Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

तीन दाजुभाइकाे एकै महिलासँग बिबाह !

झट्ट सुन्दा तपार्इंलार्इ याे समाचार पत्यार नलाग्न सक्छ तर यो कुरा साँचो हाे । किशाेरी अवश्थामा रहेकी एक विधवाकाे वास्तविक कथा हाे याे । उनकाे याे समेत गरेर तीनपटकसम्म उनको विवाह भइसक्यो । तीनपटकसम्म ती महिलाको विवाह एकै परिवारका दाजुभाइसँग गराइएको थियो । यो सत्य घटना अफगानिस्तानको हाे ।  खदिजा नामक महिलाले एकै परिवारका तीनजना दाजुभाइसँग विवाह गरेकी थिईन् । उनी आफ्नो बारेमा भन्छिन्, म आफ्नो सपनाका बारेमा कुरा गर्न नै सक्दिन । अफगानिस्तानको केही समाजमा चलन रहेको छ कि, पतिको मृत्युपछि उसको भाइले विधवा भाउजुसँग विवाह गर्नुपर्ने जिम्मेदारी हुने गर्दछ । महिलाहरुसँग योभन्दा अलग जिन्दगी जिउने कुनै रोजाइ नै हुँदैन । अफगान युद्धबाट कसैको जीवन कसरी प्रभावित हुनसक्छ भन्ने कुरा खदिजाको अवस्थाबाट बुझ्न सकिन्छ । खदिजाको विवाह उनको जन्मभन्दा पहिले नै एकजना नातेदारसँग तय गरिदिइएको थियो । उनी ६ बर्षकी भएपछि औपचारिक रुपमा उनको विवाह उनीभन्दा १५ बर्ष जेठा हक नामक केटासँग भएको थियो । तर यस बीचमा अमेरिकी सेनाकाे कारबाहीमा हककी ८ बर्षीय बहिनीको मृत्यु भएको थियो । त्यसपछि हक तालिवानमा संलग्न भएका थिए । तर अमेरिकी सुरक्षाबलसँगको लडाईमा हकको पनि मृत्यु भयो र खदिजा १० बर्षको उमेरमा नै विधवा हुन पुगिन् । त्यसपछि हकका २२ बर्षीय भाई अमिनुल्लाहसँग खदिजाको विवाह गराइयो, जो अफगान पुलिसमा काम गर्दथे । यो खदिजाका पिताको निर्णय रहेको थियो । अमिनुल्लाहले खदिजाको राम्रो पति हुने वचन दिएका थिए । तर सन् २०१४ मा जब उनी गर्भवती थिईन् तब अमिनुल्लाहको पनि सडक किनारामा भएको बम विस्फोटमा मृत्यु भयो । १४ बर्षको उमेरमा खदिजाले एउटी छोरीलाई जन्म दिईन् । त्यसको केही महिनापछि सन् २०१५ मा उनको विवाह अमिनुल्लाहका कान्छा भाई शमसुद्दीनसँग तय गरियो । हाल उनी रिक्सा चलाउने गर्दछन् । एजेन्सी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies