/  Thu, December 13, 2018

वरिष्ठ न्यूरो सर्जन डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रंधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेटेर समवेदना पनि प्रकट गरे । मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली र वरिष्ठ मन्त्रीहरु डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्न अस्पताल पुगेका थिए ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।

अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ ।

असार ४ गते, २०७५ - २३:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा भारतीय यी नोट नचल्ने

काठमाडौं । नेपालमा भारतीय २०० र २,००० दरका नोट नचल्ने भएका छन् । भारत सरकारले एक वर्षअघि ५०० र १,००० दरका...   

शिक्षा क्षेत्रको समग्र विकासको लागि भरतपुर महानगरपालिकाले ल्यायाे यस्ता नाैला योजना

चितवन । भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको विकासको लागि नयाँ योजनाहरु ल्याएको छ । भरतपुर...   
श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्

श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्

काठमाडौं । नेपालकी श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिएकी छन् । एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड...   

नेकपा स्थायी समिति बैठक मङ्सिर २९ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री...   

‘पहिले विवाह दर्ता, अनि मात्रै बिहे’

दाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top