यक्ति आफ्नो देश छोडी शरणार्थीका रुपमा विदेशिन बाध्य भएका थिए । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको शिवीर बन्न नदिने घोषणा गरेका छन् । उनले विगतको आफ्नो नीतिको बचाउ गर्दै सो धारणा राखेका हुन् । राष्ट्रपति ट्रम्पले आप्रवासी नीतिकै कारण जर्मन आफ्ना नेताको विरोधमा उत्रिन थालेको पनि बताउनुभएको वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies