Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गाउँमा तीनदिनदेखि हात्ती आतंक

महेन्द्रनगर, धनुषा, २६ जेठ । धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा तीन दिनदेखि जंगली हात्तीले आतंक मच्चाएको छ । गत बुधबार राति जंगलबाट गाउँ पसेका तीन हात्तीले दुई घर भत्काउनुका साथै किसानको बालीनाली समेत नष्ट गरेका छन् । अहिलेसम्म ढल्केवर, एक्लेबर र केवलीपुर गरी तीन टोलमा दुई दर्जनभन्दा बढी घरमा हात्तीले क्षति पु¥याएको छ भने किसानको बालीनालीलाई समेत नष्ट गरेको छ । 

ती हात्तीलाई इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरीले पाँच राउण्ड हवाई फायर गरी धपाएर जंगल छिराएको थियो । तर पछि पनि ती हात्ती राति पुनः गाउँमा पसेर आतंक मच्चाएको स्थानीय विष्णु बस्नेतले गुनासो गरे । यद्यपि अहिलेसम्म हात्तीको आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन । हात्तीले रातिराति गाउँ पसेर आतंक मच्चाउन थालेपछि स्थानीयबासिन्दा त्रसित हुँदै सुत्नसमेत छाडेका छन् । रातभर जाग्राम बसेर आआफ्नो जीउधनको सुरक्षा गर्न थालेको स्थानीय जितेन्द्र सिंहले बताउनुभयो । उनीहरुले हात्ती धपाएर शान्ति सुरक्षा कायम गरिदिन प्रशासनसँग गुहार मागेका छन् । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीनवटै हात्तीलाई सुरक्षित ठाउँमा पु¥याएर गाउँबासीलाई समेत सुरक्षित पार्ने विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयका प्रतिनिधिसँग छलफल भइरहेको बताए । युवतीको शव फेला  यसैबीच, रत्नसागर पोखरीमा शनिबार एक युवतीको शव फेला परेको छ । जनकपुर उपमहानगरपालिका–८ मा पर्ने रत्नसागर पोखरीमा रातो कुर्ता सुरुवाल लगाएकी गहुँ गोरो वर्णकी अन्दाजी २०–२२ वर्षीया युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । युवतीको ८–१० घण्टा पहिले डुबेर ज्यान गएको हुनसक्ने अनुमान गरिएको र पोखरी आसपासका बासिन्दाले समेत शवको पहिचान गर्न नसकेकाले थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies