Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सञ्चारकर्मीका लागि विपद् व्यवस्थापन प्रशिक्षण

काभ्रे । प्राकृतिक विपद्को हिसाबले नेपाल उच्च जोखिममा रहे पनि त्यसबाट बच्न पूर्वतयारी र विपद्पछिको प्रतिकार्यमा निकै कमजोर रहेको विज्ञहरुको धारणा छ । गृह मन्त्रालय र एशियाली विपद् तयारी केन्द्र (एडिपिसी) द्वारा सञ्चारकर्मीहरुका लागि यहाँ आयोजित विपद् जोखिम व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षणका अवसरमा विकास प्रयास र विपद् जोखिम न्यूनीकरणबीच सन्तुलन कायम गर्नुपर्नेमा उनीहरुको जोड रहेको छ । कार्यशालामा गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले सबैखालका विपद्हरुका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय निकायको भूमिका किटानी भएकाले यसका पूर्ण कर्मचारीबाट विपद्पूर्व र विपद्पछिको कार्यमा निकै सहजता आउने विश्वास व्यक्त गरे । उनले ऐनमा उल्लेख भएबमोजिम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छिट्टै गठन गरिने तथा ऐनअनुसार नियमावली पनि ल्याउन लागिएको जानकारी दिए । एडिपिसीका कार्यक्रम प्रबन्धक मनबहादुर थापाले विपद् जोखिम न्यूनीकरणमा विकासको मूल प्रवाहीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै दिगो विकास लक्ष्य हासिल गर्न विपद् व्यवस्थापनमा ध्यान दिनुपर्ने, विकास र विपद्बीच सन्तुलन कायम गर्नुपर्ने धारणा राखे । उनले विपद्लाई विकाससँग मूल पर्वाहीकरण गर्न राष्ट्रिय भवनसंहिता लागू, जिल्ला विपद् व्यवस्थापन योजना तर्जुमा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू, आवधिक योजनामा विशेष व्यवस्था हुनाका साथै विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको उल्लेख गरे । गृहमन्त्रालयका उपसचिव उमेशकुमार ढकालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विद्यमान कानून तथा संरचनात्मक व्यवस्थाका बारेमा प्रकाश पारे । तालीमको सहजीकरण गर्दै एडिपिसीका सञ्चार प्रबन्धक विद्या रानाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेकाले उनीहरुको क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको बताए । तीन दिनसम्म सञ्चालन गरिएको प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यमका ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies