Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रसारण लाइनका प्रभावितलाई ४ करोड ६३ लाख मुआब्जा

\"\"म्याग्दी। दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई रु चार करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटसम्ममा टावर रहने जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण गरेको हो । करीब ३९ किलोमिटर दूरीको प्रसारण लाइनको ११४ वटा टावरबाट प्रभावित १७५ घरधुरीलाई रु सात करोड ८६ लाख मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म ९९ जनालाई रु चार करोड ६३ लाख वितरण गरिएको आयोजनाका लेखापाल गोविन्द सुवेदीले जानकारी दिए । ञम्याग्दी खण्डमा ४२ जनालाई रु दुई करोड ६० लाख र पर्वतका ५७ जनालाई रु एक करोड चार लाख मुआब्जा उपलब्ध गराएको छ । थप ७६ घरधुरीलाई रु तीन करोड २३ लाख मुआब्जा वितरण गर्न बाँकी छ । आयोजनाका अनुसार ९३ रोपनी जग्गा अधिग्रहण गरिनेछ । जग्गाधनी सम्पर्कमा नआउनु र वनको समस्याका कारण जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा समस्या भएको लेखापाल सुवेदीले बताए । बेनी र कुश्मास्थित जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरणको काम भइरहेको छ । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित २०१६ मे ३० मा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग रु दुई अरब ९० करोडमा ठेक्का सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाको प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलले बताए । म्याग्दी र मुस्ताङमा कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि दाना र कुश्मामा सबस्टेशनका साथै प्रसारण लाइन निर्माण हुन लागेको हो । एशियाली विकास बैंकको सहयोगमा विद्युत् प्राधिकरणले खुर्कोट हुँदै नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा कालीगण्डकी करिडोर प्रसारण लाइन बनाउने तयारी गरेको छ । सबस्टेशनमा पूर्वाधार निर्माण, उपकरण खरिदका साथै प्रसारण लाइनको टावर बनाउने काम तीव्र गतिमा अघि बढेको फुयाँलले बताए। हालसम्म २७ वटा टावर निर्माण भइसकेको छ । सतसट्ठीवटा टावरको फाउण्डेशन खनिएको छ । तार तान्ने काम पनि शुरु गर्ने तयारी भएको छ । आयोजनाका प्रमुख चन्दनकुमार घोषले विद्युत् प्राधिकरणमार्फत सञ्चालित प्रसारण लाइन आयोजनामध्ये कालीगण्डकी करिडोरको खुर्कोट दानाखण्डको काम तीव्र रुपमा भइरहेको बताए। उक्त प्रसारण लाइनअन्तर्गत हाल नौवटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । प्रसारण लाइन र सबस्टेशनसँगै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies