Khabar Dabali Logo
  May 30, Sat

परदेशी पापाको मन

भगवान!
तिमी संग जवाफ छ कि छैन ?
मेरो पापाको मन
हाम्रो निम्ति
किन यति निष्ठुरी बनेको होला ?
किन यति कठोर बनेको होला ?

मेरो पापाले
शहरको यो भिडमा
हामीलाई छाडेर
हामीलाई चटक्कै भुलेर
परदेशको रमझममा हराउनु भएको
धेरै वर्ष भयो,धेरै समय भयो।
मेरो मामूले पापालाई
धेरै माया गर्नु हुन्छ
म अनि सानो भाइ पनि पापालाई
माया गर्छौं,सम्झिरहन्छौं,मन भरी-भरी।

पापालाई सम्झनु-माया गर्नु
वहाको सन्तान भएर जन्मनु
पाप,अपराध हैन होला
यदि हैन भने भगवान!
मेरो पापाको मन
हाम्रो निम्ति
किन यति निष्ठुरी बनेको होला ?
किन यति कठोर बनेको होला ?

निष्ठुरी शहरमा
मेरो मामूलाई
घरबार चलाउन
धेरै मुस्किल पर्दैछ
स्कूलको फी नतिरेको धेरै भयो
घर भाडा नतिरेको पनि धेरै भयो
पापाको मायामा बग्ने मामूको आशु
पापाको यादमा दुख्ने मामूको मुटुको पीडा
सबै-सबै भनिदिनु ल भगवान
र सोधिदिनु होला
मेरो पापाको मन
हाम्रो निम्ति
किन यति निष्ठुरी बनेको होला ?
किन यति कठोर बनेको होला ?

परदेशले
मेरो पापालाई पनि लगिदियो
मेरो पापाको मनलाई पनि लगिदियो
यो शहरको भिडमा हामी एक्लो छौं
अभिभावक भएर पनि टुहुरो छौं
भगवान
जसरी भए पनि सोधी दिनु ल
मेरो पापाको मन
हाम्रो निम्ति
किन यति निष्ठुरी बनेको होला ?
किन यति कठोर बनेको होला ?

असार २ गते, २०७५ - १३:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहा । सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको विभिन्न...   
अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

New York City. Manhattan downtown skyline with illuminated Empire State Building and skyscrapers at sunset. जेम्स ल्यापोर्टा । संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा...   

सिमानामा क्वारेन्टिन निर्माण गर्न माग

जाजरकोट । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहँदा दिनहुँ बाहिर जिल्ला र विदेशबाट आउनेले प्रहरीलाई झस्काउने...   

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश भित्रिनेको चाप बढ्यो : तर क्वारेन्टिन बढेन

कञ्चनपुर । भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको...   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६६ हजार भन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८ पुगेको छ...   

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १८ वर्षीय भुवन बोहराको मृत्यु

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु...   

कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका...   

संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न...   

भारतमा अहिलेसम्मकै धेरै जनामा कोरोना सङ्क्रमण, पछिल्लो २४ घण्टामा ८ हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् ।...   

एमसीसी अनुमोदन गर्ने/नगर्ने जिम्मेवारी संसदको भएको नेकपाको निर्णय

काठमाडौं । एमसीसी अनुमोदन गर्नेरनगर्ने निर्णय संसदले गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top