Khabar Dabali Logo
  April 23, Tue

पुनका मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

बुटवल, २५ जेठ । रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा पक्राउ परेका तीविरुद्ध अदालतमा भएको थुनछेकको बहसपछि जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका शाखा अधिकृत गंगाप्रसाद आचार्यले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेको झण्डै डेढ महिनाको अनुसन्धानपछि केही दिनअघि मात्र पक्राउ परेका तीविरुद्ध अदालतमा मुद्दा पेश भएको थियो । अदालतमा चिरञ्जीवी पौडेलको जाहेरीमा विवेक भनिने सुवास गुरुङ, राम गुरुङ, हरिप्रसाद श्रेष्ठ, लेखनाथ न्यौपाने, तुल्सीराम न्यौपाने, उत्तम आचार्य, सुजु मल्ल र रोशन खड्काविरुद्ध संगठित रुपमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो ।

यस्तै रेनु तिवारी र कृष्ण पौडेलको अलग अलग जाहेरीमा श्रेष्ठ, न्यौपानेद्वय, आचार्य, मल्ल र खड्काविरुद्ध संगठितरुपमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो भने नारायणबाबु बस्नेतको जाहेरीमा संगठित रुपमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । अदालतले उनीहरु सबैलाई मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको शाखा अधिकृत आचार्यले जानकारी दिए । रासस

जेठ २५ गते, २०७५ - २०:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

काठमाडौं । नेकपाका युवा नेता योगेश भट्टराईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि व्यक्त गरेका...   

अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०८५ साल सम्ममा अनिवार्य शिक्षा...   
यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले  भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश “गलत” पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो...   

काङ्ग्रेस कमजोर प्रतिपक्ष हाेइनः देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष...   
एक दिन बिराएर प्रचण्ड निर्वाचन क्षेत्रमा !

एक दिन बिराएर प्रचण्ड निर्वाचन क्षेत्रमा !

काठमाडाैं । राजधानी बसेर जिल्लाका नेताका रिपाेर्टका आधारमा याेजना बनाउने नेताकाे कमि छैन याे मुलुकमा...   
विप्लव समर्थक पत्रकारलाई  राज्यविरुद्धको मुद्दा

विप्लव समर्थक पत्रकारलाई राज्यविरुद्धको मुद्दा

काठमाडौं। विप्लव निकट पत्रकारलाई सरकारले राज्यविरुद्धको मुद्दा चलाएको छ। सरकारले जनपत्रकार संगठन,...   

कपाल झर्छ ? यसरी राेक्न सकिन्छ

तेललाई अलिकति तताएर पनि लगाउन सकिन्छ ताकि तेलले कपालको जरालाई राम्ररी अँठ्याउन सकोस । तेल लगाएर १५...   

‘बैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उप-प्रधानमन्त्री...   

बालुवाटारकाे जग्गा खरिद काण्डप्रति गगन थापाकाे यस्ताे व्यङ्ग्य !

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले व्यक्तिको नाममा गएको ललिता निवासको सरकारी जग्गा फिर्ता...   
जग्गा खरिद विवादबारे नेकपा महासचिव पाैडेलले दिए ६ बुँदे स्पष्टीकरण (विज्ञप्तिसहित)

जग्गा खरिद विवादबारे नेकपा महासचिव पाैडेलले दिए ६ बुँदे स्पष्टीकरण (विज्ञप्तिसहित)

काठमाडौँ । जग्गा खरिदकाे बिषयमा सञ्चार माध्यममा अाएका समाचारहरूका बारेमा नेपाल कम्युनिष्ट पार्टी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top