Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हुन्छ भन्ने चासोको बिषय बनेको छ । यादव नेतृत्वको फोरम दुई मन्त्रालयसहित केन्द्रीय सरकारमा जान आज प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २ बुँदे सहमति भएको छ । \"\"   ओली, प्रचण्ड र यादबबीच आज करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो । सहमति अनुसार फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित बिषयहरु देश जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ । सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । यसैगरी सहमतीको अर्को बुंदामा भनिएको छ, उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम,नेपाल सरकारमा सामेल हुनेछ । ओली, प्रचण्ड र यादबबीच भएको सहमतिमा फोरमलाई दुई मन्त्रालय सहमति भएको छ । खबरडबलीलाई बालुवाटार स्रोतबाट प्राप्त जानकारीअनुसार शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय फोरमलार्इ दिने सहमति भएको छ । जसमा स्वास्थ्य मन्त्रालयको नेतृत्व उपेन्द्रले गर्दैछन् भने शहरी विकास मन्त्रालयमा को आउने भन्ने फोरममा सहमति हुन सकेको छैन् । २ नम्बर प्रदेशमा के हुन्छ ? फोरमले केन्द्रीय सरकारमा जाने सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकार के हुन्छ भन्ने चासोको बिषय बनेको छ । हिजो मात्रै प्रदेश २ को सरकारलाई नेकपाले दिएको समर्थन फिर्ता गरेको छ । नेकपा र फोरमबीच अहिले २ नम्बर प्रदेशमा कसरी सरकार सञ्चालन गर्ने भन्नेबारे गृहकार्य चलिरहेको छ । नेकपा र फोरम मिलेर सरकार बनाउने र राष्ट्रिय जनता पार्टीलाई ‘आउट’ गर्नेसम्मको तयारी छ । \"\" २ नम्बर प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री लालबाबु राउत फोरम नेतासमेत हुन् । नेकपाका एक नेताले खबरडबलीलाई दिएको जानकारीअनुसार राउतलाई मुख्यमन्त्रीबाट फोरमले फिर्ता बोलाउन पनि सक्छ । नाम नखुलाउने सर्तमा फोरमका एक नेताले खबरडबलीसँग भने ‘मुख्यमन्त्री राउतसँग प्रधानमन्त्री ओली जी लाई काम गर्न असजिलो भएको छ, त्यसैले फोरमले राउतलाई फिर्ता पनि बोलाउन सक्छ । तर के गर्ने भन्नेबारे एकिन भइसकेो छैन् । फोरमभित्र भने बहसको बिषय बनिरहेको छ । प्रधानमन्त्री ओली र राउतबीच यसअघि नै विवाद छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएदेखि नै विवाद भएको हो । त्यहि विवादकाबीच अमेरिका जान ठिक्क परेका राउतलाई केन्द्रीय मन्त्रीपरिषद्बाट स्वीकृत पनि दिइएको थिइएन । फोरम केन्द्रीय सरकारमा गएपछि राजपालाई पनि नैतिक संकट परेको छ । र, यो पनि

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies