Khabar Dabali Logo
  July 5, Sun

थाल ठटाउँदै रामेछापका व्यवसायी सडकमा

रामेछाप । रामेछापका व्यवसायी र सर्वसाधारणले रित्ता थाल ठटाउँदै आइतबार मन्थली बजारमा सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि बीपी राजमार्गमा ठूला सवारी संचालनमा सरकारले रोक लगाएको छ । खाद्यान्न ओसारपसार गर्ने मालबाहक गाडी सञ्चालनमा प्रतिबन्ध लगाएपछि १२ दिनदेखि रामेछापमा खाद्यान्न लगाएतका सामाग्री ढुवानी हुन सकेको छैन ।

वर्षायामलाई ध्यानमा राखि व्यवसायीले यसअघि भण्डारण गरेको सामाग्री सकिएका छन् । तराईबाट पहाड जोड्ने एक मात्र राजमार्गमा सवारी सञ्चालन रोकेपछि व्यवसायीले गोदाममा सामाग्री थप गर्न सकेका छैनन् ।

मौज्दात गरेका सामाग्री सकिएको भन्दै जिल्लाका व्यवसायीहरुले आइतबार खान पाउने अधिकारको सुनिश्चिताको माग गर्दै रित्ता थाल ठटाएर प्रदर्शन गरेका हुन् । बजार बन्द गरी प्रदर्शनमा निस्कीएको व्यवसायी र सर्वसाधारणले मन्थली बजार परिक्रमा गरेका थिए ।

स्थानीय देवकोटा चोकमा भएको कोण सभामा व्यवसायीका अगुवाहरुले सर्वोच्चले आदेश नसच्चीए रामेछापबासी भोकभोकै मर्नुपर्ने बताए । जिल्लामा आवश्यक पर्ने करीब ७० प्रतिशत खाद्यान्न बीपी राजमार्ग हँदै भित्रिने गरेकोमा हाल उक्त मार्ग ठप्प हुँदा त्यसको असर जिल्लामा देखापरेको व्यवसायीहरुको भनाई छ ।

असार ३ गते, २०७५ - १६:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौ । उद्योग, पर्यटन, वन तथा वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने...   
नेपालमा कोरोनाबाट थप १ युवकको मृत्यु

नेपालमा कोरोनाबाट थप १ युवकको मृत्यु

बुटवल । नेपालमा कोरोना भाइरसबाट थप अर्का व्यक्तीको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका...   
नेकपा फुट उन्मुख : केन्द्रिय समितिदेखि सचिवालयसम्म यस्तो छ समिकरण

नेकपा फुट उन्मुख : केन्द्रिय समितिदेखि सचिवालयसम्म यस्तो छ समिकरण

काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आम मानिसलाई अनिश्टको आशंका गर्न वाध्य बनाए । अर्का...   

प्रधानमन्त्रीद्वारा संकटकालको घोषणा गर्न सक्ने संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई कित्ता राेज्न आग्रह गरेका छन् । शनिवार...   

गोरखामा अर्का कोरोना संक्रमितको मृत्यु

काठमाडौं । गोरखा जिल्लामा १ कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ का ४४ वर्षिय...   
बझाङमा पहिरो : १७ घर पुरिए, ७ वेपत्ता

बझाङमा पहिरो : १७ घर पुरिए, ७ वेपत्ता

बझाङ् । बझाङ्को केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा गएको पहिरोमा परि १७ घर पुरिएको छ भने ७ जना बेपत्ता...   

ओली –प्रचण्डबिच ३ घण्टा छलफल, बनेन सहमति

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ।दिउँसो...   
इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

लण्डन । कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको...   

विश्वमा कोरोनाको नयाँ रेकर्ड, झन भयावह बन्दै संक्रमण

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस अझै रोकिएको छैन । बिहिबार कोरोना भाइरस सङ्क्रमणको...   
यसरी झुक्याए ओलीले प्रचण्डलाई, बैठकमा आउनै मानेनन्

यसरी झुक्याए ओलीले प्रचण्डलाई, बैठकमा आउनै मानेनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top