Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पर्यटन प्रवद्र्धनको पहल

पर्यटन प्रवद्र्धनको पहल बागलुङ । पर्यटन प्रवद्र्धनको उद्देश्यले बागलुङ पर्यटन विकास समिति गठन भएको छ । समितिले तत्कालीन कार्ययोजना बनाएर काम थालेको छ । यसअघि जिल्लास्तरमा एकीकृत ढंगले पर्यटनको काम गर्ने संस्थाको अभाव थियो । पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका क्षेत्रमा समितिले काम गर्ने अध्यक्ष राजु खड्काले बताए। सरकारी संयन्त्रसँग सहकार्य गर्दै अघि बढ्ने योजना रहेको खड्काको भनाइ छ । शुरुमा जिल्लाभरका पर्यटकीय सम्पदाको यथार्थ विवरण संकलन गरिनेछ । “तत्कालै जिल्लाको पर्यटकीय सम्भावना झल्कने वृत्तचित्र बनाउने योजना छ”, उनले भने । पर्यटन गुरुयोजना निर्माण र बागलुङलाई पर्यटकीय जिल्लाका रुपमा घोषणा गर्न पनि समितिले पहल थाल्नेछ । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको बागलुङलाई पर्यटन बजारमा उजागर गरिने समितिका उपाध्यक्ष राज थापाले बताए । धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणमा सरकारको ध्यानाकर्षण गराइने उहाँको भनाइ छ । “सरकारी र निजी क्षेत्रको लगानीमा गर्न सकिने पर्यटन विकासका काममा पनि हामी समन्वय गर्छौं,” थापाले भने । समितिले जिल्लामा पहिचान बोकेका सांस्कृतिक पर्वको संरक्षण गर्न विशेष योजना बनाउने भएको छ । मेला, पर्वलाई व्यवस्थित र मौलिक स्वरुपमै सञ्चालन गर्न पहल गरिने थापा बताए । संघ, प्रदेश सरकार र जिल्लामा रहेका सबै स्थानीय तहसँग सहकार्य गरिनेछ । समितिको उपाध्यक्षमा थापासँगै शेरमान घर्ती, सचिवमा अर्जुन चोखाल, सहसचिवमा निलेश राजभण्डारी र कोषाध्यक्षमा मुकेश राजभण्डारी रहेको छ । सदस्यहरुमा दिल शिरीष, गण्डकी थापा, हिरा पुन, सुरज थापालगायत तथा लेखा समिति संयोजकमा विष्णु अधिकारी रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies