Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बोयर जातका बाख्राबाट मनग्य आम्दानी

\"\"म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न  अस्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएका रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्ने उद्देश्यलेअस्ट्रेलियाबाट दुईवटा पाठी र दुईवटा बोयर जातका बोका ल्याएको हो । “बोयर जातका बाख्रा खरिद गर्न रु नौ लाख खर्च भएको छ,” उनले भने । थोरै समयमा धेरै तौल बढ्ने उक्त जातको बाख्रापालनका लागि ल्याइएका बोका र पाठीबाट शुद्ध बोयर बाख्रा उत्पादन गरिनेछ । उनले यसअघि धार्के र सुर्खेतबाट ल्याइएका बोयरबाट स्थानीय जातमा क्रस गरी नश्ल सुधार गर्दै आएको छ । “पचासदेखि ७५ प्रतिशतसम्म बोयरको नश्ल सुधार हुने गथ्र्यो, अब शतप्रतिशत बोयर उत्पादन हुन्छ” रिजालले भने । अहिले क्रस गरी उत्पादन भएका बोयर बोका प्रतिकिलो रु दुई हजारभन्दा बढी मूल्यमा बिक्र हुने गरेको छ । शतप्रतिशत शुद्ध बोयर बाख्राको मूल्य प्रतिकिलो चार हजारभन्दा बढी पर्छ । छिटो तौल बढ्ने र आम्दानी पर्याप्त हुने भएपछि पछिल्लो समय कृषक बोयर बाख्रापालनतर्फ आकर्षित भएका छन् । जागिर त्यागेर गाउँमै बाख्रापालन गरेका  रिजालले शुरुवातमा नौवटा बाख्राबाट व्यवसाय शुरु गरेएको हो । उनले सञ्चालन गरेका  धौलागिरि व्यावसायिक बाख्रा फार्ममा अहिले स्थानीय, बोयर र क्रस बोयर जातका गरी ४३ वटा बाख्रा रहेका छन् । वार्षिकरुपमा रु चार लाखभन्दा बढीका बाख्रा बिक्री गर्दै आएका रिजालले आगामी दिनमा शुद्ध बोयर जातका बाख्रापालन गर्ने लक्ष्य लिएको छ । सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोभन्दा बढीको हुने गर्छ । कृषकले एउटै बोकालाई ६० किलोभन्दा बढी तौलसम्म बनाएर बिक्री गर्दै आएका छन् । खसीबोका र माउ बाख्राको माग बढेसँगै फार्ममा लगानीसमेत बढाउँदै लगेको रिजाल बताउछन् रिजालले हालसम्म माउ बाख्रा खरिद, खोर निर्माणलगायतमा गरी रु २० लाखभन्दा बढी लगानी गरेको छ । बाख्रापालनका लागि उनले करीब ३० रोपनी जग्गामा जिल्ला वन कार्यालयको सहयोगमा रायोखन्यु, दुधेलो, किम्बु, टाँकी, निमारोलगायतका घाँसखेती गरेकोको छ । उनलाई जिल्ला पशु सेवा कार्यालयले समेत भुइँघाँससहित आवश्यक प्राविधिक सहयोग गर्दै आएको छ । बोयर जातको बाख्राको छिटो शारीरिक वृद्धि, तौल बढी, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी भएको र स्थानीय हावापानी अनुकूल भएकाले नेपालमा बोयर जातका बाख्रापालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies