/  Wed, December 12, 2018

फेवातालमा हावाहुरी तथा चट्याङ्को कारण अलपत्र परेकाकाे सकुशल उद्वार 

कास्की  । कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका ६ थपौदी रातोमाटे डाँडा स्थित फेवातालमा हावाहुरी तथा चट्याङ्को कारण अलपत्र परेका चार जना आन्तरिक पर्यटकहरुको जेठ १३ गते एपीएफ टोलीले सकुशल उद्वार गरेको छ ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल टावर सुरक्षार्थ खटिएको एपीएफ टोली तत्कालै उद्वार कार्यमा खटिएको थियो ।

त्यसबेला ती व्यक्तिहरु डुंगा भाडामा लिई फेवातालमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरी, वर्षा र चट्याङको कारण डुंगा अनियन्त्रित भई अलपत्र परेको अवस्थामा एपीएफ टोलीले तत्कालै चार जनाको सकूशल उद्वार गरेको हो ।

सो घटनामा हराईरहेका रामेछापका १८ वर्षिय सुप्रिम लामाको एपीएफ टोलीले व्यापक रुपमा खोजीकार्य गरिरहेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक गौतमराज कुँवरको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई मोटर बोटको सहायताले उद्वार गरेको होे । हराईरहेका व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ । 

जीवितै उद्वार गरिएकाहरुमा सिन्धुलीका १८ वर्षिय विशाल थापा, काठमाडौंका १७ वर्षीय अनिल रोक्का, भक्तपुरका १९ वर्षिय मन्दिप महत र भक्तपुरकै १७ वर्षिय शुशिल कुँवर रहेका छन्

जेठ १३ गते, २०७५ - २१:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षा क्षेत्रको समग्र विकासको लागि भरतपुर महानगरपालिकाले ल्यायाे यस्ता नाैला योजना

चितवन । भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको विकासको लागि नयाँ योजनाहरु ल्याएको छ । भरतपुर...   
श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्

श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्

काठमाडौं । नेपालकी श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिएकी छन् । एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड...   

नेकपा स्थायी समिति बैठक मङ्सिर २९ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री...   

‘पहिले विवाह दर्ता, अनि मात्रै बिहे’

दाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न...   
नेपाल अाइडलकी अस्मिताले दमक उचालिन् !

नेपाल अाइडलकी अस्मिताले दमक उचालिन् !

झापा । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता अधिकारीले आज दमकमा माहौल उचालेकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top