/  Wed, September 26, 2018

वैदेशिक रोजगारीमा जानेका लागि  ‘शुभयात्रा’ एप्स, के छन् यसमा फिचर ?

काठमाडौँ, ४ असार (रासस) ः वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो ।

वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त एप्स बनाइएको पिएनसिसिआईका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । मोबाइल एप्सलाई समयसापेक्ष परिमार्जन गर्दै लगिने बताइएको छ ।

एप्समा वैदेशिक रोजगारीका सिलसिलामा जान लागेका नेपाली कामदार, विदेशमा भएका नेपाली कामदार र स्वदेश फर्किएकाका लागि उपयोगी सामग्री समावेश गरिएको छ ।

वैदेशिक रोजगारीका लागि पु¥याउनुपर्ने प्रक्रिया, आवश्यक कागजात, स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी, वित्तीय क्षेत्रलगायत अन्य महत्वपूर्ण जानकारीलाई समाचार, लेख, अन्तर्वार्ता, प्रश्नोत्तर, अडियो र भिडियोको माध्यमबाट उपलब्ध गराइएको छ । उक्त एप्स एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले निःशुल्क डाउनलोड गर्न सक्छन् ।

असार ४ गते, २०७५ - २१:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अस्पतालका फोहोर पानी सिधै ढलमा

काठमाडौं, ९ असोज। काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन...   

 नगरपालिका विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु

रत्ननगर, ९ असोज । चितवनको रत्ननगर नगरपालिकाले आजदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको...   
खानेपानी मन्त्रालयले बनाउँदैछ दुई निर्देशिका मस्यौदा समिति

खानेपानी मन्त्रालयले बनाउँदैछ दुई निर्देशिका मस्यौदा समिति

काठमाडौं । खानेपानी मन्त्रालयले देशैभरि ढलको व्यवस्थापन गर्न र पानी बोक्ने ट्यांकरहरुको अनुगमन गर्न...   

 नगरपालिका विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु

रत्ननगर, ९ असोज । चितवनको रत्ननगर नगरपालिकाले आजदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको...   

‘सरकारको नीति कार्यान्वयन नगर्नेलाई कारवाही ’

हेटौँडा, ९ असोज । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको...   

भूकम्पपीडितको सबै काम स्थानीय तहबाट

बनेपा, ८ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प...   
लुक्ला हिँडेकाे नेपाल एयरलाइन्सकाे चिनियाँ विमान मन्थलीमा अवतरण

लुक्ला हिँडेकाे नेपाल एयरलाइन्सकाे चिनियाँ विमान मन्थलीमा अवतरण

काठमाडौं । परीक्षण उडान हुन नसकी थन्किइरहेको नेपाल एयरलाइन्सले सोमबार वाई-१२ चिनियाँ जहाजको अाज परीक्षण...   
वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको...   
राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन (फाेटाे फिचर)

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन (फाेटाे फिचर)

काठमाडौँ, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश...   

महिला हिंसा र बलात्कारका घटना अन्त्य गर्न माग

काठमाडौँ, ८ असोज । अन्तर पार्टी महिला सञ्जालले मुलुकमा व्याप्त महिला हिंसा र बलात्कारका घटना अन्त्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top