Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बर्डफ्लु नियन्त्रण पछि कुखुराजन्य पदार्थको मूल्यमा सुधार

चितवन । जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्यमा भएको गिरावट सुधार हुन थालेको छ । कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी भएको यहाँको तीन ठाउँका फर्मका कुखुरा र हाँसमा बर्डफ्लु प्रमाणित भएको थियो । पछिल्लोपटक जेठ ११ गते नारायणगढको तरकारी बजारमा बर्डफ्लु भएका कुखुरा र हाँस नष्ट गरिएको थियो । देवनगरको एक रेष्टुरेन्टमा पालिएका हाँस र कुखुरामा बर्डफ्लु प्रमाणित भएको र त्यसअघि पूर्वी चितवनको खैरहनीमा पनि बर्डफ्लु प्रमाणित भएको थियो । जिल्ला पशुसेवा कार्यालयका प्रमुख चेतनारायण खरेलले हाल जिल्लामा बर्डफ्लु नियन्त्रणमा रहेको बताछन् । बयालीस दिनसम्म पुनः नदेखिएमा बर्डफ्लु मुक्त जिल्लाका रुपमा घोषणा गर्न सकिने उनले जानकारी दिए । दैनिक कुखुराजन्य पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण हुने ठाउँको नमूना लिएर परीक्षणका साथै कडाइका साथ जैविक सुरक्षा अपनाउन आह्वान गरिएको उनले जानकारी दिए । बर्डफ्लु संक्रमणपछि प्रभावित बनेको बजार क्रमशः सुधारतर्फ लागेको व्यवसायीले बताएका छन् । ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले जिल्लामा बर्डफ्लुको संक्रमण हुनुअघि रु ७० मा बिक्री भएको ब्रोइलर कुखुराको चल्ला संक्रमणसँगै प्रतिवटा रु २० मा झरेको गुनासो गरे । केही दिन अघिसम्म माग निकै कमी भएकामा अहिले माग बढ्न थालेको र चल्लाको मूल्य पनि प्रतिवटा रु ३० पुगेको उहाँले जानकारी दिए । चल्लाको लागत मूल्य रु ५० देखि ५५ पर्छ । देशभरमा २०९ वटा ह्याचरी उद्योग भएकामा चिनवनमा मात्र १०० वटा छन् । ब्रोइलर कुखुराको चल्ला सातामा २५ लाख वटासम्म उत्पादन हुने गर्छ । लेयर्स चल्लाको उत्पादन भने सातामा एक लाख हाराहारीमात्र भएकाले बर्डफ्लुअघि र पछि प्रतिचल्ला रु १६० देखि १७० प्रतिवटामा बिक्री हुँदै आएको अध्यक्ष पोख्रेलले बताए। ह्याचरी उद्योग संघ पूर्व जिल्ला अध्यक्ष ऋषि पौडेलले जिल्लामा उत्पादन भएका चल्ला देशैभरि जान्छ भन्नुभयोे । उहाँका अनुसार बर्डफ्लुअघि जिउँदो कुखुरा प्रतिकिलो रु १८०मा बिक्री हुने गरेकामा संक्रमणपछि घटेको र हाल क्रमशः बढ्दै रु १५० प्रतिकिलो पुगेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डाको माग र मूल्य पनि बढ्न थालेको बताए। बर्डफ्लुअघि रु ३३५ क्रेटमा फार्मबाट अण्डा बिकेकामा झरेर अहिले रु २८० पुगेको छ । यो मूल्य बढ्दो रहेको उहाँले बताए । संक्रमणका कारण मागमा नै कमी आएकामा अहिले माग बढेर मूल्य वृद्धि हुँदै जाने अवस्था देखिएको अध्यक्ष कँडेलले बताए । देशभरमा दैनिक ३० लाखवटा अण्डा उत्पादन हुनेमा चितवनमा मात्रै १३ लाखवटा अण्डा उत्पादन हुने गर्छ । यसवर्ष अन्य रोगका कारण पनि कुखुरा मरेका कारण प्रभावित बनेका कृषक बर्डफ्लुको संक्रमण समयमा नै नियन्त्रण भएर बजार पूर्ववत् अवस्थामा फर्कन थालेकामा आशावादी भएका छन् । देशमा आत्मनिर्भर बनेको पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढीको लगानी छ । समय समयमा देखापर्ने रोग र लुकाइछिपाइ भारतबाट भित्रने कुखुराजन्य पदार्थ कृषकका लागि चुनौती बन्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies