Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ट्रायल दिने नक्कली परीक्षार्थीसँग रकम असुल्ने पक्राउ

\"\" भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजीवे’ ट्रायल सेन्टरमा सञ्चालित परीक्षामा मोटरसाइकलको (ट्रायल) परीक्षा दिन आएका दुई नक्कली परीक्षार्थी र पास गराइदिन्छु भन्ने गिरोहमध्येको एक जनालाई प्रहरीले पक्राउ गरेको हो । यातायातका कर्मचारी, परीक्षामा बस्ने ट्राफिक प्रहरी र ट्रायल सेन्टरका मान्छेसँग कुराकानी भएको छ, गोप्य रुपमा सक्कली लाइसेन्स बनाइदिन्छु भनेर परीक्षार्थीसँग रकम उठाउँदै आएको अभियोगमा प्रहरी वृत्त थिमिबाट खटिएर गएका प्रहरीले ट्रायल सेन्टरबाटै काभ्रेपलाञ्चोक पाँचखाल – ६ बस्ने वर्ष ५० का प्रेम अधिकारीलाई पक्राउ गरेको छ । पक्राऊ परेका अधिकारीलाई आजै सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाई म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । त्यसैगरी सोही ट्रायल सेन्टरमा प्रयोगात्मक (ट्रायल) परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई समेत प्रहरीले पक्राउ गरेको छ । सिन्धुली पोखरी गाउँपालिका– ५ स्थायी घर भएका वर्ष २० का टीकाराम चौलागार्इंको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा जिल्ला तेह्रथुम ईवा गाउँपालिका– १ घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने वर्ष ३० का धनकुमार इङमान (लिम्बू) र भक्तपुर साविक अनपा १० हाल सूर्यविनायक नगरपालिका बस्ने वर्ष २० का सनिस पाक श्रेष्ठको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा लेटाङ गाउँपालिका– ८ मोरङ घर भई हाल ललितपुर लुभु बस्ने वर्ष ३१ का अर्जुन राईलाई प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरी थप अनुसन्धान शुरु गरेको उहाँले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies