/  Mon, March 18, 2019

कर्णसँग अन्तरवार्ताः फोरम संघीय सरकारमा जानु उपयुक्त थिएन

संघीय समाजवादी फोरमको संघीय सरकारमा सत्तारोहणलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
संविधान संशोधन मधेसको मुख्य एजेन्डा हो । त्यो एजेन्डा पूरा गर्न राजपा र फोरमलाई जनताले निर्वाचनमार्फत म्यान्डेट दिएका हुन् । त्यो एजेन्डामा प्रतिबद्ध हुनु दलहरूको दायित्व हो । सत्ताका लागि दुवै दललाई जनताको म्यान्डेट थिएन । उनीहरूको म्यान्डेट भनेको संविधान संशोधन र अधिकार प्राप्तिका लागि संघर्ष नै हो ।

तर, फोरमले संघीय सरकारमा सामेल हुन पहिले नै निर्णय गरेको थियो नि ?
अाजको नयाँ पत्रिकामा छापिएको छ-हो, फोरमले आधिकारिक रूपमा निर्णय गरेर भनेको थियो कि सरकारमा सहभागी हुने । नेकपासँग अहिले सहमति भए पनि निर्णय पहिला नै भएकाले यो फोरमको नयाँ कदम होइन । त्यसरी हेर्न पनि हुँदैन । पहिला एमाले र माओवादीसँग औपचारिक रूपमा संविधान संशोधनको विषयमा सहमति जुटेको थिएन । सहमति जुटेको भए एमाले र माओवादीका अन्य नेताहरूसँगै सरकारमा जाने तयारी थियो ।

कतिपयले अब प्रदेश २ मा समीकरणमाथि प्रश्न उठाएका छन् नि ?
यो प्रश्न राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । तर, मलाई लाग्छ तत्काल प्रदेश २ को सरकार परितर्वन हुँदैन । र, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार परितर्वनको कुनै संकेत पनि गर्नुभएको छैन । त्यसकारण, अहिले नै केही भन्न सकिँदैन सरकार परिवर्तनका बारेमा । फोरमले संघीय सरकारमा सहभागी हुने निर्णय गरेपछि प्रदेश २ मा सरकार बनेको हो । निर्वाचनमै निर्वाचन क्षेत्र भागवन्डा गरेका कारण त्यो निर्वाचनको मताधिकारको सम्मानको कुरा पनि हुन्छ ।

भनेपछि सहमतिमै फोरम संघीय सरकारमा सहभागी भएको हो ?
होइन, राजपालाई फोरम संघीय सरकारमा जान्छ भन्ने जानकारी थियो । र, त्यसैअनुसार पहिले सहमति भएका थिए । तर, अहिले राजपाले प्रदेश २ मा सरकार छोड्छ होला भन्ने लाग्दैन । राजपाले समर्थन फिर्ता नलिएसम्म प्रदेश २ को सरकार ढल्ने अवस्था छैन । राजपा र फोरमबीच तत्कालको मतभिन्नताले सरकार
परिवर्तन हुँदैन ।

फोरमले संविधान संशोधनमा सहमति गरेर सरकारमा गएको छ, संविधान संशोधन हुने सम्भावना छ?
संविधान संशोधनको मुद्दा निकै जटिल छ । प्रधानमन्त्री केपी ओली विगतमा संविधान संशोधन गर्न नहुने पक्षमा थिए । त्यसकारण, मलाई त्यति धेरै विश्वास छैन । संशोधन भइदियो भने त गज्जब हुन्छ । तर, तत्काल सम्भव देखेको छैन । मधेसी, जनजातिका माग संसद्बाट परिवर्तन हुन्छ होला भन्ने मलाई विश्वास छैन ।

भोलिका दिनमा राजपा पनि कुनै रूपमा सरकारमा जाने सम्भावना छ ?
राजपाका नेताहरूले संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताइरहेका छन् । अहिलैकै अवस्थामा पनि सरकारमा जाने सम्भावना त कसरी हुन्छ र ? उसले संविधान संशोधनको कुरा गरेको छ । त्यसपछि रेशम चौधरीको कुरा पनि निकालेको छ । चौधरीलाई शपथ ग्रहण गराउनुपर्ने राजपाको माग सम्बोधन भएको छैन । बालकृष्ण ढुंगेललाई आममाफी दिएर निकालियो, तर चौधरीको कुरा अगाडि बढेन ।

तर, महन्थ ठाकुरलाई सभामुख बनाउने हल्ला पनि छ नि ?
नेकपाले महन्थ ठाकुरलाई किन सभामुख दिन्छ ? यो नै मुख्य प्रश्न हो । ठाकुर केही हुन्छन् भन्ने लाग्दैन । ठाकुरजीले मलाई भन्नुभएको थियो कि जुन दिन कांग्रेसलाई छाडेर आएँ, त्यही दिनदेखि पद छाडेर आएको हुँ । त्यसकारण ठाकुरजी सजिलै मानेर जानुहोला भन्ने लाग्दैन । र, नेकपाले दिन्छजस्तो पनि लाग्दैन ।

भनेपछि तपाईंको बुझाइमा फोरमको अहिलेको सत्तारोहण ठीक थिएन ?
संघीय समाजवादी फोरम मधेसका लागि भए पनि अहिले सरकारमा जानु उपयुक्त थिएन ।

र, यो पनि

जेठ १९ गते, २०७५ - ०७:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिके राउतले पार्टीको नाम फेरेर यस्तो राखे, चुनाव चिन्ह अष्टदल

सिके राउतले पार्टीको नाम फेरेर यस्तो राखे, चुनाव चिन्ह अष्टदल

जनकपुरधाम । सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिरहाको लहानमा दुई...   
करिश्माले एसइइकाे परीक्षा दिने

करिश्माले एसइइकाे परीक्षा दिने

काठमाडौं । सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट...   

पढ्नुहोस् जनयुुद्धका ७ प्रतिबद्धता –पुरा भए की भएनन् ?

यस्ता छन् जनयुद्ध सुरु गर्दाका सात प्रतिबद्धता– १. हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मार्क्सवाद–लेनिनवाद–माओवादका...   
चाणक्यको यी १० नीतिलाई मान्नुहुन्छ भने तपाईंको जीतै जीत

चाणक्यको यी १० नीतिलाई मान्नुहुन्छ भने तपाईंको जीतै जीत

चाणक्य नीति १ःआफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई...   

सपनाकाे फल यस्ताे हुन्छ थाहा पाउनुहाेस्

काठमाडौं । सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । समान्यतः सबैले सपना देख्छन् । तर सपनाका विषयमा पनि...   

कुन जिल्लाको नेतृत्व कसलाई ? नेकपामा यसरी हुँदैछ जिम्मेवारी वाँडफाँड

काठमाडौं । नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा आइपुगेको बताइएको छ । नेकपा उच्च स्रोतकाअनुसार ७७ वटै...   
परराष्ट्रमन्त्री ज्ञावली आज अर्जेन्टिना जाँदै

परराष्ट्रमन्त्री ज्ञावली आज अर्जेन्टिना जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्जेण्टिना...   

आज कांग्रेस केन्दीय समितिको बैठक, सिटौला र पौडेलले बहिस्कार गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन...   

काठमाडौं उपत्यकामा भुकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ९ बजेर १ मिनेटको आसपासमा...   

प्रिमियर लिगमा सिटी र लिभरपुलको घम्साघम्सि : लिभरपुल शिर्ष स्थानमा उक्लियो

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। ३१ औं चरणको खेलमा फुल्ह्यामलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top