Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

अन्तर्राष्ट्रिय रंगशालाका लागि जग्गा छनोट

भक्तपुर । सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । एक हजारदेखि पन्ध्र सय रोपनी क्षेत्रफलको जमिनमा यो रंगशाला निर्माणका लागि जग्गा छनोट गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य, पूर्व उद्योगमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको पहलमा जिल्लाका प्रदेशसभा सदस्य, सरोकारवाला र युवा तथा खेलकूद मन्त्रालय, भूमि सुधार मन्त्रालय, शहरी विकास मन्त्रालयका उच्चस्तरीय प्रतिनिधिबीच पटक/पटक भएको छलफल एवं जग्गा अनुमगनपछि सरकारले रंगशाला निर्माण क्षेत्रको पहिचान गरी कार्य अगाडि बढाएको हो । सूर्यविनायक नगरपालिका– १० नं वडाको पलाँसे र चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीको जग्गामा रंगशाला निर्माणको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त तथा जग्गा पहिचान, अध्ययन तथा छनौट कार्यदलका सहसंयोजक नवराज प्याकुरेलले जानकारी दिए । जेठ मसान्तभित्रमा कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउने बताउँदै प्याकुरेलले सूर्यविनायक र चाँगुनारायणका पाँचवटा वडालाई नयाँ नगर योजना (इशान) कार्यक्रम अन्तर्गत विकास गर्ने गरी सार्वजनिक जग्गाको पहिचान गरिएको जानकारी दिए । उनका अनुसार रंगशाखा निर्माण गरिने जग्गा अधिकरण गरिने र अधिकरण गरिएको जग्गाका जग्गाधनीलाई नयाँ नगरयोजना अन्तर्गत व्यवस्थित आवास र जग्गामा स्थानान्तरण गरिने छ । रंगशाला निर्माणका लागि नयाँ नगर योजना अन्तर्गत चाँगुनारायणको वडा नं ८ र ९ तथा सूर्यविनायक नगरपालिका–८, ९ र १० लाई छनौट गरिएको छ । सोही क्षेत्रमा रहेका सार्वजनिक जग्गालाई व्यवस्थित जग्गा र आवासको रुपमा विकास गरी अधिकरण गरिएका जग्गाका जग्गाधनीलाई हस्तान्तरण गरिने योजना छ । प्रतिनिधिसभा सदस्य बस्नेतले रंगशाला निर्माणका लागि पहिचान भइसकेको जग्गा व्यवस्थित गरी ल्याण्ड पुलिङमार्फत त्यसको उचित मुआब्जा दिने र विस्थापित हुने अवस्थामा पुगेका बासिन्दाको हकमा घर बनाइदिएर बसोवास सहितको स्थानान्तरण गर्ने योजना रहेको बताए । रंगशाला बन्ने क्षेत्रमा रहेको घर र इँटाभट्टा हटाइने भएको छ । सरकारले रंगशाला निर्माणका लागि युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजनमा भूमिसुधार मन्त्रालयका उपसचिव लक्ष्मीप्रसाद भट्टराई सदस्य सचिव, काठमाडाँै उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेल सहसंयोजक, शहरी विकास मन्त्रालयका उपसचिव, राष्ट्रिय खेलकूद परिषद्का इञ्जिनियर, दुबै नगरपालिकाका प्रमुख र सम्बन्धित वडाका अध्यक्ष रहने गरी १५ सदस्यीय जग्गा पहिचान तथा छनोट समिति गठन गरी कार्य अगाडि बढाएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो समितिलाई जेठ मसान्तभित्रमा जग्गा छनोट गर्न, जग्गामा विवाद भए टुंग्याउन, कूल क्षेत्रको नक्सांकन गर्न, सार्वजनिक एवं पर्ति जग्गालाई छुट्याउन, घर कति छ, सबै अध्ययन अनुगमन गरेर त्यसको रिपोर्ट बुझाउन निर्देशन दिएको छ । अन्तराष्र्टियस्तरको रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने गरी काम अगाडि बढाइने भएको छ । सो रंगशालामा तीनवटा खेल मैदानमध्ये एउटामा अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन हुनेछन् भने अन्य दुईमा राष्ट्रिय खेल सञ्चालन हुनेछन् । पचास हजार दर्शक क्षमता रहने यो रंगशालामा २५ हजार मोटरसाइकल, १० हजार चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने छ भने अन्य विभिन्न भौतिक पूर्वाधार समेत निर्माण गरिने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले भक्तपुर जिल्लाका दुई स्थानमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक जग्गा पहिचान भइसकेको जानकारी दिनुभयो । उनले जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै जग्गा पाउनासाथ निर्माणका लागि बोलपत्र आह्वान शुरु गरिने बताए । सरकारले आर्थिक वर्ष २०७५/७६ मा खेलकूदका लागि मात्र रु तीन अर्ब ७५ करोड विनियोजन गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies