Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विश्वकपमा आयातित टिम

क्यासब्लान्का, मोरक्को-मिडफिल्डर सफयान अम्रबाटसँग कुरा गर्नु अगाडि नै रुड गुलिट लगभग निश्चित भइसकेका थिए, उनलाई फकाउन सकिने छैन । यी २१ वर्षीय अम्रबाट निकै राम्रा प्रतिभा हुन्  । उनले चाहेको भए, सजिलै नेदरल्यान्ड्सका लागि खेल्न सक्थे । आखिरमा उनी एमस्टर्डम नजिकको गाउँ हुइजेनमा जन्मेका हुन्  । उनले आफ्नो पूरा जीवन नेदरल्यान्ड्समै बिताए । यहाँ नै उनले फुटबल खेल्न पनि सिके । उनीसामु दुई विकल्प तयार थियो । नेदरल्यान्ड्सका लागि खेल्ने वा मोरक्कोका लागि ? यो उत्तर अफ्रिकी देश उनका बुवा र बाजे जन्मेको देश हो । ‘परिवारले उनलाई मोरक्कोबाट खेल्न तयार पार्‍यो,’ गुलिट भन्छन्, ‘यस्तोमा उनीसामु अर्को विकल्प रहेन ।’ अम्रबाटसँगै मोरक्कोको टिममा नेदरल्यान्ड्समा जन्मेका पाँच खेलाडी छन् अनि विश्वकप खेल्न लागेको यो टिमका कप्तान नै फ्रान्समा जन्मेका हुन्, इटालीमा खेल्छन् । यस्तै टिमका एक डिफेन्डर स्पेनबाट छन्, जसले रियल म्याड्रिडमा फुटबल सिके । खासमा मोरक्कोको टिम २० वर्षयता विश्वकपमा फर्केको छ । रमाइलो के भने मोरक्कोको पूरा जस्तै टिमका खेलाडी विदेशमा जन्मेका हुन् । यिनीहरूले फुटबल पनि युरोपका विभिन्न विदेशी क्लब र एफएका एकेडेमीमा सिकेका हुन् । मोरक्कोले विश्वकप खेल्ने टिम घोषणा गर्दा २३ मध्ये १७ विदेशमा जन्मेका खेलाडी छन् । सके यो संख्या अझ बढ्नसक्ने थियो । युवा आक्रामक खेलाडी मिमोउन माही यसपल्ट विश्वकप टिममा परेनन् । तर उनी जस्ता सयौं वा हजारौं फुटबल खेलाडी धेरै टाढा विदेशमा जन्मिरहेका छन्, हुर्किरहेका छन्, जसलाई मोरक्कोका लागि खेल्दा खुसी हुन्छ । यी माही डच क्लब ग्रोनिनगेनबाट खेल्छन् । केही समयअघि उनले मालीविरुद्ध मोरक्कोका लागि खेल्दै गोल गरे । त्यतिबेला उनको खुसी हेरिनसक्नु थियो । त्यो खेलमा मोरक्को ६–० ले विजयी रह्यो । तीन दशकअघि माहीको परिवारले युरोपका लागि मोरक्को छाडेका थिए । अहिले यिनै नयाँ पुस्ताका खेलाडीले आफ्नो आमाबुवा जन्मेको देशका लागि गोल गर्दा खुसीले आँसु रोक्न सक्दैनन् । ‘आफ्ना छोराहरूले मोरक्कोका लागि खेल्दा आमाबुवा पनि उत्तिकै खुसी हुन्छन्,’ माहीले सुनाए । संयोग कस्तो भने मालीविरुद्धका सबै गोल तिनै खेलाडीले गरेका थिए, जसको जन्म युरोपमा भएको थियो, मोरक्कोमा होइन । खासमा मोरक्कोको सफल विश्वकप छनोट यात्राले देखाउँछ, कसरी देशहरू परिवर्तन भइरहेका छन् । पूरा विश्वकप कसरी ‘डायास्पोरा’ मा परिवर्तन भएको छ । सन् १९९८ मा मोरक्कोले अन्तिमपल्ट विश्वकप खेलेको थियो । त्यति बेला टिमका दुई खेलाडीमात्र विदेशमा जन्मेका थिए । अहिले यो संख्या १७ पुगेको छ । सन् २०१४ मा मोरक्कोले विदेशमा जन्मेका खेलाडीलाई पनि खेलाउने नियम ल्याएको हो, छिमेकी अल्जेरियाको सिको गर्दै । अल्जेरियाले त्यति बेला फ्रान्समा जन्मेका खेलाडीमा टिकेर विश्वकपको दोस्रो चरणसम्म यात्रा तय गरेको थियो । मोरक्कोको यो विश्वकप यात्राको दोस्रो रूप पनि छ । यो हो, कसरी युरोपमा जन्मेका खेलाडीले राष्ट्रिय भावनामा बगेर आफ्ना आमाबुवाको देशलाई राजेका छन् । मोरक्कोका अधिकांस खेलाडीको जन्म नेदरल्यान्ड्स वा फ्रान्समा भएको छ । केही बेल्जियम, जर्मनी र स्पेनका पनि छन् । वास्तवमा भन्ने हो भने मोरक्कोमात्र त्यस्तो टिम होइन, जसले विदेशमा जन्मेका खेलाडीको मात्र भर परेको छ । ट्युनिसियासँगै पोर्चुगल, स्विट्जरल्यान्ड र अझ रुसले पनि विदेशमा जन्मेका खेलाडीलाई टिममा राखेका छन् । तर यी टिम मोरक्कोजत्तिको भने छैन, विदेशमा जन्मेका खेलाडीको मामिलामा । यस्तोमा मोरक्कोका फ्रान्सेली प्रशिक्षक हार्भे रेनार्ड भन्छन्, ‘फुटबलमा मुख्य आवश्यकता टिमभावना हो । योबिना केही पनि सम्भव छैन ।’ मोरक्कोको टप–स्कोरर हाकिम जिएच मध्य–नेदरल्यान्ड्समा जन्मेका हुन् । सुरुमा उनले आफू जन्मेकै देशका लागि खेल्ने बताएका थिए । उनी भन्थे, ‘नेदरल्यान्ड्सले नियमित रूपमा ठू–ठूला प्रतियोगिता खेल्ने गर्छन् ।’ तर डच टिम सन् २०१६ को युरोमा छनोट हुन असफल रहेपछि उनले पनि मन फेरे । माहीले त उमेर समूहमा नेदरल्यान्ड्सकै टिमबाट खेले । पछि आफ्ना बुवाको सपना पूरा गर्ने भन्दै उनले मोरक्कोबाट खेल्ने निर्णय गरे । एक व्यावसायिक खेलाडीका लागि युरोपमा क्लब फुटबल खेलेर अफ्रिकी देशका लागि खेल्न सजिलो भने हुन्न । प्रत्येक दुई वर्षमा हुने अफ्रिकी कप अफ नेसन्सले पनि खेलाडीलाई अप्ठ्यारोमा पार्न सक्छ । तर केही खेलाडीका लागि आफ्नो देश र त्यसप्रतिको भावनाले पनि धेरै महत्त्व राख्ने गर्छ । त्यसमाथि पछिल्लो समय केही युरोपेली देशमा आप्रवासीप्रति अनुदार राजनीतिक पार्टी अगाडि आउन थालेका छन् । त्यो पनि विशेषत: नेदरल्यान्ड्समै । न्युयोर्क टाइम्स
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies