Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

विश्वकप २०१८: तपाइँले जान्नुपर्ने यी ७ बिषय

के जर्मनी पेनाल्टीमा साँच्चै बलियो छ ? घरेलु मैदानको फाइदा कति हुन्छ ? अनि विश्वकपमा मेक्सिकोका कुन रक्षापङ्क्तिका खेलाडी र क्रिस्टियानो रोनाल्डोले गरेका गोलको सङ्ख्या बराबर छ  ? विश्वकप नजिकिँदै गर्दा हामीले यस्ता जिज्ञासाहरूको उत्तर दिएका छौँ ।

विश्वकप क-कसले जितेका छन् ? विश्वकप विजेताको सूचीमा ब्राजिल शीर्ष स्थानमा छ। उसले पाँच चोटि विश्वकप जितेको छ । अन्तिम पटक उसले सन् २००२ मा विश्वकप जितेको थियो । सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजना गरेको थियो । तर सेमीफाइनलमा ७-१ गोलको ठूलो अन्तरले हार बेहोर्‍यो । \"\" युरोपेली र दक्षिण अमेरिकी देशबाहेक अरूले अहिलेसम्म विश्वकप जितेका छैनन् । जर्मनी, स्पेन र इटलीले पछिल्ला तीन प्रतियोगिता जितेपछि युरोपेली देशको पोल्टामा विश्वकप ११ चोटि र दक्षिण अमेरिकाको पोल्टामा जम्मा नौ चोटि पुगेको छ । २. कसले सर्वाधिक गोल गरेका छन् ? \"\" जर्मनीका मिरोस्लाभ क्लोज सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । उनले विश्वकपमा १६ गोल गरेका छन् । सन् २०१६ मा खेलबाट सन्यास लिएको भए पनि उनी यसपालि जर्मनीको टोलीमा कर्मचारीको भूमिका लिएर रुस जाँदैछन् । कुल १५ गोल गरेका ब्राजिलका रोनाल्डो दोस्रो स्थानमा छन्। उनले ब्राजिलले विश्वकप जितेको सन् २००२ का खेलहरूमा आठ गोल हानेका थिए । एउटै प्रतियोगितामा सर्वाधिक गोल गरेको कीर्तिमान भने फ्रान्सका जुस्ट फोँतेनले राखेका छन् । उनले सन् १९५८ को विश्वकपका ६ खेलमा १३ गोल गरेका हुन् । अहिले खेल्दै गरेका खेलाडीले कति गोल गरेका छन्? \"\" दश वा सोभन्दा बढी गोल गरेका खेलाडीमध्ये जर्मनीका मिड्फिल्डर थोमस म्युलर मात्र खेलाडीका रूपमा यो विश्वकपमा सहभागी हुँदैछन् । क्लोजको कीर्तिमानको बराबरी गर्न म्युलरले एउटै प्रतियोगितामा पाँच गोल गरेको आफ्नै कीर्तिमान भङ्ग गर्नुपर्नेछ । गत विश्वकपमा कोलम्बियाका अग्रपङ्क्तिका खेलाडी हामेस रोद्रिगेसले गोल्डन बूट जितेका थिए । यसपालि पनि उस्तै प्रदर्शन गर्नसके सर्वोत्कृष्ट खेलाडीको रूपमा उनले आफूलाई प्रमाणित गर्नेछन् । गोलकर्ताको सूचीमा भएका एक मात्र डिफेन्डर मेक्सिकोका राफाएल मार्केस हुन् । यी ३९ वर्षीय खेलाडी पाँचौँ पटक विश्वकपमा सहभागी हुँदैछन् । उनले र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले तीन, तीन गोल गरेका छन् । . विगतमा जस्तो टोलीहरूले गोलपोस्टमा धेरै प्रहार गर्न छाडे \"\" कम्तीमा सन् १९६६ देखि यता - जबदेखि फुटबल विज्ञ ओप्टाले यसको आँकडा राख्न थाल्यो - आयोजित विश्वकपहरूको तुलना गर्दा गत विश्वकपमा सबभन्दा थोरै गोलपोस्ट लक्षित प्रहार भए । तर त्यति हुँदाहुँदै पनि सन् २०१४ को प्रत्येक खेलमा औसत २.७ गोल भएका छन्, जुन सन् १९८२ को स्पेनमा भएको विश्वकपयताकै उच्च हो । रेन्जबाट प्रहार गरिएका बलको सङ्ख्या घट्दो देखिन्छ । एउटा राम्रो उदाहरण चाहिँ गत विश्वकपको फाइनल खेल र ओप्टाले आँकडा राखेको सन् १९६६ को खेल जसमा इङ्ग्ल्यान्ड विजयी भएको थियो । सन् १९६६ मा बक्सबाट भन्दा बाहिरबाट दोब्बर संख्यामा पोस्टमा बल प्रहार गरिएको थिए । तर सन् २०१४ को फाइनल खेलमा गरिएका २० प्रहारमध्ये अधिकांश पेनाल्टी एरियाभित्रबाट भए । इङ्ग्ल्याण्ड पछि पर्ला तर प्रेमियर लिग अझै सबभन्दा माथि छ \"\" सन् १९६६ मा विश्वकप जितेपश्चात् इङ्ग्ल्यान्ड केवल एक पटक क्वार्टर फाइनलभन्दा माथि पुग्न सकेको छ । तर विभिन्न देशका राष्ट्रिय टोलीहरू इङ्ग्लिश प्रेमियर लिगमा खेल्ने खेलाडीहरूले नै भरिएका छन् । सो लिगका स्टार खेलाडीहरू लेरोय सेन, मार्कस अलोन्सो र डेभिड लुइज आफ्नो देशका राष्ट्रिय टोलीमा पर्न सकेनन् । तर कुनै पनि अन्य लिगभन्दा प्रेमियर लिगले नै धेरै खेलाडी दिएको देखिन्छ । इङ्ग्ल्यान्डका उच्च तीन लिगका विभिन्न क्लबमा अनुबन्धित १३० जना खेलाडीहरू विश्वकपमा छानिएका विभिन्न टोलीमा परेका छन् । जबकी स्पेनी क्लबका ८१ र जर्मन क्लबका ६७ खेलाडी त्यसरी खेल्दैछन् । उरुग्वे, पनामा, सउदी अरब र रुस मात्र ती देश हुन् जसको टोलीमा इङ्ग्ल्यान्डका कुनै क्लबबाट खेल्ने खेलाडी परेका छैनन् । इङ्ग्ल्यान्डको टोलीका सबै २३ जना खेलाडी उही लिगमा खेल्छन् । अर्कोतिर स्वीडन र सेनेगलका टोलीमा भने ती देशका घरेलु लिगमा खेल्ने एउटा पनि खेलाडी परेका छैनन् । .आयोजक देशले कस्तो गर्ला ? \"\" ब्राजिलले दुई पटक विश्वकप आयोजना गर्दा कस्तो परिणाम आएको थियो त्यो ब्राजिलमा कसैलाई पनि सम्झाइराख्नु पर्दैन । सन् १९५० मा सानो छिमेकी उरुग्वेसँग बेहोरेको पराजय अनि सन् २०१४ मा जर्मनीसँग ७-१ ले भएको हार राष्ट्रिय लज्जाका विषय बने । तर अधिकांश अन्य देशले घरेलु समर्थन पाउँदा राम्रो प्रदर्शन गर्ने गर्छन् । रुस त्यही आशामा छ । उसले आफ्नो समूहमा रहेका उरुग्वे, इजिप्ट र सउदी अरबलाई उछिनेर दोस्रो चरणमा जाने आशा राखेको छ । त्यसो भयो भने दक्षिण अफ्रिकामात्र त्यस्तो देश हुनेछ जसले आफ्नै भूमिमा आयोजित विश्वकप प्रतियोगितामा पहिलो चरणबाटै बाहिरिनु पर्‍यो । पेनाल्टीबाट नतिजा \"\" पेनाल्टी प्रहारको विवरण भएन भने विश्वकपबारे तयार पारिने सामग्री अपूर्णजस्तै मानिन्छन् । विश्वकपमा आजसम्म एक जर्मन खेलाडीले मात्रै पेनाल्टी खेर फालेका छन् । तर जर्मन टोलीले पेनाल्टी प्रहारको अवसर पाएका चारवटै खेल जितेको छ । सन् १९८२ देखि उसले पेनाल्टी प्रहारबाट १५ गोल गरेको छ । विश्वकपको इतिहासमा पेनाल्टी प्रहारबाट राम्रो परिणाम ल्याउन नसक्ने टोली इङ्ग्यान्ड हो । तीन चोटि पेनाल्टीबाट खेलको छिनोफानो हुँदा उसले कुनैमा पनि जित्न सकेन । पेनाल्टी प्रहारमा पराजय भोगेर इटली तीन चोटि विश्वकपबाट बाहिरिएको छ । सन् १९९४ मा ब्राजिलविरुद्धको फाइनलमा त्यति बेलाका चर्चित खेलाडी रोबर्टो बाजियोले पेनाल्टी प्रहार गर्दा बल गोलपोस्टमाथिबाट अकासिएको थियो । तर सन् २००६ मा फ्रान्सलाई पेनाल्टी प्रहारबाटै हराएर विश्वकप जित्दा इटलीले पेनाल्टीप्रतिको आफ्नो तितो अनुभव केही साम्य पारेको हुनुपर्छ । घरेलु मैदानमा आयोजक देशलाई बढी लाभ भएको देखिन्छ\' शीर्षकको चित्र बनाउन फिफाले उपलब्ध गराएको तथ्याङ्क प्रयोग गरिएको छ । त्यसमा यदि पेनाल्टीमार्फत् परिणाम आएको छ भने नकआउट चरणका त्यस्ता खेललाई बराबरी मानिएको छ। तर अतिरिक्त समयमा खेलको छिनोफानो भएको छ भने त्यसलाई हार वा जित मानिएको छ । \'घरेलु प्रतिभा\' शीर्षकको चित्रमा हामीले घरेलु क्लबमा खेल्ने धेरै खेलाडी भएका ११ देशलाई राखेका छौँ। खेलाडीहरू आबद्ध क्लबको तथ्याङ्क पनि फिफाको आधिकारिक सामग्रीबाट लिइएको हो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies