/  Wed, October 17, 2018

विद्यालयमा वर्षभरिको खाजा टार्न एक भारी दाउरा

धादिङ । विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लगिन् ।

दाउरा विद्यालयमा लगेपछि उनी खुशी हुँदै छोराका लागि यति काम त गर्न सकियो नि । उनका छोरा कक्षा ५मा भर्ना भएका छन् । विद्यालयले खाजा खुवाउने व्यवस्था गरेपछि अभिभावकले एक भारी दाउरा विद्यालयमा लानुपर्ने नियम बनाइएको छ ।

उक्त वडामा रहेको शिवशंकर आधारभूत विद्यालयमा खाजा कार्यक्रम सञ्चालित छ । १०१ विद्यार्थी भर्ना भएको विद्यालयमा हरेक अभिभावकले वर्षमा एकपटक एक भारी दाउरा लैजानुपर्छ ।

सन्तुलित भोजनअनुसार चना, फूल, चिउरा, फलफूल, गेडागुडी, मासु चिउराजस्ता दिनदिनै भिन्न खाजा विद्यालयका सबै विद्यार्थीलाई खुवाउने व्यवस्था छ । विद्यालयको खाजा कार्यक्रमपछि यसतर्फ विद्यार्थीको समेत आकर्षण बढेको विद्यालयका शिक्षक मुना लामाले बताए ।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयसँग प्रतिष्पर्धा गर्दै गरीबका छोराछोरी पढाउन लागिपरेको विद्यालय प्रशासनको भनाइ थियो ।

विद्यालयले कुनै शुल्क लिँदैन । भर्ना गर्दा, परीक्षा लिँदा वा महिनामा कुनै पनि बहानामा विद्यार्थीसँग पैसा नलिने तर अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने प्रतिबद्धताका साथ अघि बढेको शिक्षक लामाले बताए।

जेठ १३ गते, २०७५ - १३:५५ मा प्रकाशित

जोखिममा राउटे बालबालिका

दैलेख। गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा...   

भक्तपुरमा अनुगमनः गुणस्तरहीन मासु बिक्री

भक्तपुर। सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन...   

६४ वर्षमा नागरिकता पाउदा…

दमौली। हालसम्म पनि नागरिकता नबनाएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले...   

अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने...   

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ। धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत...   

प्रहरीकाे ‘समुदाय-प्रहरी साझेदारी’ नयाँ कार्यक्रम, यस्ताे छ कार्यक्रमका प्राथमिकता

काठमाडौँ। नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय- प्रहरी साझेदारी’...   
लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

काठमाडौँ। पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्यौट भएको छ ।  निजी अवास पुनः निर्माण...   

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्याली

सिकागो। अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो...   

पश्चिमी क्षेत्रमा ट्रक दुर्घटना, १९ जनाको मृत्यु, ११ जना घाइते

इस्तानबुल। टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु...   
एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

। माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top