Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आयो फास्ट चल्ने Wifi जस्तै Lifi

सामान्यतया: इन्टरनेट प्रयोगका लागि वाईफाई प्रविधि सबैभन्दा लोकप्रिय र विश्वसनीय मानिन्छ । वाइफाईको पूरा रुप वायरलेस फिडेलिटी हो यसमा सीमित क्षेत्रभित्र बिना तार रेडियो तरङ्गको माध्यमबाट सुचना संजालको निर्माण गरिन्छ । यसलाई वायरलेस अडप्टरका माध्यमबाट स्थानान्तरित गरिन्छ । त्यस्तो अडप्टरलाई राउटर भनिन्छ । यसमा ताररहित डाटालाई २.४ देखि ५.० गिगाहर्जको आवृत्तिमा स्थानान्तरित गर्ने गरिन्छ । यसलाई वर्तमान समयमा सबैभन्दा विश्वसनीय र किफायती डाटा स्थानान्तरण प्रविधिका रूपमा लिइएको छ । तर अब इन्टरनेट र डाटा ट्रान्सफरको दुनियामा नयाँ प्रविधिले प्रवेश पाउने भएको छ जुन वाइफाई भन्दा कयौं गुणा शक्तिशाली र किफायती हुने विश्वास गरिएको छ । लाइफाई (Li-Fi) नाम दिइएको उक्त प्रविधिमा प्रकाशका माध्यमले डाटा ट्रान्सफर गरिन्छ । लाइफाईको पूरा रुप लाइट फिडेलिटी हो । यसको पहिलो पटक प्रयोग २०११ मा जर्मनीमा भएको थियो । इन्टरनेटको क्षेत्रमा यसलाई क्रान्ति मानिएको भए पनि हालसम्म यसको व्यवसायिक प्रयोग भने हुन थालेको छैन । वाइफाईले डाटा स्थानान्तर्नाका लागि रेडियो तरङ्गहरूको प्रयोग गर्ने गर्दछ तर लाइफाईमा भने त्यसको साटो प्रकाश तरंगहरूको प्रयोग गरिन्छ जसका कारण यसको पहुँच असीमित हुने देखिन्छ । कसरी कम गर्ने गर्दछ लाइफाई ? यसमा इन्टरनेट संकेतहरू स्थानान्तरण गर्नका लागि प्रकाशको प्रयोग हुने गर्दछ र यसका लागि यसको ट्रान्समिटरमा रहेको एलइडी चिम प्रति सेकेन्ड लाखौं पटकका दरले टिमटिम गर्ने गर्दछ । यो बल्ने र निभ्ने गति नाङ्गा आँखाले ठम्याउन नसक्ने भएकाले सामान्य रूपमा हेर्दा उक्त चिम बलिरहेको मात्र देखिनेछ तर वास्तवमा त्यो छिटोछिटो बल्ने र निभ्ने गर्दछ । के छन् यस प्रविधिका विशेषता ? सुरक्षित यसको सबैभन्दा प्रमुख फाइदा भनेको  अनधिकृत इन्टरनेट प्रयोगबाट बचाउनु हो ।  इन्टरनेट संकेत उक्त एलइडी चिम लगाएको ठाउँमा मात्र आउने भएकाले अरूले इन्टरनेट चोर्ने सम्भावना रहँदैन र इन्टरनेट स्लो हुने समस्याबाट मुक्ति पाउन सकिन्छ । छिटो-छरितो यसको अर्को विशेषता भएंको हो यसको गति ।  लाइफाईको गति वाइफाईको भन्दा धेरै बढी हुने भएकाले यसमा इन्टरनेट समेत छिटो चल्ने गर्दछ । यसका लागि लाइफाई डंगल भने आवश्यक पर्नेछ किनभने हालसम्म उपलब्ध डिभाइसहरूमा लाइफाई अडप्टर राखिएको हुँदैन । पर्यावरण मैत्री लाइफाईको अर्को विशेषता भनेको यो पर्यावरण मैत्री हुनु हो । वाइफाई प्रविशिमा रेडियो संकेतहरूको प्रयोग हुने भएकाले यो मानव, जीवजन्तु एवम् समग्र पर्यावरणका लागि जोखिमपूर्ण मानिन्छ जबकि लाइफाई प्रकाश तरङ्गको प्रयोग गर्ने भएकाले योतुलनात्मक रूपमा सुरक्षित मानिन्छ । त्यसैले यसलाई हरित प्रविधि (ग्रीन टेक्निक) पनि भनिएको छ । अहिले तुलनात्मक रूपमा केही महँगो पर्ने भएकाले यो प्रविधि वाइफाईभन्दा केही कम लोकप्रिय रहेको छ । यसका निम्ति घरभित्र एलइडी प्रकाशको व्यवस्था गर्नु पर्ने भएकाले यस्तो भएको हो तर निकट भविष्यमा नै यो प्रविधि इन्टरनेट प्रयोगकर्ताको चासोको विषय बन्न जाने प्राविधिकहरू बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies