Khabar Dabali Logo
  September 16, Mon

गोठको एऊटा भित्तामा ‘छाऊगोठ’

गोठको एऊटा भित्तामा
कुमारी को रातो रगत रोहीरहेको
रूवाई को बिचमा
राक्षस हाँसो हाँसीरहेको संस्कार
वरी परी गोबर हरूको जमघट
ति केही बोल्न नसक्ने पसु हरू
त्यो निर्दोष नारीको हरिबिजोग ले
असह्य पिडा भएर
तरक्क आँसु खसाल्थे
ऊ सोच्थी मानीस को मानवता त
जनावर पसुमा पो सरेछ क्या हो

ए छाऊगोठ
तिमी मात्रै तिमी त छौनी याहाँ
यो कालो रात भरी को मेरो साथी
आँखा बाट एक ढीक्का आँसू खसाल्थी
बिधाता लाई धारे हात लगाएर सराप्थी
आखिर कसले ल्यायो ?
अन्धभक्त समाज को अन्धो संस्कार
कानुन आँखामा पट्टी बानेर बसिरहेको छ ।
मेरो सांकेतिक भासा कस्ले बुझ्ने
बुझे पनी कस्ले वास्ता गर्ने
नारीलाई अलच्छीना फोहरी भन्नेहरूले
आफ्नो टाऊकाको महापाप देखेनन्
जाबो यक थोपा रगत हरूको सिर्का
आफ्नै सरीर बाट बाहीर निस्कँदा
ब्रह्म श्राप को बिल्ला भिराईयो आखीर कीन ?

हे मानीसले लेखेका कथाका पात्र ब्रह्मा
यदी तिमीले ने श्राप दीएका हौ भने
कलियुग का निर्दोस नारीहरूले छाऊगोठ बाट
तिमीलाई दिएको श्राप लाग्छ की लाग्दैन ?

टोलाईरहन्छु सुन्यतामा
युग फेरीयो समय फेरीयो
तर भोर्ला को लहरा ले
चिलाऊने को थाम बेरेझैँ
असंख्य कुरीती ले बेरिएको हाम्रो समाज
कहीले फेरीन्छ ?

जवाफ देऊ मलाई
हे मलाई जन्म दीने आफ्नै बा
तिम्रो देऊता रिसाउँछ भने
मैले तिम्रो देऊता मागेको छैन
तिम्रो फलफुल को बोट मैले छुँदा बिग्रन्छ भने
हजुर को बेद र गिताको नियम म
म सबै मान्न तयार छु
म नछोईदीऊँला केहि
तर मेरो आफ्नो घरको एऊटा कुना देऊ
मलाई त्यती भए पुग्छ ।
बा म त्यो नर्क जस्तो छाऊगोठ जान्न जाँदै जान्न

मेरी दीदी छाऊगोठ मै बलात्कृत भई
यो समाज ले ऊल्टै मेरो दीदी माथी औँला ऊठायो ।
मेरो दीदी घाँटीमा पासो लगाएर परमधाम भई
कहीले फेरीन्छ बा ?
हजुरका धर्मका केही असमान नीयमहरू

हजुरको समुदायले नारी लाई भगवान मान्छ भने
पृथ्वी पनी एऊटी नारी हुन्
कुनै दीन रजस्वला भईन भने छुन हुन्न
मुखपनी हेर्न हुन्न
अब भन्नुस् छाऊपडी को लागी काँहा पठाऊनु हुन्छ ?
यो धर्तीलाई

कुनै मन्दीर मा नारीको
गुप्ताङ्ग स्वरूपको पुजा हुँदै गर्दा
मेरो देसमा सामान्य महीनावारी हुँदा
एऊटी नारी घरबाट लखेटीन्छे ।
आखीर कीन ??
मलाई जबाफ दीनुस् बा
मैले चुलो चौको को त कुरै छोडौँ
धारा पँधेरा पनी प्रयोग गर्न पाईन
मैले त्यही खोलीको पानी खाएको छु ।
त्यही खोलीमा नुहाएको छु ।
अब त्यो खोली बिटुलो हुन्छ की हुन्न ?
हजुर को देऊता लाई
त्यही गंगाजल चल्छ की चल्दैन ?

असार ५ गते, २०७५ - ११:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यराती ११ वर्षीया बालिका निदाएपछि बसभित्रै बलात्कृत, १० वर्षीयालाई प्रयास

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोकमा बसका सहचालकद्वारा ११ वर्षीया बालिका...   

रुपन्देही गोलीकाण्डः यसरी क्यामेरामा कैद भए ‘सुटर’

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका—३स्थित बैकुण्ठपुरमा एक व्यक्तिको गोली हानी हत्या गर्ने ‘सुटर’को...   
ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले...   

संसदमा बाँके घटना फेरि ब्युतियो, कांग्रेस सांसदद्वारा बेल घेराउ

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरिरहेका...   

सिंहदरबारबाट ९ जना पत्रकार पक्राउ

काठमाडौं । राजधानीस्थित सिंहदरबारबाट प्रहरीले पत्रकारहरुको टोलीलाई नियन्त्रणमा लिएको छ । विभिन्न...   
समाजवादी पार्टीले संविधान दिवसका दिन खुसीयाली नमनाउने

समाजवादी पार्टीले संविधान दिवसका दिन खुसीयाली नमनाउने

काठमाडौं । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने...   
ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

बेलायत । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले...   

२० वर्षे युवाद्वारा ७ वर्षकी बालिका बलात्कृत

बर्दिया । सात वर्षिय बालिका बलात्कार आरोपमा प्रहरीले २० वर्षे एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...   

राष्ट्रियसभामा दुई विधेयक विधायन समितिमा

काठमाडौं । राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन...   

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

हङकङ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top