Khabar Dabali Logo
  May 27, Wed

‘परिचय’

–‘परिचय’–

म त्यो सिपाही पनि होइन,
जो हृदयमा देश बोकेर हिड्छ,
र.. अनन्त रास्ट्रीयताकै कारण हृदयघात भएर मर्छ !
म ती कोतपर्वको भुतहरु पनि होइन,
जो सम्साझै गल्लीगल्लिरचोकचोक
मा बसेर
देश र झन्डालाई तर्साउने गर्छन् !
त्यो नदि पनि होइन म,
जो सुकुम्बासी बस्ती तिर सुटुक्क पस्छ,
..धानखेत तिर खुसुक्क छिर्छ !
त्यो हुरि पनि होइन म
जो राम्चेको भिरमा विर्य कट्कटिएको सेतो सारी हल्लाइरहन्छ !

म त्यो छोरो होइन,
जो आमालाई ब्लड डोनेसन गर्ने मन नभएकाले
छातिमा कार्डियक आरेस्टको तक्मा भिरेर हिडिरहेको छ !
म त्यो दाइ होइन, जो भाइलाई देश पढाउन विदेश छिरेको छ !

म त्यो सौन्दर्यविद्द होइन, जो रङ हेरेर फुललाई प्रेम गर्छ !
म त्यो उच्च निलो आकाश होइन, जो गहिरो इनारमा इनार जस्तै गहिरो देखिन्छ !

म त्यो स्पुतनिक पनि होइन, आकाशबाट जुनतारा टिपि ल्याउन सक्ने !
म त्यो प्रमिथस पनि होइन, स्वर्ग बाट आगो चोरि ल्याउन सक्ने !

होइन म त्यो गुन्डो समय पनि,
जो ग्यासच्याम्बरमा कोलोनी गराएर रोपिएको छ,
हिरोसिमा र नागासाकीमा !
होइन म त्यो लाछी ईश्वर पनि,
जसलाई विकालङ्ग बनाएर कैद गरिएको छ,
धर्मग्रन्थ, ढुङ्गा र क्युरियो पसलहरुमा !

युगको हाडखोरबाट ठडिएको पिरामिड, ताजमहल, ट्रेभी फाउन्टेन जस्ता- तिक्तापुर्ण
सुगौली सन्धि जस्तो – चित्त नबुझ्दो
मल्लकालिन युगका टुडाल जस्ता – नग्न
विधुवाको ऐना जस्तो – लाचार
बटुवा कुरेर बसिरहेका बाटोजस्तो- आशातित
…अहँ म हुँदै होइन !
…अहँ म छदै छैन !

मेरो परिचयमा यति भने पुग्छ
यति मध्य कुनै एक मात्रै भने पनि पुग्छ !
म के हु थाहा छैन मलाई ,
म के होइन त्यो पनि मेरो परिचय बन्नु पर्छ !!

जेठ १९ गते, २०७५ - १०:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाले भन्यो – सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै काेराेना सङ्क्रमित फेला परेको हो

सेनाले भन्यो – सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै काेराेना सङ्क्रमित फेला परेको हो

काठमाडौं । नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा...   

भारतको पश्चिम बंगालका विद्यालय अर्को महिना पनि पुरै बन्द हुने

भारत । भारतको पश्चिम बंगाल राज्यमा आगामी महिना पनि विद्यालयहरु बन्द हुने भएका छन् । प्रदेश सरकारले...   

दाङका १८ जना कोरोना संक्रमित भारतबाट फर्किएका थिए !

दाङ । दाङ जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन् । दाङमा आज कोरोना...   

सिन्धुपाल्चोकमा पटक – पटक छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

मेलम्ची । छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन्...   

आरडिटीमा विपन्न र न्यून आय भएकालाई शुल्क नलिन सर्वोच्च अदालत आदेश

काठमाडौं । सर्वोच्च अदालतले गरिबको रेखामा रहेका र विदेशबाट फर्किएका न्यून आय भएका नागरिकलाई आरडिटी...   

दैलेखमा कोरोनाका सङ्क्रमित बढ्दै

दैलेख । कर्णाली प्रदेशका पहिलो कोरोना पोजेटिभ पुष्टि भएका आठबीस नगरपालिका वडा नं १ का ३५ वर्षीय युवकसँगै...   
रुकुम घटनाका दोषीलाई कारवाही गर्न कानून व्यवसायी मञ्चको माग

रुकुम घटनाका दोषीलाई कारवाही गर्न कानून व्यवसायी मञ्चको माग

काठमाडौँ । संवैधानिक कानून व्यवसायी मञ्चले अन्तरजातीय प्रेम विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम...   

बाँकेमा १७० काेराेना सङ्क्रमितः रुकुमपूर्वमा पहिलो पटक मलेसियाबाट आउनेमा सङ्क्रमण भएकाे पुष्टि

बाँके । बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण...   

रुकुम चौरजहारी घटनाः हराएका युवकको शव डोरीले बाँधिएको अवस्थामा भेटियो

काठमाडौं । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा ज्यान गुमाउनेको संख्या...   
मन्त्रीले नै लकडाउनको नियम उलंघन गरेपछि…

मन्त्रीले नै लकडाउनको नियम उलंघन गरेपछि…

नयाँ दिल्ली । भारतका एक जना केन्द्रिय मन्त्रीले लकडाउनको नियम उलंघन गरेको भन्दै आलोचना भएको छ । केन्द्रिय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top