/  Mon, June 25, 2018

विश्वकप फाइनलमा एकमात्रै ह्याट्रिक गर्ने खेलाडी को हुन ?

विश्वकप फुटबलको इतिहासमा हालसम्म एकजना खेलाडीले मात्र फाइनल खेलमा ह्याट्रिक गरेका छन् । सन् १९६६ को विश्वकपको फाइनलमा इङ्ल्यान्डका खेलाडी जेफरी हस्र्टले ह्याट्रिक गरेका थिए । उक्त विश्वकपको फाइनलमा इङ्ल्यान्डले अतिरिक्त समयमा तत्कालीन पश्चिम जर्मनीलाई ४-२ गोलले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो ।

उक्त विश्वकपको फाइनल निकै रोमाञ्चक थियो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णयका लागि अतिरिक्त समय थप गरिएको थियो। त्यसपछि जेफरीले १०१ र १२० मिनेटमा लगातार दुई गोल गर्दै इङ्ल्यान्डलाई विजयी बनाएका थिए । त्यसअघि उनले निर्धारित समयको १८औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए ।

उक्त विश्वकपमा जेफरीले कुल चार गोल गरेका थिए । अर्को एक गोल भने उनले क्वार्टरफाइनल खेलमा गरेका थिए । उनले क्वार्टरफाइनल खेलको ७८औं मिनेटमा गोल गरेपछि इङ्ल्यान्ड बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई १-० ले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सन् १९६६ देखि सन् १९७२ को बीचमा इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ४९ खेल खेल्दै २४ गोल गरेका जेफरी हाल ७६ वर्षका भए ।

जेफरीले इङ्ल्यान्डका लागि सन् १९७० को विश्वकपमा पनि एक गोल गरेका थिए । उनले वेस्टहाम युनाइटेड, स्टोक सिटी, वेस्ट ब्रोमविचलगायतका क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि उनले लामो समय प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका थिए । एजेन्सी

जेठ २९ गते, २०७५ - १४:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय सरकारले ल्यायो बालविवाह रोक्ने अभियान

स्थानीय सरकारले ल्यायो बालविवाह रोक्ने अभियान

जाजरकोट। बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने...   

पर्यटकीय बसपार्क कान्तिपथबाट सर्याे

काठमाडौँ। तीन दशकदेखि कान्तिपथ सडकलाई पर्यटकीय बसपार्कका रूपमा प्रयोग गर्दै आएका बस अब त्यहाँबाट...   

सुखीपुर नगपालिकाको ४४ करोड बजेट पारित

लहान। सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु ४४ करोड ६ लाख भन्दा बढीको बजेट पारित...   

मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको...   

एक वर्षभित्र तातोपानी नाका खुल्ने

काठमाडौँ। ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी खासा नाका आगामी...   

क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गरेको आरोपमा...   

प्रदेश नं ४ को नाम रोजाइमा चार वटा, तमुवान मगरात भने धर्नामा

पोखरा। प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो । प्रतिवेदनमा...   
एसईईः कुन ग्रेड ल्याउनेले के विषय पढ्न पाउँछन् ?

एसईईः कुन ग्रेड ल्याउनेले के विषय पढ्न पाउँछन् ?

काठमाडौँ । अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषय पढ्न चाहनेले न्यूनतम जीपीए २ अर्थात ‘सी’ ग्रेड...   
ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः महामन्त्री बर्तौला

ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः महामन्त्री बर्तौला

काठमाडौं । टुटफुटबाट कमजोर बनेको राप्रपाका सबै समुह ढिलोचाँडो एकै ठाउँमा आउने राप्रपाका सहायक महामन्त्री...   
स्थानीय तहको काममा, छायाँ सरकारको अनुगमन

स्थानीय तहको काममा, छायाँ सरकारको अनुगमन

रुकुम । स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली काँग्रेसको छायाँ सरकारले अनुगमन गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top