Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

डोको बुनेर गुजारा चलाउदै सत्तरी बर्षीय विक

\"\" रामपुर । पाल्पाको रामपुर नगरपालिका–७, किसानवारी बस्ने ७० वर्षीय विष्णु विकले डोको बुनेर नौ जनाको परिवारको गुजारा चलाउँदै आएको छ । उमेरले डाँडापारिको घाम बनेका विकको डोको बुन्ने कार्यमा जोश जाँगर भने जवानी अवस्थाको जस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उनलाई पत्तो छैन । “डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर उमेर हिसाब गर्दा ७० पो काट्न लागेछु” उनले भने । विकले ४१ वर्ष अघिदेखि शुरु गरेको यो पेशालाई अहिलेसम्म पनि उत्तिकै जोश जाँगर मेहनतका साथ निरन्तरता दिँदै आएको छ । उनको हातको सीपले घरमै बसीबसी दिनहुँ आम्दानी गर्ने बाटो बनेको छ । सामान्य परिवारमा जन्मेका विकको डोको नबुनेसम्म उनको साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेर उनको परिवारको जीविका अहिले राम्रोसँग चलेको छ । पहिलेपहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गर्थे भने अहिले गाउँघरमा यी सामान बुन्ने मान्छे कमै मात्रामा भएपछि उहाँकै घरमा दिनहुँ आउने गरेको पाइन्छ । गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा विकले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गरेको छ । खरिद गर्नेले पनि बढी डोको नै खोज्ने गरेको पाइन्छ । उनले एकवटा बाँस रु २०० देखि तीनसय सम्ममा किनेर डोको बुन्दै आएको छ । उनले भने, “कमाउने कोही छैन, सम्पत्तिको नाममा हातमा डोको बुन्ने सीप मात्र छ”– “डोको बुनेर नै छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाएको छु ।” दिनमा पाँचवटा डोको बुनेर मासिक रु २५ हजार जति आम्दानी गर्छन् । एकवटा डोकोको मूल्य साइजअनुसार रु २५० देखि ३५० सम्ममा बिक्री हुने गर्दछ । डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको विकले बताए। “पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पु¥याउनु” उनले भने । विकले बुनेको डोको बलियो र धेरै समयसम्म टिकाउने हुने र टाढाटाढाबाट पनि डोको खरिदकै लागि ग्राहक आउने गरेका छन् । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन । हेर्दा जोशिला काममा मेहनती ७० वर्षीय विष्णु विकले गरेको पेशा सबैका लागि उदाहरणीय छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies