/  Wed, December 12, 2018

बजेट निर्माणका लागि विज्ञसंँग छलफल शुरु

चितवन । भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ ।

अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदैछ । आउँदो आवबाट बजेट पनि सोही अनुरुप निर्माण गर्न विज्ञको रायसुझाव लिने काम भइरहेको छ ।

महानगरले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, शहरी पूर्वाधारविद् डा सूर्यराज आचार्य र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. सुनिलबाबु श्रेष्ठलाई विज्ञका रुपमा बोलाएर सुझाव लिइरहेको महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिए ।

“गुरुयोजना अनुरुपको बजेट निर्माण गर्न विज्ञसँग सुझाव लिइँदैछ,” उनले भने । न्यून बजेटमा दीर्घकालीन र महत्वपूर्ण योजना सम्पन्न गर्नेगरी योजना छनोट गर्ने काम भइरहेको उनको भनाइ छ । सबै हिसाबले उत्कृष्ट महानगर भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी बजेट निर्माणमा ध्यान दिन विज्ञको सहयोग लिन थालेको दाहाल बताउछन् ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले महानगरलाई शहरी, मिश्रित र ग्रामीण गरी तीन भागमा विभाजन गरेर नमूना विकासका लागि बजेट निर्माण गर्न विज्ञको सुझाव लिने काम भइरहेकोे बताए । महानगरले २९ वटा वडामध्ये २८ वटामा भेला गरी रायसुझाव लिइसकेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले चालु आवकोे बजेट रु तीन अर्ब ५० लाख हाराहारी हुने बताए । उनका अनुसार सुशासन र सेवा प्रवाह, सामाजिक विकास, पूर्वाधार क्षेत्र, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको छ । समितिले विज्ञसँग बजेटका लागि छलफल गरिरहेको छ । महानगरले विधेयक समिति निर्माण गरेको छ ।

महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले स्थानीयस्तरका बुद्धिजीवी, विषयगत विज्ञ र सरोकारवालासँग समेत छलफल गरिरहेको बताए ।

जेठ ३० गते, २०७५ - १२:३८ मा प्रकाशित
निर्वाचनमा पराजित भएपछि प्रधानमन्त्री मोदीले गरे यस्तो ट्विट

निर्वाचनमा पराजित भएपछि प्रधानमन्त्री मोदीले गरे यस्तो ट्विट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक...   

ह्वावेकी कार्यकारीको मुद्दामा ट्रम्पले हस्तक्षेप गर्ने यस्तो संकेत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय...   
आइएमई लाइफ र एनआइसि बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफ र एनआइसि बैंकबीच बैंक अस्योरेन्स सम्झौता

मङ्सिर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता...   

किशोरीलार्इ जबर्जस्ती करणीको आरोपमा मिलन पक्राउ

अछाम। महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी...   

घरमा सुतेकै अवस्थामा गाउँपालिका अध्यक्षमाथि कुटपिट

रुकुम । मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि...   

भीरबाट लडेर खानेपानी कर्मचारीको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको...   

ह्वावेकी वित्तीय कार्यकारीलाई धरौटीमा छोड्न आदेश

क्यानाडाको एक अदालतले चिनियाँ टेलिकम फर्म ह्वावेइकी प्रमुख वित्तीय कार्यकारी मङ्ग वान्जूलाई धरौटीमा...   

राष्ट्रपति भण्डारीद्वारा विवाह पञ्चमीको शुभकामना

काठमाडौँ। राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह...   

गौशालामा मध्यराती चौधरीको हत्या

गौशाला।महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको...   

शेयर बजार ह्वात्तै घट्यो

काठमाडौँ। आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top