/  Mon, September 24, 2018

अब नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने

रोल्पा । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।

अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् ।

रोल्पाको सुकिदह गाउँपालिकाको एक वडाले सबै घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा भएको दाबीसहित सार्वजनिक कार्यक्रममार्फत घोषणासमेत गरिसकेको छ भने उत्तरी रोल्पाको एक वडाले नङ नकाटेर भत्ता बुझ्न आउने सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ ।

थवाङ गाउँपालिका–३, मिरुलले यस्तो अभियानको थालनी गरेको हो । पूर्ण सरसफाइ अभियानलाई टेवा पु¥याउने उद्देश्यले वडाले यस्तो अभियान चालेको बताएको छ । पूर्ण सरसफाइका लागि व्यक्तिगत सरसफाइ पहिलो खुड्किलो भएकाले सामाजिक सुरक्षा भत्ता बुझ्ने सरसफाइमा संवेदनशील होउन् भन्ने उद्देश्यले यस्तो कार्यको थालनी गरेका हौँ, वडाध्यक्ष भीमबहादुर रोकाले भने ।

जनताको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउँदै नागरिकलाई समेत कर्तव्यप्रति जिम्मेवार बनाउन यस्तो अभियान थालेको रोकाले बताउनुभयो । वडामा पूर्ण सरसफाइ अभियान चलिरहेको भएपनि पूर्ण सरसफाइसम्बन्धी व्यवहार परिवर्तनको अवस्था निकै कमजोर रहेकाले यस्तो कामको थालनी गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

वडा कार्यालयमा सेवा लिन आउने सबै सेवाग्राहीलाई व्यक्तिगत सरसफाइका लागि उत्प्रेरित गरिरहेका छौँ, वडासचिव चन्द्रज्योति सुवेदीले भने । साबुन पानीले हात धुने, कपाल कोर्ने, नङ काट्ने, शुद्धीकरण गरिएको पानी मात्र प्रयोग गर्ने कुरामा सेवाग्राहीलाई उत्प्रेरित गर्दै आएको सुवेदीले जानकारी दिए ।

सन् २०२१ भित्र वडालाई पूर्ण सरसफाइ उन्मुख वडा बनाउने लक्ष्य लिएका कारण अहिलेदेखि नै व्यवहार परिवर्तनमा जोड दिइरहेको सुवेदीले जानकारी दिए ।

सन् २०२२ भित्र जिल्लालाई पूर्णसरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएकाले स्थानीय तहसमेत सक्रिय हुन थालेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेले बताए। १० स्थानीय तहमा ७२ वडा रहेको रोल्पामा हालसम्म एक वडा मात्रै पूर्ण सरसफाइ उन्मुख घोषणा भएको न्यौपानेले जानकारी दिए ।

अभियान सफल पार्न सबै स्थानीय तहले सक्रियता देखाएका कारण तोकिएकै समयमा जिल्ला पूर्णसरसफाइ उन्मुख हुनेमा आफू आशावादी रहेको न्यौपानेको भनाइ छ ।

जेठ २९ गते, २०७५ - १०:२९ मा प्रकाशित
आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति

आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौँ। नेपाल स्रष्टा समाजको ११ औँ साधारणसभाले विधान आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति...   
नेपाल राष्ट्र बैंकद्वारा दुई प्रतिवेदन सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा दुई प्रतिवेदन सार्वजनिक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले थोक मूल्य सर्वेक्षण तथा सङ्घीय संरचनामा लघुविद्युत् सेवाको पहुँच...   
बेनी गाउँमा विद्रोहीको आक्रमण, १६ जनाको मृत्यु

बेनी गाउँमा विद्रोहीको आक्रमण, १६ जनाको मृत्यु

बेनी। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति...   

नदीमा नुहाउँन गएका भारतीय नागरिक ढिस्कोले पुरेर बेपत्ता

धादिङ। बूढीगण्डकी नदीमा नुहाउन गएका एक भारतीय नागरिक आज बेपत्ता भएका छन् । उत्तरी धादिङको त्रिपुरासुन्दरी...   

शेयर बजार सामान्य अङ्कले सुधार

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...   
साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा जोड

साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा जोड

लमही। साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम...   

पत्रकार राहत कोष स्थापना

इलाम। नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले...   

सिन्धुपाल्चोकको इन्द्रावतीद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

मेलम्ची। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र...   

पेट्रोलको मूल्य बढेको बढ्यै, प्रतिलिटर कति पुग्यो ?

नयाँ दिल्ली। पेट्रोलको दाम प्रति लिटर एक सय ४४ रुपैयाँ १ सुनेर अचम्म लाग्न सक्छ तर यो मूल्य नेपालको...   

नुहाउँन जाँदा खोलाले बगाएर दुर्इजनाको मृत्यु

काठमाडौं। मोरङ र लमजुङमा खोलाले बगाउँदा शनिबार २ जनाको मृत्यु भएको छ । मोरङ बिराटनगर महानगरपालिका-१३...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top