Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

रमेश मल्ल भन्छन्- प्रचण्डसँग रिसाएको भन्ने गलत हल्ला हो (अन्तरवार्ता)

रमेश मल्ल नेकपाका युवा नेता हुन् । तत्कालिन मााओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहिसकेका मल्ल पुष्पकमल दाहाल प्रचण्ड दोश्रोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका स्वकीय सचिव थिए । एमाले र माओवादी एकतापछि बनेको नयाँ पार्टी नेकपाको केन्द्रस्य सदस्यमा नपरेपछि उनी असन्तुष्ट बनेको समाचारहरु आइरहेका छन् । यद्यपि मल्लले आफू पद नपाएका कारण असन्तुष्ट नभएको दाबी गरेका छन् । उनीसँग गरेको कुराकानीको सम्पादित अंशः–
  • एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यमा नपरेपछि रुवाबासी गर्दै हिंड्नुभएको छ रे नि ?
नेपालमा कम्युनिष्ट आन्दोलन लामो टुटफुट र विभाजनको अनेकन ऋंखला पार गर्दै यहाँसम्म आइपुग्यो । १९ सालबाट सुरु भएको फुटका ऋंखलाले कम्युनिष्ट आन्दोलनलाई ठूलो नोक्सान पु¥याएको विषयमा हामीले केही बताइरहनुपर्दैन । झापा आन्दोलनको क्रान्तिकारी बिरासत बोकेर आएको एमाले र १० वर्षे महान जनयुद्धको रक्तरञ्जीत गौरबशाली इतिहास बोकेर आएको माओवादी केन्द्रका बीचमा एकता भएर संसारकै शक्तिशाली कम्युनिष्ट पार्टी बनेको छ । शक्तिशाली पार्टीको नेतृत्वमा झण्डै दुई तिहाइ बहुमतसहितको शक्तिशाली सरकार छ । मुलुकको मुहार फेर्ने, समाजबाट सबै प्रकारका विभेद, असमानता र शोषणको अन्त्य गरेर समानता र शोषणरहित समाज निर्माणको महाअभियानमा वर्षौं बिताएको एउटा कम्युनिष्ट पार्टीको सदस्यका लागि यो भन्दा ठूलो खुसी र गौरबको विषय अरु हुनै सक्दैन । त्यस अर्थमा म धेरै खुसी छु । मुख्य कुरा दुई पार्टीको एकता हो । एकता हुँदा को अमुक कमिटीमा प¥यो वा परेन भन्ने विषय गौण हो । तपाईंले प्रश्न गरेको जस्तो रोएर होइन बरु उन्मुक्त ढङ्गले हाँसेर हिंडेको छु । यो कुरा मेरो पार्टीका नेता, कार्यकर्ता साथीहरु सबैलाई राम्ररी थाहा छ ।
  • आफूजस्तै केन्द्रीय समितिमा नपरेकाहरुलाई भेला पारेर अध्यक्ष प्रचण्डलाई दबाब दिन गएको र पार्टी छाड्नेसम्मको चेतावनी दिनुभयो रे नि ?
हामी केही कमरेडहरु अध्यक्ष कमरेड प्रचण्डकोमा गएको कुरा सत्य हो । तर, बाहिर प्रचार गरिएजस्तो अध्यक्षलाई दबाब दिन नभएर सहयोग गर्न गएका हौं । पार्टी एकताको पक्षमा ऐक्यबद्धता जनाउन, सम्मान र स्वागत गर्न गएका हौं । अध्यक्षलाई बधाई दिन गएका हौं । र संगठनात्मक विषयमा केही सुझाव पनि पेश गरेका हौं ।
  • पूर्वमाओवादी केन्द्रका ८७ जना पोलिट्ब्युरो सदस्यको हस्ताक्षर गरेरै चेतावनीपत्र प्रचण्डलाई बुझाउनुभएको छ । त्यसमा तपाईंको समेत नाम र हस्ताक्षर छ, यसलाई कसरी बुझ्ने ?
केही साथीहरुलाई आफू केन्द्रीय समितिमा नपरेकामा चित्त दुःखाई थियो । समान हैसियत, योगदान र क्षमता भएकाहरु केन्द्रीय सदस्यमा पर्ने र कतिपय नपर्ने भयो, केही जिल्ला खाली भए भन्ने साथीहरुको गुनासो थियो । समूहगत रुपमा बार्गेनिङ गर्न सक्नेहरुले बाजी मार्ने र अरु पाखा लाग्ने, नेतृत्वका नजिकका मान्छेको व्यवस्थापन पहिले, कसैलाई अवसर पछि अवसर तर कसैलाई सबै अवसरबाट बञ्चीत गरिएजस्तो भयो भन्ने पनि उहाँहरुको गुनासो थियो । उहाँहरुका गुनासा पुरै गलत थिए भन्न म सक्दिँन । असन्तुष्टमध्ये केही साथीले योगदानको मूल्याङ्कन नभएकाले पार्टीमा बस्न नसक्ने पनि बताउनुभयो । केही साथीहरु पत्रकार सम्मेलन नै गरेर बाहिर जान खोज्नुभएको थियो । म लगायत केही साथीहरु यसलाई सार्वजनिक रुपमा बाहिर जानु हुदैन भन्ने सोंचमा थियौं र साथीहरु यसको लागि तयार हुनुभयो । मुख्य नेतृत्वसँग बसेर असन्तुष्टिबारे स्पष्ट रुपमा आफ्ना मत राख्ने र छलफल गर्ने हाम्रो निष्कर्ष रह्यो । मैले अध्यक्षका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई फोन गरेर स्थितिबारे अवगत गराएँ र साथीहरुलाई अध्यक्षसँग भेटाएर बाहिर हल्लाखल्ला गर्ने स्थितिलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिएँ । उहाँले अध्यक्षसँग सल्लाह गरेर भोलिपल्ट बिहानै भेटघाटका लागि समय मिलाउनुभयो । हामी करिब ४० जनाजति अध्यक्षकोमा गएका थियौं । मैले लिखित रुपमा केही नगरौं, अनौपचारिक रुपमा आफ्ना मत राखौं भनेको थिएँ तर, त्यसमध्यका एकाध साथीहरु बसेर लिखितै लिएर जानुभएछ । र अध्यक्षसमक्ष त्यो मत दर्ज गरिएको हो । त्यसमा एकताविरुद्ध होइन त्यसको स्वागतमा शब्द खर्च भएका छन् । केन्द्रीय समितिमा हामीलाई राख्नुस् भनिएको छैन बरु अब उप्रान्त गरिने माताहतका संगठनात्मक निर्णयमा सयौंका संख्यामा भएका सबै तहका समितिका नेता कार्यकर्ताको उचित व्यवस्थापन गर्ने विधि र मापदण्ड बनाउन भनिएको छ । विषयबस्तुलाई जे छ त्यसरी नै प्रस्तुत गर्दा राम्रो हुन्छ कि जस्तो मलाई लाग्छ ।
  • अध्यक्ष प्रचण्डले के भन्नुभयो ?
सर्वप्रथम त अध्यक्षले साथीहरु यसरी जिम्मेवारीपुर्वक मकहाँ आइपुग्नु भएको र पार्टी एकतालाई स्वागत र सम्मान गर्दै आफ्नो मत पेश गर्नुभएकोमा धन्यवाद भन्नुभयो । यो निर्णयको सम्पूर्ण जिम्मेवारी मैले नै लिन्छु र लिनुपर्छ भन्ने उहाँको कुरा थियो । यकाध साथीहरु केन्द्रीय समितिमा अहिल्यै नपरे पनि हुने परेको जस्तो र केही पर्नैपर्ने छुटेको जस्तो उहाँलाई पनि लागेको रहेछ । जो मेरो नजिकमा हुनुहुन्छ उहाँहरुले मानिहाल्नुहुन्छ भन्ने विश्वासले गर्दा पनि केही छुटेको स्पष्ट रुपमा भन्नुभयो हामीलाई । उहाँले आफ्नो निर्णयमा सहयोग गर्न पनि हामीलाई आग्रह गर्नुभयो ।
  • छातीमा हात राखेर भन्न सक्नुहुन्छ, तपाईं केन्द्रीय समितिमा नपरेर पनि पार्टी एकताबाट खुसी छु भनेर ?
सार्वजनिक गर्ने दिनसम्म मेरो नाम केन्द्रीय सदस्यको रुपमा सुचीमा थियो, मसँग भएको सूचनाले भन्छ यो ‘कन्फर्म’ कुरा हो । सल्यानबाट पूर्वमन्त्री टेकबहादुर बस्नेत, मेरो र नेपबहादुर कुँवर (विवेक) को नाम थियो । बीचमा कसरी हट्यो भन्नेबारे म सार्वजनिक सञ्चार माध्यममा बताउन चाहन्न । मेरो नाम हटेको थाहा पाएपछि म अध्यक्ष निवास खुमलटार गएर भेटें । यो केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको भोलिपल्ट बिहानको कुरा हो । सुरुमै मैले सम्मानजनक रुपमा पार्टी एकता र नेतृत्वको टुंगो लगाएकामा बधाई दिएँ । उहाँले म रिसाएको होला भन्ने अनुमान गर्नुभएको रहेछ । मैले धेरै कोसिस गरेर पनि तपाईंलाई केन्द्रीय समितिमा समेट्न सकिन भन्नुभयो उहाँले । मैले हामी व्यक्तिहरु को कहाँ प¥यौं भन्ने मूल कुरा होइन । यति ठूलो महान काम गर्नुभएको छ भनेर बधाई दिएँ । त्यसपछि उहाँ अलि भावक नै बन्नुभयो । र, तपाईंको यो बुझाई धेरै राम्रो छ, असन्तुष्ट साथीहरुलाई पनि सम्झाउनूस् भन्नुभयो । मेरो लागि केन्द्रीय समितिको सदस्य हुनु ठूलो कुरा होइन । म पर्दा अरु कोही मजत्तिकै साथी बाहिर हुनुपथ्र्यो । जो साथीहरु अहिले केन्द्रीय समितिमा हुनुहुन्छ, उहाँहरुलाई हार्दिकतापूर्वक सहयोग गरेर जानु एउटा पार्टी सदस्यको कर्तब्य हुन्छ । म त्यही गर्छु र आफूलाई अन्यायमा परेको महशुस गरिरहनुभएका साथीहरुलाई पनि म यही अपिल गर्दछु । हामीले आफ्नो कुरा राख्ने सबैभन्दा उपल्लो निकाय भनेको पार्टी अध्यक्ष नै हो । उहाँले हाम्रो ध्यानाकर्षणलाई गम्भीरतापूर्वक सुन्नुभएको छ । हामीले केन्द्रीय समितिको संख्या बढाएर आफूलाई समेट्न भनेका छैनौं । त्यसो गरिएमा पार्टीमा पूरानै ४ हजारको रोगको पुनरावृत्ति हुन्छ र पार्टी प्रणाली नै समप्त हुन्छ । सचेत कार्यकर्ताको हैसियतमा हामी भन्न चाहन्छौं कि नेतृत्वले यो गल्ती कदापी नगरोस् । बरु केन्द्रीय समितिमा नसमेटिएका र तल्लो कमिटीमा रहेका हजारौं कार्यकर्तालाई उचित विधि र मापदण्ड बनाई कुनै न कुनै जिम्मेवारीमा समेटियोस भन्ने आग्रहलाई दोहो-याउँछु । र अन्त्यमा, आज गणतन्त्र दिवस, हजारौं शहिदहरुको गौरवशाली बलिदान, सयौं वेपत्ता योद्धाहरुको समर्पण र सपना, हजारौं घाईते अपांग योद्धाहरुको लगानी, लाखौं नेपाली जनताको त्याग र समपर्णको बलमा महान जनयुद्ध र जनआन्दोलनको सफलतास्वरुप प्राप्त गणतन्त्रलाई बास्तविक रुपमा समाजवादी गणतन्त्रमा बदल्ने अभियानमा सफलता मिलोस् । आम शहीद परिवार, वेपत्ता परिवार र घाईते योद्धाहरुलाई उच्च सम्मानसहित सम्झन चाहन्छु र देश विदेशमा रहनुभएका सबै परिवर्तन कामी जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies