Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पहिरोमा परि आठघर विस्थापित

\"\"पर्वत। लगातारको वर्षासँगै गएको पहिरोका कारण यहाँको एक विकट गाउँका आठ घर विस्थापित भएका छन् । पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीस्थित कुसुनडाँडाका आठ घर दीर्घकालीनरुपमै विस्थापित हुने भएका हुन् । गएको शनिबार राति परेको वर्षासँगै गएको पहिरोमा परी तीन घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बाँकी पाँच घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए । हिउँदमा खनिएको मोटरबाटोका कारण पहिरो जाँदा बस्तीनै जोखिममा परेको हो । पहिरोले स्थानीय शिक्षक छवि अधिकारीको गोठ र मोटरसाइकलमा पूर्ण क्षति भएको थियो । पहिरोको जोखिममा रहेका छवि अधिकारीसँगै विष्णु अधिकारी र मेघनाथ अधिकारीलाई तत्काल अस्थायी टहरा बनाउनका लागि जस्तापाता र नगद सहयोग गरिएको छ । अन्य पाँच घर पनि दिउँसोमा सोही घरमा बस्ने र वर्षा भएपछि अन्यत्रै आफन्तकोमा आश्रय लिएर बस्ने गरेका छन् । पहिरोको जोखिममा रहेका आठ घरनै दीर्घकालीन बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले गाउँपालिकाले तत्काल उपयुक्त जग्गा व्यवस्थापन गर्न थालेको उच्चैले जानकारी दिए । तत्काल तीन घरका लागि गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न सहयोग गरिसकेको र बाँकी परिवारका लागि केही दिनमै जग्गा व्यवस्थापन गरिने समेत उनले जानकारी दिए । भिरालो जग्गामा रहेको बस्ती वर्षेनी पहिरोको जोखिममा पर्दै आएको थियो । पहिरोका कारण उक्त स्थानमा रु एक करोडभन्दा बढीको क्षति पुगेको अनुमानसमेत गरिएको छ । बस्तीनै जोखिममा परेर स्थानान्तरण हुनुपरेपछि ठूलो समस्या परेको पीडित छवि अधिकारीले गुनासो गरे । सयौँ वर्षदेखि बसोबास गर्दै आएको ठाउँ छोड्नुपर्दा निकै निरासा छाएको उनले बताए । जीवनभरको कमाइ खर्चिएर बनाएको घर छाडेर नयाँ ठाउँमा पुनः धेरै खर्चिएर घर बनाउन आर्थिक बोझ थपिएको उहाँको गुनासो छ । त्यस्तै, अर्का पीडित मेघनाथ अधिकारीले पनि गाउँपालिकाले तत्कालका लागि अस्थायी टहरा बनाउन सहयोग गरेपछि दीर्घकालीन बास बनाउनका लागि आर्थिक अभाव भएको गुनासो गरे । उनले गाउँपालिकालाई आवश्यक रकमको व्यवस्थापन गरिदिन आग्रह गरे । गएको शनिबार आएको वर्षाका कारण महाशिलामा सबैभन्दा बढी क्षति पुगेको थियो । वर्षाका कारण गाउँपालिकाका सबैजसो सडक अवरुद्ध भएको पनि प्रवक्तासमेत रहनुभएका जीवनविक्रम उच्चैले जानकारी दिए । उनले सबै सडक खुलाउनका लागि डोजर र एस्काभेटर परिचालन गरिएको र आजदेखि सबै सडक सुचारु गरिने समेत जानकारी दिए । सडक अवरुद्ध हुँदा गाउँपालिकादेखि सदरमुकाम कुश्माबजार आउने र प्रदेश राजधानी पोखरा जाने सडकसमेत अवरुद्ध भएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies