Khabar Dabali Logo
  December 12, Thu

प्रदेश ३ को ३५ अर्ब ६१ करोडको बजेट सार्वजनिक

हेटाैंडा । प्रदेश नं. ३ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५र०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आव ०७५÷०७६ का लागि पूँजीगत खर्चतर्फ रु २१ अर्ब ७५ करोड २० लाख तथा चालूतर्फ रु १३ अर्ब ४६ करोड २० लाखको बजेट सार्वजनिक गरे ।

प्रदेश नं. ३ को १३ जिल्लालाई राष्ट्रिय गौरवको आयोजनाको निर्माण क्रममा सर्वे गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटकीयस्थल, उद्योगको विस्तार एवं प्रादेशिक लोकसेवा आयोगको स्थापना गर्ने विषयमा बजेटले जोड दिएको छ ।

बजेटले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण, पर्यटन प्रवद्र्धन र विकास, ऊर्जा र पूर्वाधार विकास, स्वास्थ्यमा सरल र सहज पहुँच, शिक्षाको गुणस्तर विकास, वन र वातावारण संरक्षण, शान्ति सुरक्षा, भ्रष्टचार नियन्त्रण र शासकीय सुधार, औद्योगिकीकरणको विकास र उत्पादकत्व वृद्धि, साझेदारी कार्यक्रम सञ्चालन, एकीकृत वस्ती विकासलाई प्राथमिकता दिइएको छ ।

यसैगरी बजेटले पोष्टबहादुर बोगटी–भिमफेदी कुलेखानी हँुदै काठमाडौँ जोड्ने सुरुङ्गमार्ग र हेटौंडा अस्पताललाई स्तरोन्नति, मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान र १३ जिल्लाको स्थानीय तह ११९ वटा निकायलाई पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ ।

यसैगरी मन्त्री ढुङ्गेलले प्रदेशसभाको वैठकमा बजेट प्रस्तुत गरिसकेपछि आजै साँझ पत्रकार भेटघाटमा प्रदेशको १३ वटा जिल्लामा आत्मनिर्भर हुने विभिन्न उद्योगहरु सञ्चालन गर्नुको साथै आन्तरिक राजश्व संकलनमा रु नौ अर्बबाट थप वृद्धि गर्नेतर्फ रणनीति योजना आगामी आव ०७६/७७ मा लक्ष्य पूरा गर्ने गरी अघि बढेको जानकारी दिए । रासस

असार २ गते, २०७५ - ००:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top