/  Tue, March 26, 2019

सिन्धुपाल्चोकसहित चार जिल्लाका ६७५ स्थानमा निशुल्क इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ ।

भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने कम्पनीको योजना अनुसार हाल सम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । आगामी असार मसान्त सम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप दु्रत गतिमा काम भइरहेको छ ।

समग्रमा हालसम्म २८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।

जिल्लागत रुपमा हेर्दा सिन्धुपाल्चोकका ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४१ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६२ विद्यालय, काभ्रेपलाञ्चोकका १२६ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०५ विद्यालय, नुवाकोटका ५७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ३६ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६६ विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ ।

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थान अनुसार वाइम्याक्स बेस स्टेशन, थ्रीजी डिभाइस र ईभीडीओ उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ । सर्भिस प्वाइन्टमा आवश्यकता अनुसार वाइम्याक्स, जीएसएम, सीडीएमए र एडीएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौताअनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो । यस आयोजना अन्तर्गत नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ । साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ ।

जेठ २१ गते, २०७५ - १५:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वको दोस्रो टेलिफोन कम्पनि हुवावेको सफलता र आरोपका कथा

विश्वको दोस्रो टेलिफोन कम्पनि हुवावेको सफलता र आरोपका कथा

चिनियाँ कम्पनी हुवावे टेलिकम नेटवर्कको क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । तर पछिल्लो...   
विप्लवका दुई नेता नलपरासिबाट फेरी पक्राउ

विप्लवका दुई नेता नलपरासिबाट फेरी पक्राउ

नवलपरासि । प्रतिवन्धित नेकपाका जिल्ला यन्चाजए सहित दुईजनालाई सोमबार राति नवलपरासिबाट पक्राउ गरिएको...   
प्रतिवन्धित नेकपाका अर्का नेता पनि पक्राउ !

प्रतिवन्धित नेकपाका अर्का नेता पनि पक्राउ !

कालिकोट । सोमबार विहान मात्रै पुर्वमा मेची कोशी व्युरो इन्चार्ज पक्राउ गरेको प्रहरीले सोमबार मध्यान्ह...   
रुसी सैन्य विमान सेना र हतियार सहित भेनेजुयला पुगे –अमेरिकाले के गर्ला ?

रुसी सैन्य विमान सेना र हतियार सहित भेनेजुयला पुगे –अमेरिकाले के गर्ला ?

एजेन्सी । रुसको सैन्य विमान सैयौं सेना र ठूलो मात्रामा हतियारसहित भेनेजुएला प्रवेश गरेको छ । दक्षिण...   
संकटमा प्रतिवन्धित नेकपा : कोही समातिए, कोहीले पार्टी छोडे

संकटमा प्रतिवन्धित नेकपा : कोही समातिए, कोहीले पार्टी छोडे

काठमाडौं । फागुन २८ मा बसेको मन्त्रीपरिषदको वैठकले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक...   
सरकार विप्लबप्रति झन कडा –गृहको अर्को आव्हान

सरकार विप्लबप्रति झन कडा –गृहको अर्को आव्हान

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिवन्धित नेकपा अर्थात विप्लव समुहप्रति झन आक्रमक रुपमा...   
सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल...   

उपेन्द्रको एकछत्र राज, गुमनाम पहाडी नेता

काठमाडौं । राजनीतिक पार्टीमा एक विशेषको भूमिका महत्वमा रहने र अरु गौण रहने कुरा सामान्य नै हो । तर कतिपय...   
नेता कोइरालाले भने – पार्टीभित्र गुट हुनु स्वाभाविक हो

नेता कोइरालाले भने – पार्टीभित्र गुट हुनु स्वाभाविक हो

चितवन। नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु...   

बजारमा सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? थाहा पाउँनुहोस्

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा रु ४०० रुपैंयाँले बढेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top