Khabar Dabali Logo
  January 23, Thu

तीन हजारले स्नान गरें गोसाइँकुण्डमा

रसुवा । रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् ।

चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार गंगादशहरा र पुरुषोत्तम महिना परेका कारण जेठमा तीन हजारको हाराहारीमा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेका हुन् ।

समुद्री सतहदेखि १४ हजार फिटको उचाइमा अवस्थित पौराणिक एवं धार्मिक तीर्थ गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्नाले अञ्जानमा भएगरेका सबै पाप मोक्ष हुने, नयाँ जोस जाँगर बढ्ने तथा घर परिवारमा सुख शान्ति मिल्ने धार्मिक विश्वस रहेको पुरोहित टंकप्रसाद ढकालले बताए।

सो समयमा यस वर्ष काठमाडौं भक्तपुर, ललितपुर, झापा, पाँचथर, कास्की, धादिङ, चितवन, मकवानपुर, धनुषा, बारा, पर्सा नवलपरासी, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप लगायत मुलुकभरबाट भक्तजन आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।

मेला अवधिभर वर्षा र हिमपातको समस्या नआएको, खान बस्नलाई सहज भएको र मौसम सफा भएका कारण यात्रुलाई हिमाली प्रकृतिको छटा अवलोकन गर्न समेत अत्यन्तै सहज भएको तीर्थालुले बताएका छन् ।

रसुवा जिल्लाको उच्च भागमा अवस्थित गोसाइँकुण्ड जाने तीर्थालु धुन्चेबाट हिँडेपछि दुई दिन लगाएर तीर्थ पुग्ने गरेको र पहिलो रात चन्दनबारीमा बिताएपछि शरीरमा हिमाली हावापानी मिल्ने गई लौरोबिना उकालो हिँड्न अत्यन्तै सहज भएको यात्रु धर्मथापाले जानकारी दिए ।

गत जेठ २ गतेदेखि ३१ गतेसम्म पुरुषोत्तम मेला लागेको हुम्लामा आउने भन्दा फाटफुट आउने यात्रुलाई सेवा दिन सहज हुने होटल व्यवसायी सुब्बा लामाले बताए ।

त्यस्तै जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा यही भदौ १० गते लाग्ने मेलामा २० हजार भक्तजन आउने लक्ष्य राखिएको छ । उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न व्यवस्थापनका लागि धार्मिक मार्गका होटल व्यवसायी अग्रसर भइसकेको चन्दनबारीस्थित याक एण्ड नाक होटल सञ्चालक पासाङघ्युर्मी तामाङले बताए ।

असार २ गते, २०७५ - १३:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाकाले बाजी मारो

माघ ९ काठमान्डौ,राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाले बाजीमारेको छ । आज भएको मतदानमा...   

राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी

माघ ९ काठकमन्डौ, प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमाराधेश्यम पासवान विजय भएका...   

२० जना यात्रु सवार डु्ङ्गा पल्टिदा दश जना वेपत्ता

जाकार्ता । इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा...   

मुद्दाको सुनुवाई चलिरहेका बेला अदालतलाई छलेर भारततीर भागे सिद्धबाबा

विराटनगर । बलात्कार आरोपी सिद्धबाबा कृष्णबहादुर गिरी भारत भागेका छन् । उच्च अदालत विराटनगरमा आफू...   
अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् । कार्यालयलाई...   

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र...   
राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ । आज बिहान १०ः००...   
अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

मेक्सिको सिटी । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका...   

सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ

पोखरा । तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने...   
राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top