Khabar Dabali Logo
  July 2, Thu

अब हस्तलिखित नागरिकता नचल्ने, १८ हजार नागरिकता नष्ट गरियो

पर्वत। जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ ।

कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल रेकर्ड नष्ट गरिएको हो ।

गत वर्षसम्म जिल्लाको दुर्गममा आयोजना गरिने घुम्ती शिविरमा ती हस्तलिखित नागरिकता कार्ड प्रयोजनमा ल्याइएको भए पनि अहिले घुम्ती शिविरमा समेत कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

सोसँगै जिल्ला प्रशासन कार्यालय, पर्वतले कार्यालयको स्टोरमा थन्किएका पुराना कागजातसमेत नष्ट गरेको छ । स्टोर शाखा प्रमुख नारायण अधिकारीका अनुसार पुनःप्रयोगमा ल्याउन नसकिने छापहरु तथा २०५० देखि ०६५ सालसम्मका चलानी रजिष्ट्रारसमेत नष्ट गरिएको बताए ।

प्रविधिको विकाससँगै हस्तलिखित कागजात नष्ट गरिने भएको छ । अहिले गाउँगाउँमा सञ्चालन हुने घुम्ती शिविरमा समेत कम्प्यूटरकै प्रयोग हुने गरेको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले विकट गाउँका बासिन्दालाई गाउँमै सेवा दिने उद्देश्यले शुक्रबार र शनिबार महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा नागरिकता वितरण घुम्ती शिविर आयोजना गरेको जानकारी दिएको छ ।

जेठ १७ गते, २०७५ - १०:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीको शैली नै ठीक नभएको प्रतिपक्षको आरोप

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान सरकारले जनताको चाहनाअनुरुप काम गर्न नसकेको भन्दै...   

नेपाली सेनाका सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

काठमाडौँ । नेपाली सेनाले आचरण विपरीत गतिविधि गरेको कसुरमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी...   
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको...   

भारी वर्षाका कारण मङ्गलबार राति १४ जनाको मृत्यु, ८ बेपत्ता

चेङ्गडु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको...   

‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित,यसले कसरी कार्य गर्छ ?

काठमाडौं । विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका...   

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको...   

काठमाडौंमा थप १७ जना कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

कोरोना भाइरसबाट विश्वमा पाँच लाख १४ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १४ हजार ६१५ पुगेको छ...   

आज थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना...   

सांसद छन्त्यालको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज भएको पार्टी केन्द्रीय समितिको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top